कमल प्रसाद तिमल्सिना
ललितपुर
मेरो जीवनका नेपाल यात्रा मालाई सबै बिशेष लाग्छ मालाई मानिस को जीवन जस्तै मेरो यात्रा कहिले साल श्रवणसुख कहिले दुख यस्तै यात्रा मध्ये मेरो संखुवासभाको यात्रा अलि बिशेष छ। यो यात्रा श्रवण महिना तिर को हो त्यतिबेला हाम्रो सितारा कन्सल्ट ले उत्तर दक्षिण कोशी रोड अन्तर्गत संखुवासभाको नुम किमाथांक खण्ड को ४०-४५ कि. मि. जति सडक को सर्वेक्षण को जिम्मा पाएको थियो।
कामको सम्झौता भैसकेको हुँदा हामीलाई सर्भेको काम सुरु गर्न को लागि एक किसिमको प्रेसर जस्तै थियो अफिस को सल्लाह बमोजिम सर्भे मा म लगायत गणेश जी (गणेश राज कडरिया), देवराज जी (देबराज गौतम),सनम जी (सनम बलाय) र अफिस बाहिर बाट नारायण जी (नारायण सापकोटा), अर्को एक जना साथै बिनोद जी हुनुहुन्थ्यो उहाको पुरा नाम बिर्सिएछु।
काठमाडौंमा बाट सुरु मा साइट भिजिट को लागि गणेश जी र देबराज जी संखुवासभाको भोटखोलाको यात्रा मा निस्कनु भयो र उहाँ त्यहाको बस्तु स्थिति बुझिसके पछी काठमाण्डौं बाट कस्तो तयारि को साथ साइट जाने भन्ने नै हाम्रो तयारी थियो र उहाहरुले पहिलो चरण को वाकवभर सके पछी काठमाडौं बाट के कस्तो बन्दोबस्त को साथ आउने खबर गरि सके पछी हाम्रो दोस्रो टोलि काठमाण्डौं बाट संखुवासभाको यात्रा मा निस्कियौ नारायण जी र बिनोद जी मेरो टोलि को सदस्य हुनुहुन्थ्यो, काठामाडौँ पुर्वी पाहाडी जिल्ला को यात्रा मलाई बिशेस रमाइलो पहिले देखि नै लाग्दथियो पहिला भोजपुर धेरै समय बसी सकेको हुँदा धनकुटा हिले सम्म को लागि मेरो यात्रा नौलो थिएन भने हिले बाट बसन्तपुर, चैनपुर हुँदै खाँदबारी को यात्रा अलि बिशेस थियो।
पूर्व को यात्रा गर्सकेको हुँदा मैले काठमाडौं बाट धरान सम्म को नाइट बस को टिकटको बन्दोबस्त गरे भोलि पल्ट बिहान धरान पुगेपछि धरान बाट तुम्लिंगटार को यात्रा गरियो तुम्लिंगटार त्यति बेला बसन्तपुर देखि चैनपुर सम्म को सडक पिच थियो भने चैनपुर देखि उता सडक कच्ची नै थियो तुम्लिंगटार नपुग्दै बिच मा सभा खोला थियो हाम्रो दोस्रो चरण को यात्रा त्यही सकियो अनि सभा खोला मा पुल थिएन डुंगा चढेर पारि जानु पर्ने काठ को ठुलो डुंगा अनि डुंगा लाई वारि पारि ठुलो डोरी लगाएर तान्ने बेबस्था थियो सभा खोला अरुण संगै नजिकै जोडिएको थियो यदि डुंगा तान्ने डोरी केहि गरि फुत्कियो भने फर्कने सम्भावना कम थियो त्यसमा पनि म पौडी खेल्न नजान्ने नदि पार गरियो यो हाम्रो यात्रा को तेस्रो सवारी साधन थियो।
खोला पारि पुगेपछि हाम्रो यात्रा अर्को जिप समातेर तुम्लिंगटार सम्म अनि तुम्लिंगटार बाट अर्को जिप चडेर खाँदबारी सम्म को यात्रा गरियो दुई दिनको लगातार सवारी फेर्दै खाँदबारी पुग्दा हाम्रो शरीर पुरै थाकेको थियो तर त्यहाँ उपेन्द्र जी एक जना साथि हुनुहुन्थ्यो उहाँले होटल को राम्रो बन्दोबस्त गरिदिनु भएको थियो उहाँले हामीलाई ठुलो गुन लगाउनु भएको थियो उहाँलाई अहिले पनि धन्यबाद दिन चाहान्छु।
खाँदबारी पुगेको भोलिपल्ट हामि खाँदबारी सोलार ब्याट्री लागायत केहि बन्दोबस्ती का सामान किनेर दुई जान भरिया को साथ पैदल यात्रा सुरु गरियो दुई दिन को लगातार गाडी को यात्रा ले थाकेको हुँदा पहिलोदिन को यात्रा हाम्रो देउराली सम्म मात्र भयो हामी त्यहाँ एक जना शेर्पा दाई को होटल मा बास बस्यौ अनि भोलि पल्ट बिहान सबेरै चौथो दिन को यात्रा सुरु गरि चौथो दिन नुम हुँदै अरुण नदि तरेर गडी(नेपाल तिब्बत युद्द हुँदा को गडी) भन्ने ठाउँ बास बसी पाचौ दिन हाम्रो काम को सुरु हुने ठाउँ एकुवा भन्ने ठाउँ मा पुगियो त्यहा पनि एकजना शेर्पा दाई को पसल थियो हाम्रो बस्ने स्थान त्यहि थियो सबै ठाउँमा टेलिफोन लाग्दैन थियो हामि त्यहाँ पुग्दा हाम्रो टोलि गोला भन्ने ठाउँमा छ भन्ने सुने त्यस पछी मैले नारायण जी र बिनोद जी लाई त्यहा बस्ने बन्दोबस्त गर्न भनि म गोला तर्फ लागे र साथी हरुले पनि काम सुरु गरि सक्नु भएको थियो हामि पुगेको दिन देखि लगातार पानि पर्न थाल्यो हामीले तिन दिन सम्म काम सुरु गर्नु त कता हो कता बाहिर निस्कन पनि गारो भयो तिन दिन पछी पानि केहि कम भएपछी हामीले सर्भे सुरु गर्न सकियो तर पानि पर्ने रहने नियमित नै थियो केहि दिन पछी सनम जी पनि काठामाडौं हाम्रो टोलि मा सहभागी हुन पुग्नु भयो त्यस पछी हाम्रो टोलि जनाको भयौ अनि हाम्रा सर्भे सहयोगी अरु ६-७ जना त्यही का स्थानिय केटा हरु थिए सुरुमा काम राम्रै गर्थे पछी तिनीहरुलाई पनि मात चढेको थियो।
अबिरल वर्षा नजिकिएको दशैं टाढा अनि बिरानो ठाउँ अनकन्टार अरुण को गडगडाहटले कहिलेकाहीँ झसङ्ग पार्दथ्यो सबै पाखा जंगल मा अलैची खेति दिन भरी अलैची को घरि मा सर्भे गर्ने पानिमा रुज्दै जुका टिप्दै अनि सिदुरे भन्ने एउटा किरा हुदो रहेछ त्यो शरीर मा गडेपछि शरीर चिलाउने, बिजाउने हुन्थ्यो बेलुका बास बस्ने ठाउँमा आएर खरानी दलेर उपचार गर्ने चलन थियो यो सम्झना अझ बिशेष लाग्छ।
एकुवा बाट अलि पर एकजना गुरुङ बाजेको घर थियो, मान्छे असाध्य रमाइलो तर उहाको नाम बिर्सिए उहाँको अलैची बारी सबै सडक मा पर्थ्यो यस बिषयमा उहाँको असहमति थियो अहिले सडक कसरी बन्यो त्यो त थाहा भएन।
गोला बजार अलि बिशेष थियो हाम्रो टिम को लागि लामो समय हाम्रो बस्ने स्टेसन नै थियो हामि रुद्र दाइ को घर मा बस्थ्यौं उहाँ मात्र हैन उहाको सबै परिवार असल र मिलनसार हामि आफ्नै घर जसरि बसेका थियौँ अनि त्यस घर मा एक जना लक्ष्मण जी हुनुहुन्थ्यो मेडिकल गरेर बस्नु भएको त्यो एरियाको डाक्टर अनि हाम्रो पनि डाक्टर हामि सँग धेरै मिल्ने एकदिन हामि सर्भे सकेर फर्किसकेपछि आराम गर्दै थियौं लक्ष्मन जी पनि हाम्रो रुममा आउनु भयो अनि ५-७ मिनेट हाम्रो रुम मा बसेर अर्को रूम मा जानु भएको थियो अर्को रुम मा उहाँको गाउँका चेली हरु आउनु भएको रहेछ लक्ष्मन जी को नियतमा संका गर्नुपर्ने कुनै ठाउँ थिएन/ हामि खान खाएर रुम मा आयौ काठ ले बारेको कोठा उता गफ गरेको यता प्रस्ट सुनिने लक्ष्मन जीको मा बुडाबुडी को झगडा सुरु भएको रहेछ हामि पनि बुडाबुडी को झगडा पराल को आगो हो भन्दै हामि सुत्ने तरखर मा गरिरहेका थियौँ एक्कासी त्यहा लक्ष्मण जी माथि लाठि मुग्री बर्सन थाल्यो लक्ष्मण जी माथि प्रहार भएको लाठि को आवाज लाग्थ्यो कुनै अन्न बालि झारिदै छ।
अन्त सुनेको थिएँ महिला हिँसा को कुरा हरु यहाँ एउटा पुरुष माथि भएको निर्मम हिंसा हामि हेर्न बाध्य थियौ लाठि ले मात्र नभएर खुकुरी निकेलेर खुकुरी को उल्टो पति बाट प्रहार गर्दै हुनुहुन्थ्यो मेडम , छुट्याउन जाने सक्ने आट हामि मा आएन आफ्नो पति लाई त यसरि निर्मम तरिका बाट कुटपिट भएको छ हामि माथि प्रहार नहोला भन्न सकिन्न नारि भनेको काली को रुप भन्छन तेही भएर हामि चुप, अति नै भए पछी रुद्र दाइ र भाउजु आएर छुट्याउनु भयो सम्झाउनु भयो झगडा साम्य भयो लक्ष्मण जी दुई दिन उठ्न सक्नु भएन आफै डक्टर अलि अलि ब्रुफिन त खानु नै भयो होला , दुई दिन पछी लक्ष्मण जी लाई सोधेको तपाई यति धेरै पिटाई किन सहनु भएको कि प्रतिकार गर्नु पर्ने हैन भने त भाग्नु पर्दैन? भनेको हैन सर मेरो त आमाले पनि बा लाई यसरि नै कुट्नु हुन्थ्यो तेही भएर नभागेको मेरो बाले आमा लाई चै कहिलै कुट्नु भएन तेही भएर मैले पनि मेरी श्रीमती लाई पिट्ने गर्दिन भन्नु हुन्थ्यो लक्ष्मण जी।
हामि सर्भे गर्दै गोला बाट बरुण, सिम्बुन हुँदै हटिया पुगियो यो बिच को हाम्रो सर्भे त बिशेष नै थियो सर्भे गर्ने भूगोल अत्यन्त डरलाग्दो थियो ठुला ठुला ढाँड हरु थिए त्यहाँ पसियो भने जे पनि हुन सक्ने खतरा थियो र एक दिन सर्भे गर्ने क्रममा मा एक्कसी एउटा ढाँड भित्र खसेको थिए दैब संयोग केहि भएन।
हटिया मा हाम्रो क्याम्प सिफ्ट गरे पछी अलि दुखद हुँदै गयो एक्कासी गणेश जी र सनम जी बिरामी पर्नु भयो नजिकै को मेडिकल बाट औषधि किनेर खाने बन्दोबस्त गरियो सिप्रो फ्लोक्सासिन दुवै जना साथिहरुलाई आराम गर्नुस भनेको सनम जी ले मान्नु भयो तर गणेश जी ले मान्नु भएन औषधि खादै सर्भे गर्दै दिन भरी पानि मा रुज्दै सर्भे गर्ने एन्टिबायोटिक खाने आराम नपुगेर होला गणेश जी लाई बेथा चाप्न थाल्यो ५-६ दिन पछी गणेश जी पुरै सिकिस्त हुनु भयो ज्वरो थामी नसक्नु दिनभरी रातभरी ज्वरो मात्र आउथ्यो खाना केहि खान नसक्ने केहि खायो भमिट गरि हाल्ने अवस्था जटिल हुँदै गइरहेको थियो नजिकै मेडिकल मा थप औषधि को सम्भावना थिएन त्यस स्थान बाट खाँदबारी पुग्न पनि हामीलाई चार दिन लाग्थ्यो भरिया ले बोकेर लानु वा हेलिकप्टर खोज्नु दुई वटा बिकल्प थियो हामीले हेलिकप्टर को बिषय सोचेनौ तर भरिया खोजेर खाँदबारी पुर्याउन प्रयत्न गरियो तर हामीले सकेनौ बेथा ले गणेश जी झन झन गल्दै गइरहेको थियो अस्पताल पुर्याउने हामि सँग को विकल्प केहि बाँकी रहेन बोकेर अस्पताल पुर्याउन मानिस त पाइएन तर दिन रात हाम्रा दुई बिरामी साथीहरुको सेवा गर्ने लाजुंग बैनी, लामु बैनी र उहाँहरुको परिवाले लगाएको गुन हामीले तिर्न सकेनौ कि भन्ने अहिले पनि लागि रहन्छ।
गणेशजी लाई अझै यस्तै अवस्था मा छाड्ने हो भने हामि ले गणेश जी लाई काठमाडौं पुर्याउन सकिदैन भन्ने लाग्न थाल्यो सनम जी लाई केहि कम थियो राति १२ जति बजेको थियो गणेश जी निदाए जस्तो लोलाएको थियो दिन भरी पानि मा भिजेर सर्भे गर्ने साथि हरु एकनास घुरि रहेका थिय म र लाजुंग बैनी गणेश जी र सनम जी लाई पानि पट्टि लगाई रहेका थियौ सनम जी लाई ज्वरो केहि कम भएको थियो सनम जी जुरुक्कै उठ्नु भयो अनि अब यहाँ बसेर हुदैन जानु पर्छ भन्नु भयो मैले हिडेर जान सक्नुहुन्छ? मैले प्रश्न गरे, गणेश जी हिड्न सके त म पनि सक्छु मेरा आखा भरी आसुँ भए र मनमनै भने माने तिम्रो साहस सुत्नुस बिहान सल्लाह गरम्ला भनेर सुताए अनि हामि पनि सुत्यौ बिहान भएपछी गणेश जी हिडेर जान सकिन्छ? भनेर सोधे गणेश जी को उत्तर म त यही मरिदिन्छु हिडेर जाने सहास छैन सर्भे सक्नुस संगैजाने भन्छ।
यहि सुतेर मर्नु भन्दा हिड्दै गर्दा बाटो मा मर्यो भने एउटा बिरामी प्राबिधिक भरिया नापाएर उपचारहुन नसकेर मर्यो भन्छन् हिड्ने आट गर्नुस भनेर जवर्जस्ती दुई बिरामी साथि लाई केहि पर सम्म पुर्याउन देबराज जी लाई पठाई बिदा गरियो यो क्षण जीवन को नरमाइलो क्षण थियो।
साथि हरुलाई विदाई गरियो कुनै सम्पर्क छैन हामि बसेको स्थान मा टेलिफोन लाग्दैन साथि हरुले कुनै खबर पठाउदैनन आज खबर आउला छैन भोलि आउला छैन एक हप्ता भैसक्यो कुनै खबर छैन सर्भे सक्न एउटा Travers Close गर्नु पर्ने थियो Department of Survey को Third Order Trick Point हटिया भन्दा माथि हुंगुंग को डाँडा माथि थियो दिन भरी पानि पर्ने र कुहिरो लाग्ने हुँदा हामि लाई सर्भे सक्न हम्मे हम्मे भै रहेको थियो। साथि हरु गएको छैटौ दिन एउटा हेलिकप्टर आकाश मा घुम्यो हामिले सोच्यौ कि साथि हरु फोन लाग्ने ठाउँ सम्म पुगेछन अफिस मा सम्पर्क गरेर अफिस बाट हेलिकप्टर लिन आयो भन्दै खुशी भयौ त्यो दिन हामि Travers Close सक्न को लागि हुंगुंग तर्फ जादै थियौ हुंगुंग मा एक जान सर को घर मा V-sat टेलिफोन रहेछ पहिला साइड भिजिट मा जाँदा गणेश जी ले उक्त नम्वर बाट काठमाडौं फोन गरेको रहेछ र कृष्ण सर ले त्यो दिन हामि त्यस टेलिफोन बुथ मा पुग्दा काठमाण्डौं बाट फोन गर्नु भएको रहेछ कृष्ण सर ले कमल जी गणेश र सनम कहाँ छन एक हप्ता अगाडी फोन गरेर हामि बिरामी परेर फर्कदै छौ भनेर फोन गर्नु भएको थियो त्यसपछी सम्पर्क छैन तपाई हरु पनि काम छाडेर तुरुन्त फर्कनुस सकिदैन भने काम गर्नु पर्दैन भन्नु भयो तर गरेको काम छाडेर हिड्यो फेरी यो मुग्लान मा कसरी आउनु भनेर भोलि पल्ट Travers Close सकेर साँझ हटिया आइपुग्यौ हटिया मा एउटा सनम जी ले पठाएको चिट्ठी आएको रहेछ सनम जी को चिट्ठी को ब्यहोरा यस्तो थियो।
साथि हो हामि गोला सम्म जसरी तसरी आइपुग्यौ यहाँ बाट अगाडी बढ्न सकिएन लक्ष्मण जी ले हाम्रो उपचारमा सक्दो प्रयास गर्नु भएको छ म केहि फ्रेस भएको छ गणेश जी को अवस्था नाजुक छ तपाई हरु छिटो काम छाडेर आउनुस।
पत्र पढी सकेर भोलि बाट काम नगर्ने निर्णय गरियो अनि झिटी गुन्टा प्याक गर्न लागियो त्यो दिन बाट फेरी दाँत दुख्न थाल्यो एक्कासी दाँत दुखेर केहि खान सकिन बेलुका तेतिकै सुते बिहान उठेर सबै को हिसाब किताब सकेर हटिया बाट बिदा भयौ मेरो दाँत असाध्य दुखेको कारण केहि खान सकिन साथि हरु यत्रो दिन बिरामी परेर त सहेर बसेका छन मालाई जाबो एकदिन को दाँत दुखाई त हो भन्दै सम्झदै गोला आइपुगियो गोला आउदाँ सनम जी त बाहिर बाटो मा नै भेट भयो केहि दुब्लाएका भए पनि मुसुक्क हास्नु भयो खुशी लाग्यो अनि म सरासर गणेश जीको मा गए गणेश जी के छ? मैले प्रश्न गरे गणेश जी ले उत्तर ठिक छ भन्नु भयो अनि ठट्टा पारा मा उसो भए हिडेर जान सकिन्छ गणेश जी भनेर सोधे अनि गणेश जी ले सक्दिन कमल जी म अब फर्कन्न होला साथि को यस्तो कुरा सुनेर मेरो दुखेको दाँत अझ दुख्न थाल्यो।
अनि लक्ष्मण जी लाई भेट्न गए र सोधे साथी हरुको बारेमा लक्ष्मण जी ले सर हरु ठिक भैसक्नु भाको छ सर एन्टिबायोटिक को ओभरडोज ले कमजोर हुनु भएको छ आतिनु पर्दैन भन्नु भयो अलि आशा बढेर आयो अनि सूधे लक्ष्मन जी यो दाँत को पनि उपचार हुन्छ? लक्ष्मन जी ले दाँत त निकाल्नु पर्छ सर भन्नु भयो अनि उसो भए निकालिदिनुस भने ५ मिनेट मा मेरो दाँत निकालिदिनु भयो अनि बल्ल सन्चो भयो।
आफु लाई अलि सन्चो भएपछी रुद्र दाइ लाई भेटे अनि दाइ सँग बिरामी साथि हरु लाई खाँदबारी पुर्याउन भरिया खोजिदिन भने दाइ ले तिन चार जना मानिस बोलाई त दिनु भयो तर अरु जे भारी बोक्न तयार बिरामी बोक्न कोहि तयार भएनन मैले उनि हरुलाई भने पैसा कति भन्छौँ त्यति दिन्छु कुनै बार्गेनिंग गर्दैनौ तर कोहि तयार भएनन अनि नारायण जी ले कोहि खोज्नु पर्दैन म बोकेर लैजान्छु ठाउँ ठाउँमा पालो दिनु पर्छ साथि हरु सक्नु हुन्छ भन्नु भयो मेरो खुशी को सिमा नै रहेन ओके नारायण जी र म गणेश जी लाई बोकेर लैजान्छौँ साथीहरु हाम्रा सबै सामान बोकेर हिड्नुस हाम्रो बिरामी बोक्ने भरिया नभएपछि हामि किन समान बोक्न भरिया लगाउने भनेर आफ्नो सामान आफै बोकी बाटो लाग्ने तरखर गरियो अनि लक्ष्मण जी ले हिड्ने बेलामा एउटा भिटामिन बि कम्प्लेक्स र ग्लुकोज स्लाईन लगाइदिनु भयो हामि ले पछौरा को नाम्लो जस्तो बनाएर गणेश जी लाई बोक्ने बनाएका थियौ र गणेश जी लाई बोक्न खोजेको उहाँले म अलि पर सम्म हिड्छु जहाँ सक्दिन त्यहाँ बोक्नु होला भन्नु भयो भिटामिन बि कम्प्लेक्स र ग्लुकोज को कारण होला गणेश जी विस्तार हिड्न थाल्नु भयो अनि लक्ष्मन जी ले हिड्ने बेला मा रेड्बुल र जुस हरु बोक्नु होला भन्नु सोहि अनुसार मैले एक झोला जुस र रेड्बुल बोकेको थिएँ तिन गोला बाट चार दिन पैदल हिडेर हामि देउराली आइपुगेका थियौ तर गणेश जी लाई बोक्नु परेन देउराली बाट जिप चल्न सुरु भएको रहेछ दशैं नजिकै आएकोले होला हामि जाँदा भन्दा फर्कदा खोला नाला कम हुँदै गएको थियो अनि हामि खाँदबारी मा एक दिन बसेर भोलि पल्ट काठमाडौंमा फर्कियौ त्यसैले यो यात्रा सधै बिशेष छ।
९८५१०७३३७६
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]