४ श्रवावण २०७७–धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक बाबुले आफ्ना १४ र १६ वर्षीया दुई छोरीलाई बलात्कार गरेको आरोप लागेपछि बाबु फरार भएको खबर प्राप्त भएको छ ।
दुई किशोरीले इलाका प्रहरी कार्यालय सुखडमामा शनिबार बिहानै मुद्दा दर्ता गर्न खोजेपनि नाबालक भएको भन्दै मुद्दा दर्ता भएन । पिडित किशारीहरुले शनिबार बिहानै मुद्दा दर्ता गर्न खोजेका थिए । नाबालक भएको र संरक्षण कोही नभएका कारण अहिले मुद्दा दर्ता नभएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जनाएकाछन् ।
भट्टका अनुसार पिडितहरुलाई ओरेक नेपालको जिम्मा लगाएका छौँ, यसैमार्फत मुद्दा अगाडि बढ्छ ।’ पीडित बालिकाको आमा केही वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ ।
ओरेक नेपालकी जिल्ला संयोजक बिनु चौधरीले बताइन् । उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गर्ने उनले बताएकीछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]