६ श्रावण २०७७–काठमाडौं । गत सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खुला गर्ने निर्णय गरेको जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने अझै कोरोनाको सङ्क्रमण र त्रास कायमै रहेकाले अवस्था सामान्य भएपछि विद्यालय खुला गर्ने बैठकले निर्णय गरेको छ ।
लामो समयको लकडाउन पछी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने प्रस्ताव पेश गरेको थियो ।
उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिएको जनाइएको छ । नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट आन्तरिक र वाहय हवाई सेवा बन्द गरेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]