कमल प्रसाद तिमल्सिना
ललितपुर
मानिस सर्वश्रेष्ठ चेतनशील प्राणी जस्ले ब्रम्हाण्ड लाई मानवमय मात्र नभएर अन्तरिक्ष मा समेत मानव बस्ति बसाउन सफल भै सकेको छ । हामि मानव बिकास र बिनास दुवै का श्रोत हौ भन्न मन लाग्छ यस कुरो मा अरुको बिमति नहोला भन्न सक्दिन बिमति राख्ने स्वतन्त्रता सबैमा छ, त हामीले कल्पना गरेको बिकास ले कतै हामि बिनास तिर गएका त छैनौ ? सोच्नु पर्ने अवस्था आएको त हैन ? मानव स्वभाब यस्तो बिचित्रको छ आफुलाई चेतनशील भन्ने तर आफ्नो चेतना को प्रयोग ले आफै माथि बिपती सिर्जना गर्दा पनि पत्तो नपाउने यस्तै छ ।
अहिले मौसमी वर्षा को समय देश भरी अविरल वर्षा र वर्षा ले निम्त्याएको बिपती को समाचार पढ्दै र सुन्दै गर्दा मन सिरिङ्ग हुन्छ देशै भरी पहिरो को जोखिम भएको समाचार आइरहेको छ । केहिदिन पहिला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका को जम्बु मा पहिरो मा पुरिएर ठुलो संख्या मा मानवीय क्षति भयो तस्तै म्याग्दी जिल्ला को धवलागिरी गाउँपालिका मा पनि क्षति भएको समाचार सुनियो यस्ता समाचार देशै भरी भएको छ जम्बु र धवलागिरी उदाहरण मात्र हुन ।
नेपाली मा एउटा कथन छ बिपती बाजा बजाएर आउदैन हो यो कुरो प्रस्ट छ यो नसोचेको समय मा आइदिन्छ र ठुलो क्षति सिर्जना गरि दिन्छ । मैले यहाँ उठान गर्न खोजेको बिषय भनेको हिजो आज को पहिरो कतै हामि मानव सिर्जित पहिरो त हैन? यहाँ यो बिषय लेखि रहदा के पहिला जति बेला बिकास को नाम मा कुनै क्रियाकलाप हुदैन थियो त्यति बेला पहिरो को समस्या थिएन ? प्रश्न उठ्न सक्छ यो स्वभाबिक पनि हो/ भूगर्भविद्हरूको भनाइ सापटी लिदाँ नेपाल भौगोलिक रुपमा पनि पहिरो को जोखिम रहेको कुरा हरु भूगर्भविद्हरूले दिनानु दिन भनि रहनु भएको छ र त्यो देखेका पनि छौ तर भौगोलिक रुपमा पहाडी भूभाग हुनु मात्र पहिरो को जोखिम हो भनेर भन्नु भने उपयुक्त नहुन सक्छ यो सबै मानव सिर्जित समस्या हुन भन्न डराउनु पर्ने देख्दिन ।
म बिगत १३-१४ बर्ष देखि नेपाल को पाहाडी भूगोल को बिभिन्न काम को शिलशिला मा यात्रा गरि रहेको छु यात्रा को क्रम मा कहिले पहिरो को समस्या को कारण दुख कस्ट भोग्न बाध्य पनि भएको छु र नेपाल का केहि नाम चलेका ठुला पहिरो लाई प्रतक्ष्य हेर्ने अवसर पाएको छु यी सबै पहिरो प्राकृतिक मात्र नभएर कृतिम पनि छन भन्ने कुरो पहरो आसपास का मानिस बाट सुनेको पनि छु ।
यकिन क्षतिको तथ्याङ्क त म सँग छैन तर ठुलो मानवीय क्षति अनि धनजन को क्षति गराएका केहि पहिरोहरु लाई लिपिबद्ध गर्ने प्रयास गरेको छु ।
रामेछाप बिजुलीकोट को पहिरो: रामेछाप जिल्ला को सदरमुकाम मन्थली बजार भन्दा केहि माथि रहेको पहिरो नेपाल कै ठुलो पहिरो मध्ये एक हो यो पहिरो अहिले पनि चालु छ यसले ठुलो मानबिय अनि धनजन को क्षति गरको छ ।
दोलखा जिल्ला को डाँडाखर्क को पहिरो: दोलखा जिल्ला हाल मेलुंग गाउँपालिका मा पर्ने अर्को ठुलो पहिरो हो यसले पनि ठुलो धनजन को क्षति गरेको छ ठुलो खेति योग्य जमिन को नाश भएको छ ।
काभ्रे जिल्ला को नाग्रे गगर्चेको पहिरो: काभ्रे जिल्ला को कोशी पारि भनेर चिनिने नाग्रेगगर्चे को पहिरो पनि नेपालकै ठुलो पहिरो मा पर्छ यसले पनि ठुलो मानवीय र धनजन क्षति गरेको छ र अहिले पनि यो पहिरो को केहि भाग चालु रहेको छ ।
रामेछ्पा जिल्ला को भुजी को पहिरो: रामेछाप जिल्ला को साबिक भुजी गा.वि. स. मा पर्ने भुजी को पहिरो पनि एउटा उदाहरण हो यसले पनि ठुलो खेति योग्य जमिन बिनास गरि धेरै घर बिस्थापित गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला को जुरे को पहिरो: खाडीचौर बजार र बारबिसे बजार को बिच मा पर्ने जुरे को पहिरो नेपाल को इतिहास कै ठुलो नरसंहार गर्ने पहिरो को रुप मा लिने गरिन्छ । यो पहिरोले ठुलो मानवीय र धनजन को क्षति भएको थियो ।
रसुवा जिल्ला को राम्चे को पहिरो: रसुवा जिल्ला को राम्चे को पहिरो पनि नेपाल को एउटा ठुलो पहिरो अन्तर्गत पर्छ यो पहिरो ले बर्सेनि ठुलो पर्यावरणीय क्षति पुर्याई रहेको छ ।
बुटवल सिद्धबाबाको को पहिरो: बुटवल पाल्पा सडक खण्ड मा पर्ने चर्चित पहिरो हो सिद्धबाबा पहिरो यो नेपाल कै ठुलो र विनाशकारी पहिरो हो वर्षा को सुरुवात संगै यो पहिरो जुर्मुराउने गर्छ यसले बर्सेनि ठुलो मानबिय तथा पर्यावरणीय क्षति पुर्याउने गर्दछ ।
बाजुरा जिल्ला को बलदे को पहिरो: बाजुरा जिल्ला को साफेबगर मार्तडी सडक खण्डमा मा पर्ने बलदे को पहिरो पनि एउटा विनासकारी पहिरो हो यसले बर्सनी ठुलो पर्यावरणीय क्षति पुर्याई रहेको छ यो पहिरोले बेला बेला मा बुदिगंगा नदि लाई छेकिदिने गर्दछ यो पहिरो साफेबगर मार्तडी सडक को रोग को रुपमा परिचित छ ।
काठमाण्डौं मुग्लिन सडक खण्ड को कृष्ण भिर को पहिरो: नेपाल मा सबै को मन मस्तिस्क मा नाम रहेको पहिरो हो कृष्ण भिर यो पहिरो ले एक समय ठुलो बिनाश पुर्याको थियो यसले पर्यावरणीय बिनास संगै मानिस को समयको पनि ठुलो बिनाश गरको थियो तर अहिले यो पहिरो त्यस स्थान मा थियो वा थिएन भन्न गाह्रो छ । अहिले यो पहिरो नियन्त्रण मा आइसकेको छ । यो पहिरो को नाम बाट धेरै गीतकार ले गित रचना गरेका छन ।
माथि उल्लेखित पहिरो एउटा प्रतिनिधि पहिरो मात्र हुन भने नेपाल मा यस्ता साना ठुलो पहिरो को संख्या हजारौ को संख्या मा छन र मैले यहाँ उल्लेख गर्न खोजेको के हो भने यी सबै पहिरो को कारण हामि मानव नै हौ हामि प्राकृतिक प्रकोप भन्ने गर्छौं तर यस्मा धेरै कृतिम कारण रहेको कुरा नकार्नु हुदैन । भुगर्वबिध हरु को भनाई आनुसार नेपाल भौगिलिक रुपमा कमजोर पहाड भएको भूगोल हो यो भूगोल पहाड बिकास को क्रममा छ र यो कमजोर भूगोल लाई हामि ले आफ्नो मानवीय स्वार्थ पुरा गर्न आफु खुशी कुनै प्राविधिक सल्लाह, प्राबिधिक अनुसन्धान र डिजायन बिना पूर्वाधार हरु बिकास गर्दा पानि को उचित निकास दिन नसक्दा हामि ले पहिरो को जोखिम बेहोर्नु परेको यथार्थ हो ।
माथि उल्लेख गरिएका पहिरोहरु कुनै न कुनै मानवीय क्रियाकलाप बाट नै सिर्जना भएका हुन् भन्ने मा कुनै दुई मत छैन अब यसो भन्दैमा के बिकास का कुनै क्रियाकलाप नगर्ने त? प्रश्न खडा हुन सक्दछ र त्यसो भन्न खोजिएको पनि हैन आजको २१औ सताब्दी को आधुनिक बैज्ञानिक युग मा हामि बैज्ञानिक अनुसन्धान र बैज्ञानिक बिधि को प्रयोग गरि बिकास गर्नु जरुरि छ । यहाँ पनि प्रश्न खडा हुन सक्छ देश भर का स्थानिय सरकार ले डोजर लागाएर सडक बनाउनु बैज्ञानिक हैन र ? बिज्ञान को बिकास संगै बनेको डोजर विज्ञानकै उपहार लाई प्रयोग गर्नु नै बैज्ञानिक बिधि हो भन्ने भ्रम हुन सक्छ यो कदापि बैज्ञानिक बिकास हुन सक्दैन ।
नेपालमा बर्सेनि पहिरो को जोखिम बढ्दै गहिरहेको अवस्था मा हामि ले समयमै ध्यान नदिने हो भने हाम्रो भूगोल मरुभूमिकरण नहोला भन्न सकिदैन बर्सेनि हाम्रो देश को माटो हामि बंगालको खाडी पठाउदै छौ यो क्रम समयमै रोकिएन भने हाम्रो खेति योग्य उर्बर भुमि र बस्ति योग्य भुमि नासिदै जादा मानबिय अस्तित्व समाप्त हुने खतरा बढ्दै छ त्यसैले हामि ले हाम्रा बिकास निर्माणका कार्य गर्दा पानि को उचित निकास को बेवस्ता गरि माटो को उचित बेवास्थापन संगै बायो इन्जिनियरिङ प्रविधि को प्रयोग द्वारा हाम्रा पहिरो नियन्त्रण तथा रोकथाम गर्न सक्छौ यसको उदाहरण को रुपमा हामी ले कृष्ण भिर को पहिरो लाई लिन सक्छौ । समयमा नै हामिले बिचार पुर्याउन सकियो भने हामीले बर्सेनि बिनाशका घटना सुन्नु पर्दैन समयमै सम्बन्धित निकायको ध्यान केन्द्रित होस जय होस ।
सम्पर्क: ९८५१०७३३७६
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]