३ श्रावण २०७७–काठमाण्डौ । पछिल्लो समय नेपालमा समेत चर्चामा रहेको छिटो सुबिधा दिने पठाओ राइडरका संस्थापक फहिम सलेहको हत्या भएको खबर अन्तराष्ट्रिय एजेन्सिहरुले सार्बजनिक गरेकाछन् ।
बाङ्ग्लादेशी आप्रवासीका छोरा उच्च शिक्षा अध्ययन गरिरहेकै बेला सलेहले पहिलो राइडर कम्पनी स्थापना गरेका थिए । अमेरिकाको न्यूयोर्कमा मृत भेटिएका फहिम सलेहको हत्या अभियोगमा एक व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । म्यान्हटनस्थित आफ्नो अपार्टमेन्टमा ३३ वर्षीय सलेहको शव टाउको र अन्य अङ्ग काटिएको बीभत्स अवस्थामा भेटिएको जनाएको छ ।
उनका २१ वर्षीय सहायक टाइरिस हस्पिललाई गिरफ्तार गरिएको र हत्याको अभियोग लगाइएको छ । प्रहरीका अनुसार सन्दिग्ध ती युवकले सलेहको दशौँ हजार डलर तिर्न बाँकी रहेको आरोप छ । सीसी टिभी फुटेजका अनुसार ती व्यक्तिले सलेहलाई विद्युत् प्रवाह गर्ने अस्त्र टेसर प्रहार गरेको र धारिलो हतियारले साङ्घातिक आक्रमण गरेको आरोप लगाइएको छ । व्यवसायी सलेहले बाङ्ग्लादेश,नाइजेरिया र नेपालमा लोकप्रिय राइड शेअरिङ कम्पनी स्थापना गरेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]