२९ असार २०७७–म्याग्दी । लगाताको झरी संगै देशै भरी बाढी,पहिरो,डुवानका समस्याहरु भइरहेको बेला म्याग्दीको पहिरोमा परेर ज्यान गुमाउने २८ मध्ये १९ को सामुहिक अन्त्येस्टि गरिएको खबर प्राप्त भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको भनाई रहेको छ । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताएकाछन् ।
मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार सामुहिक अन्त्येष्टि गरिएको जानकारी प्राप्त भएको छ । गएको बिहीबार राति सुतिरहेका बेला बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको आबस्यक कानुनी प्रकृया पुरा गरी दाहसंस्कार गरिएको म्याग्दी जिल्ला प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]