६ श्रावण २०७७–सुनसरी । लगातारको बर्षाको कारण सप्तकोशी नदीमा मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक देखिएपछी सप्तकोशी नदीको ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएको जानकारी प्राप्त भएको छ ।
यो बर्षकै उच्च मापन भएपछी ४६ वटा ढोका खालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेकोले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]