२८ असार २०७७–काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबका लागि दरखास्त आब्हान भएको जानकारी प्राप्त भएको छ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गर्ने निर्णय गरेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ ।
मन्त्रालय सूचनाका अनुसार सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित दरखास्त पेश गर्नु पर्ने छ । सदस्यसचिवका लागि नेपाली नागरिकताको प्रतिलिपि, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र खेलकूद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको प्रतिलिपि पेश गर्न मन्त्रालयले सूचना जारी गरेको छ ।
नयाँ सदस्यसचिव छान्न युवा तथा खेलकूद मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरिसकेको जनाएको छ । नयाँ खेलकद ऐन लागू भएपछि राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाल लगायत पदाधिकारी पदमुक्त भएपछी मन्त्रालयकै खेलकूद विभाग महाशाखाका प्रमुखसमेत रहेका भक्तराज ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मा दिएको थियो ।
स्मरण रहोस राखेपमा खुला आह्वानबाट सदस्यसचिव नियुक्त हुनलागेको यो पहिलोपटक हो । यसअघि युवा तथा खेलकूदमन्त्री नै सदस्यसचिव नियुक्त हुने चलन रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]