२८ असार २०७७–जाजरकोट । लगातारको बर्षाको कारण पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ९ जनाको मृत्यु ३ घाइते एबं ५०० भन्दा बढी घरपरिवार विस्थापित भएको खबर प्राप्त भएको छ ।
घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका ८ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार, वडा नं १ को धौलाकोटमा ३२ घरविस्थापित भएको प्रहरीले जनाएको छ ।
त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहको भनाई रहेको छ । सिंहका अनुसार ५०० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेको बताएकाछन् ।
बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा ९ जनाको मृत्यु भएको छ भने ३ बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]