३१असार २०७७–खोटाङ । जिल्लाकोद दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थित मुडेमा निर्माणाधिन सहिद पार्क परिसरमा दिलकाजी–इन्दिरा कार्कीको सम्झनामा वृक्षारोपण गरिएको जानकारी प्राप्त भएको छ ।
शसस्त्र माओबादी जनयुद्धका क्रममा शहादत प्राप्त खोटाङका ७२ जना शहीदहरुको सम्झनामा दिक्तेलस्थित मुडेमा निर्माणधिन शहीद पार्क परिसरमा जनय्द्घका सहिद कार्की दम्पतीको योगदानको कद्घर स्वरुप सम्झनाको लागि वृक्षारोपण गरिएको दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले जनाएको छ ।
‘शहीद दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को आयोजनामा शहीद कार्की दम्पत्तिको १९ औँ स्मृति दिवसको अवसरमा बुधबार वृक्षारोपण गरिएको जानकारी प्राप्त भएको हो ।
सरकार माओवादी शसस्त्र युद्घका अग्रणी भुमिकामा रहेका खोटाङमा तत्कालिन माओवादीका जिल्ला सेक्रेटरी समेत रहेका शहीद कार्की दम्पत्तिको वि.सं. २०५९ असार ३१ गते तत्कालीन शाही नेपाली सेनाको गस्ती टोलीले खोटाङको सिम्पानीबाट दिलकाजी र ईन्दिरालाई गिरफ्तार गरेर गोली प्रहार गरी हत्या गरेको थियो ।
जनयुद्धमा शहादत प्राप्त शहीद दिलकाजी कार्की र अर्का शहीद ठूलकुमार श्रेष्ठको नाममा खोटाङमा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान नेपाल’ गठन गरिएको छ । जनयुद्धमा शहादत प्राप्त खोटाङका ७२ जना शहीदहरुको सम्झनामा दिक्तेलस्थित मुडेमा शहीद पार्क निर्माण शुरु गरिएको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]