जिवनको हरेक मोडहरुमा उकाली ओराली गर्ने क्रममा जीवन जिउने फरक फरक आधार अनि तरिका पाइन्छ कसैको सुख त कसैको दुख अनि अनगिन्ती चोटहरु सम्हाली जिन्दगी जिईरहेको हुनेछ। यो प्राकृतिक नियम हो भन्दा फरक नहोला । यस्तै वास्तविक्ता भित्र रुमलिएको एक युवा सन्देशको पनि यस्तै कथा बनेको छ । यौवनको उमंग सग उमेर सगै उन्माद भै कसैलाइ मन पराउनु कुनै अपराध हैन ।
सन्देश मन भित्र बिगत सम्झिन्छ अनि मन मनै भन्छ “सुनिता ”आज म निराश छु, मेरा अनुहारका हरेक नशा नशामा आत्माग्लानीका रेशाहरु तछाड मछाड गर्दै होडबाजीमा बहिरहेका छन, त्यसैले त आज म आफै भित्र लाचार भएको छु। खै कसरी भनौ? जब तिम्रो सामू ओठ खोल्न खोज्छु अनायसै विशाल अग्लो पहाडले थिचेको आभाष हुँन्छ र धरातल भासिएर तल गहिराई सम्म पुग्छ। बिबश छु परिस्थिति सँग घुँडा टेक्न। मेरो आफ्नै प्राण र धड्कन आफै लिलाम गर्दै, बाध्य छु आत्मा बिहिन यो भौतिक शरीर लिएर बाँच्न।
म अनब्रत रुपमा यसैगरी एकोहोरो बेसुरमा फत्फताईरहेको थिए । सुनिताका गहभरी मोती दानाहरु टिलपिल छछ्ल्कीरहेको थियो। सायद हुनु पर्छ तिनै मेरा मायालु अब्यक्त भावहरुनै उनका लागि ईसारा बनिरहेको थिए। सूर्यले पश्चिमको क्षितिज क्रमश: चुम्दै चुम्दै गैरहेको थियो। किराहरुको एकोहोरो किरिरी आवाजले मनमा एक किसिमको डर, त्रास र भयको श्रृजना गरिरहेको थियो। पौष माघको साँझ मन्द मन्द चिसो हावा सिरेटोले हामी दुबैलाई चुमीरहेको थियो। शरीर लुग लुग एकतमासले कापीरहेको भान हुन्थ्यो । र निरासपनको भाव झल्किरहेको थियो।
बोल्दा बोल्दै म रोकिए …….।
खोइ के सोचिन र सुनिताले मुख खोलिन भने हुन्छ नि ‘कान्छा’ मलिन मुहार पार्दै सामिप्यता बढाईन र आँशुका ढिक्का टप्लक्क खसाउदै भनिन-भन सन्देश आखिर कतिंजेल यसरी तड्पाएर मनका भावनाहरु मनमै कुण्ठाएर राख्छौ? तिमीले नै भनेको हैन कुनै पनि कुरा गुम्स्याएर साँचेर राख्यो भने बताउनलाई भोलि फेरी नआँउन सक्छ अनि मन मिल्ने मान्छेलाई दु:ख बाड्यो भने दु:ख घट्छ भनेर।
तर फेरि किन भन्दैनौ । मनमा कुरा गुम्स्याएर बस्छौ । तिम्रो म भन्दा नजिकको को नै छ र यो दुनियामा? रुन्चे स्वरमा जतिजति उनका आवाजहरु पोखिँदै जान्थे उति उति मेरो मन डर र त्रासको भयले मन्द मन्द घोच्दै जान्थ्यो अनि आफ्नोपनको बोध नजिक भएर आँउथ्यो।….. धेरैबेरको मौनता पछि फेरी थपिन्- कि कतै हाम्रो माँयामा….?? भन्दै मुन्टो तल तिर झुकाईन रोकिय उनका शब्दहरु……. गला अबरुद्ध भयो उनको,सायद उनमा पनि एक किसिमको शंका र भयले गाँजिसकेको हुँदो हो। बिस्तारै उनको मून्टो सम्हालेर मेरो काखमा राखेँ।साझ छिपिदै थियो । चिसो सिरेटोले राज गर्दै थियो त्यसैले त सिरसिर हावा सँगै उनका लामा लामा केशरासीहरु तछाडमछाड गर्दै सल्बलाई रहेका थिए गन्तव्य बिहिन यात्रामा यत्रतत्र ………बटुवा जस्तै
मैले बाध्यता भित्र उभिएर भन्नै पर्छ आंफूलाई सम्हाल “सुनिता’ सन्सार हाम्रो हैन, हामी मानिस समय र परिस्थितिको दास हौं जस्तो सुकै परिस्थिति सहेर बाँच्न सक्नु हाम्रो एउटा बाध्यता अनि मजबुरी हो सम्झाउदै थिए म।…रात आफ्नै गतिमा सलल बगेर छिप्पिदै छिप्पिदै गईरहेको थियो।
पारी गाँउका कुकुरहरु घ्वांग घ्वांग आवाज़ सँगै बफादारीपूर्वक घरको पहरा दिइरहेका थियो। आज बाध्यता र बिबशताले सृजना गरेको मेरो अन्तिम निर्णय सुनितालाई सुनाउनु नै थियो भित्रै बाट साहस जुटाएर मैले कापेको स्वरमा भनें– सुनिता मलाई माफ गरिदेउ म चाहेर पनि यो जुनिमा तिम्रो भएर रमाँउन सकिन। हाम्रो बि…..हे अब सम्भव छैन। दुबैमा धैर्यताको बाँध फुट्यो अचानक बेचैयनिको सन्नाटा छायो। फेरी आफैंले आफैलाई सम्हाल्यौ दुबैले। मैले त भनेकै थिँए नि ‘सन्देश ’ तिम्रो लागि म योग्य छैन तिम्रो हरेक दु:खमा साथ दिए पनि तिम्रो खुशीमा रम्ने र रमाँउने अधिकार मलाई यो कुसंस्कार कुरिती भित्र हुर्किएको समाजले दिदैन।
हामी एक अन्तर जातिय कुसंस्कारले जन्माएको खाडल भित्र रहेर पनि एक आपसमा गहिरो सम्बन्ध गास्न खोज्नु त्यँहा भन्दा ठूलो भूल थिएन । जिबनमा के हुन सक्छ? भन्दै आफैलाई धिक्कार्दै थिईन उनि। “सुनिता” चाहेर पनि नपाउनु यो प्रकृतीको दोष हो। मलाई राम्ररी थाहा छ तिमी र म अन्तर जातिय विभेद भित्र कुसंस्कारको दलदलमा हुर्किएको हामी हौ तर तिमीमा त्यस्तो के छैन जुन अरु नारीमा छ? भन सुनिता के कुराको कमि छ तिमीमा? नचाहेर पनि बाँच्नु पर्ने बाध्यता हुदोरहेछ। जन्म सँगै मृत्यु संगको सम्झौता पूरा नभै चाहेर पनि प्राण फाल्न सम्भव रहेनछ सम्झाउदै भनें । सुनिताले फेरि साहास बटुल्दै बोलि कान्छा मेरो कारण अब यो दुष्ट समाजमा तिम्रो जिबनमा कुनै आँच आउने छैन यो समाजलाई मैले पनि राम्ररी बुझेकी छु। अब यी सबै हाम्रा प्रेम कहानीहरु तिमीले पनि भुल्नु पर्छ। तिम्रो आफ्नै छुट्टै संसारमा रमाएर जुगौ जुग बाँच्नु पर्छ यसमा मेरो पनि मन रमाउने छ।
म कदापी तिम्रो खुशी खोस्न आउने छैन न्यानो श्पर्श सँगै भनिन।
मैले लामो स्वास फेर्दै भने सुनिता तिमी कति महान छेउ है भन्दै उनको गालामा श्पर्श गर्दै रुन्चे हाँसो हाँसीदिएँ। रातको पहर छिप्पी सकेको थियो पहाड़ी गाँउका ग़रीब बस्तिहरुमा पनि मौनता छाईरहेको थियो पारी टेम्केको सिर जुनको टकले मधुरो देखिन्दै थियो । बिस्तारै बिस्तारै भारी पाईलाहरु अगाडि बढायौ दुबैले सदा झै सुनितालाई उसको आँगन सम्म पुर्याँउन गएँ दलानको डील टेक्नु पूर्व़ै पछाडि फर्केर ईसारामै बिदाईका हातहरु हल्लाईन अनि स्वीकार्दै लागें आफ्नै बासस्थान तिर।
क्रमश दिन बित्दै गयो माघ महिनाको जाडो बिहानको करिब ८:०० बजिसक्दा पनि सूर्यका कीरणहरुले आफ्नो प्रभुत्व जमाईसकेका थिएनन्।आँगनभरी मानिसहरु सल्बलाई रहेका थिए ।घरबाट टाढा हिडेर जन्ति जानु पर्ने भएकोले करिब ९:०० बजे तिरै सबै आफन्त ईष्टमित्र, कुल-कुटुम्ब, साथीभाई जम्मा भैसेका थिए। यति ठूलो भिडमा कता कता के के को कमि भएको महशुस गरिरहेको थिएँ मैले। ‘सुनिता’जे जस्तो भए पनि मेरो बिहेमा त आउ ल? भनेर निम्तो थमाँउदा – सन्देश , अवश्य आँउछु नि तिम्रो खुशी नै मेरो खुशी त हो नि हैन र? भन्दै उहि पुरानै मन्द मुश्कान झल्किरह्यो नयनभरी, नभन्दै त्यही भीडबाट हस्यांग फस्यांग गर्दै समीपमा आएर “”कान्छा बेश्ट अप् लक्, मे गड् ब्लेस यू” भनीन्। खुशीको सीमा रहेन मनमा अलग किसिमको उर्जा मिल्यो। जिबनले यात्रा मोडिसकेको थियो। अब परिवारमा अलग्गै ज़िम्मेवारी बोझ काँधमा थपिएको थियो। घर परिवारमा बेग्लै किसिमको खुशी र आनन्द छाएको थियो। परिवारको कान्छो छोरो त्यसमा पनि आमाको मृत्यु पछि एक्लो बाबाको हेराई र रोजाईको बुहारी भित्र्याँउन पाँउदा संसारका ती भाग्यमानी बाबाको खुशी मिलेको थियो मेरा बाबामा पनि। बेग्लै संसारमा रमाईरहेको थियो हाम्रो सानों परिवार ।
बिहेको पर्सी पल्ट सबेरै गाँउभरि हल्ली खल्ली भयो। सुनिता घरमा छैनन् रे बिहान ओछ्यानमा हेर्दा भेटिइनन् रे यस्तै आवाजहरु बस्तीभरि गुन्जिरहेका थिए। एक्कासी आंग सररर फुलेर आयो सुनिता एउटी असल चरित्र भएकी नारी हुन् अहँ यो हुन सक्दैन। फेरी जुटियो सबै मिलेर सुनिताको खोजिमा । आखिर सुनिता भेटिईन् तर मृत अवस्थामा। भिड एकाएक बिलाप र रोदनमा परिणत भयो मृत्युको रहस्य बुझ्नमा सबै आतुर थिए। भिड मध्यको एउटा दोषी म आफै भएको महशुस भैरहेको थियो। भित्र भित्रै आफैलाई धिक्कारे कतै हाम्रै प्रेम सुनिताको गलाको पासो त बनेको हैन?? आफ्नो घाँटीआँफै दबाउ झै भयो। सुनिताले पनि पूर्ण सहमति जनाएकी थिन मेरो बिहेको लागि यस्तै यस्तै सोच्दै थिए। सुनिताले जिबनको अन्तिम घडीमा एउटा नोट यसरी लेखेकी थिइन:- ‘
कान्छा ’ मेरो संसारको सबै भन्दा ठूलो खुशी तिमी नै थियौ, मैले हरेक पल्ट आफू मरेर तिमीलाई बचाएकी पनि थिएँ। मैले यो निर्णय पहिले नै गरिसकेकी थिएँ जुन दिन तिमीले हाम्रो प्रेमको अन्त्य भएको घोषणा तिम्रै मूखबाट सुनाएका थियौ। तिम्रो खुशी देख्नु थियो। मेरो यो मृत्युमा आँशु नझार्नु ल? असल दाम्पत्य जिबनको उदाहरण दिँदै यो जातभात धर्म र छुवाछुतको भेदभाव विभेद पुर्ण कानुन र कुसंस्कार रुढीबादी परम्पराले जगल्टिएको यो दुष्ट समाजको संकुचित भावनालाई डटेर निर्मूल पार्नु पर्छ जुन तिमीले बारबार भन्ने गर्थ्यौ। अन्तमा तिमी र तिम्रो परिवारको उज्वल भबिष्यको कामना गर्दै संसारबाट बिदा लिदैछु!!
(नोट:- कथाका पात्रहरु काल्पनिक हुन। यदि कसैको वास्तविक जीवनमा मेल खान अाएमा संयोग मात्र हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]