विप्लवी तेन्जु योन्जन
हाल – रेगिस्थान
भनिन्छ- ठूलो पत्रकार ,लेखक बन्नु धेरै पढेको चाहिन्छ रे कुनै बिषय बस्तुमा रहेर बिश्लेसण गर्दा अनुभव र त्यस भित्रको ज्ञान हुनु पर्छ रे यस्तै यस्तै टिकाटिप्पनी भोग्ने मध्यको म आफै स्वयम् पनि हु। प्रतिष्ठाको बोझ थाम्न दरिलो काँध चाहिन्छ रे !
आफू त्यस्तो प्रतिष्ठित ब्यक्तित्व परिएन अतः दरिलो काँधको सवाल पनि उठेन। तैपनि, कमेण्ट आलोचना सुन्ने दरिलो आत्मविश्वास छ म भित्र। मान्छेहरुले घमण्डी भन्लान्। आफूलाई लेखक हुँ भन्दिन म। रहरिया हुँ। लेख्छु फूर्सदमा यदाकदा। आरुका फूलका…….देशमा भएका केहि प्रसंगरु पनि त्यस्तै फूर्सदका उपजहरु हुन । सुरु सुरुका दिनहरुमा पत्रीका मा छापिएका मेरा लेखहरुका कमेण्टहरु बाहेक निजी ई-पत्रहरु पनि धेरै आए। कतिपय मित्रहरुले मेरा निजी घटनाहरु हुन् कि भन्ने जिज्ञासासम्म पोख्नुभयो। केही शुभचिन्तकहरुले अलिकति लम्ब्याएर सिंगो पुस्तक निकाल्न सकिन्छ भन्ने आदि आदि सल्लाह पनि दिनु भयो । कसै कसैले त सक्तो अलोचना पनि नगरेको हैन । वास्तविक नाम त थाहा भएन, तर मेरो लेखको कमेण्टभित्र एकजना मेरै शुभचिन्तक मित्र सहपाठी , सहकार्य गरिहएका मित्रले मूलधारमा पनि लेख्नुपर्यो साथै अलिक “गृहकार्य” पनि गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो। तपाईको सुझावलाई मनन गरेको छु भन्ने जानकारी पनि यहीँ दिंदैछु।
स्याटेलाइटजीले “मन छोयो” भन्नुभयो। मलाई पनि तपाईको ई-पत्रले पनि मन छोएको छ । सम्पुर्ण सुभचिन्तक लाई धन्यवाद सकारात्मक कमेण्टका लागि। त्यसो त नकरात्मक कमेण्टले झन् थप उर्जा प्रदान गर्छ मलाई आफ्ना कमजोरीहरु औंल्याउन। दुई मृत्युको उत्तरआधुनिक समायोजन त होइन भनेर चस्स घोच्नु भएकोछ ‘एउटा मृत्युको बयान” भित्र जस्ता कमेन्ट गर्नु भएको छ धन्यवाद । साथै बडो डिप्लोम्याटिक तवरले अन्त्य गर्नु भा छ-”लेखाई सुन्दर छ, यसमा कुनै टिप्पणी छैन।” मैले हाँसेर स्वीकारें त्यो कमेण्टलाई जिवन्त बनाउने मेरो प्रयास जरिछ जारिरहनेछ । वास्तवमा, कमेण्ट लेख्ने अन्य सम्पूर्ण साथीहरुलाई धन्यवाद भनेको छु यहीँ। छुटाउनै नहुने नामहरु । गफैगफमा भुलेको छैन ! मजक मजक मै भन्दै थिए म त लेखक बन्न लागेछु।
केहि साथीहरुको सल्लाह बमोजिम् पात्रलाई सिरिज्को रुप दिने जमर्को गर्दैछु। फूसर्दमा लेख्दैजाँदा के थाहा ! कुनै दिन सिंगो पुस्तक नै बन्ला कि ? तर सधैं प्रेमका गन्थन नहोलान्।
अँ, बाँकी श्रेर्या मेरा माहान गुरुहरुलाई…………………… जीन्दगिका अनगिन्ती सपनाहरु अनि गतिसिल समय………
बेमौसमी बोटहरुमा
राताम्मे फूलेर पनि सर्वाङ्ग नांगो सिमलको रुखजस्तै जीन्दगी, जो यतिखेर आफ्ना विगतहरु खुल्ला जमिनमा छता छुल्ल पोखिएको सिमलको फूलभित्र खोज्दैछ। सायद हामी कहिले एक-अर्कामा स्पष्ट हुन सकेनौं। अभिशप्त छौं अझै पनि। हाम्रा विगतहरु प्रसंग भन्दा बाहिर भईसके होलान् तैपनि, मेरो कमजोरी, प्रत्येक घटना, दुर्घटना सबैले मलाई उतिकै संवेदनशिल तुल्याउँछ यद्धपि, म मान्छेसामु आफूलाई निक्कै मजबुत र आत्मविश्वासी छु भन्ने जनाउन त खोज्छु तर सक्दिन तर पनि यथार्थको धरातलमा अडिएर अन्ततः कुनै कुरा नलेखि रहन सक्दिन सबै, सबै ती प्रसंगहरु। किन, किन म बन्द किताब हुन सकिन। एउटा महिला मित्रले उहिल्यै भन्नुभएकि थिइन-सायद हाम्रो प्रेम “अन-टोल्ड” स्टोरी भएर रहने छ। माफ गर्नुहोला ! मबाट त्यसो हुन सकेन कारण-
यो जूनीमा त्यस्तै भयो………………
पुर्नजन्म यदि संभव छ भने,
मेरो दावी भयो अर्को जूनीलाई
प्रीय ! तिमी मेरै भयौ।
कहाँबाट अचानक तपाई अहिले फेरि आउनु भयो र सजिलै मलाई यस्तो भन्ने हिम्मत गर्नुहुन्छ हा ? प्रेम र जीन्दगीका हाम्रा निर्णयहरु विरुद्ध अव हामी केहि गर्न सक्तैनौं। हामीले जुन रंगमा डुबेर प्रेम गरेका थियौं त्यो केवल किन सामान्य मान्छेले गर्ने प्रेम बन्न सकेन? आखिर हाम्रा रुढीबादी परम्परा , कुसंस्कार ,भित्र हुर्किएका समाजको सँकुचित बिचारले जातिय रंगहरु किन यति धेरै मिश्रीत भए ? हामीले अनुभूति भन्दा बढि सास्ति खेप्यौं हाम्रो प्रेमहरु विरुद्ध र अन्त्यमा, तिमिले सजिलै भन्यौ -हाम्रो प्रेमको अपमान खप्न सक्दिन बरु स-सम्मान हामी विछोडिएकै बेश!
यस्तै यस्तै परिस्थिति को सिकार हुँदा सुखद प्रेमको अन्त्य भन्दै घोषणा गर्ने आट कसरी गर्यौ। कत्रो महान संझेर आफैंलाई। त्यत्रो प्रणय-निवेदनको वावजूद पनि तिमिले जान्न चाहेनौ यथार्थ , निस्वार्थ प्रेम के हो ? विस्मात् बस् जीन्दगी भर यहि रह्यो। रहने छ। पुर्नजन्मको अपेक्षा विल्कुल छैन। अर्को जूनी कस्ले भोगेको छ ?
मलाई राम्ररी थाहा छ, तिमिले मेरो बैंशलाई प्रेम गरेका थियौ। तिमिले कहिले मेरो यौवनमा भुल्न चाहेनौ । तिमिले अन्तस्करणबाटै मलाई चाहन्थ्यौ भन्ने कुरामा म विश्वस्त छु अझै पनि। हो, औसत मानिसहरुको जीवन स्तर जस्तै यो प्रवासमा आफ्नो रोजिरोटिको लागि हर क्षण यन्त्रचालित गुडिया झै खटिरहने सामान्य श्रमजिविको दर्जामा आफ्नो श्रम बेच्दै जीवन यापन गरिरहेका हामीहरु जस्ताले गर्न नै के सक्थयौं र त्यो उमेर एवं समयमा झांगिएका प्रेमका मिठा सपनाहरु विरुद्ध। विहानीको सिरेटोसागै बिहानिको झिसमिसे उज्यालोमा पैंदल कम्पनी सम्म जाँदाको अनुभूति अहिले म कारमा सयर गर्दाको सुविधासग कदापि दाँज्न सक्दिन। सडक सडकको सानो चियापसलमा पिएको चिया र नासिलेमाकको स्वादसग साटिएको त्यो विछट्टै अनभूतिहरुलाइ अहिले को रुमानी क्याण्डल नाईटमा रुपान्तरित गरेर असिम आनन्दको बयान गर्न सक्दिन। कति छन् कति प्रसंगहरु।
एक-अर्कालाई यति धेरै प्रेम गर्दागर्दै पनि किन यो मोडमा आज हामी उभिन बाध्य भयौं ? आफैंलाई बढि प्रेम गर्न खोज्यौं कि ? हामीलाई कसैले कर गरेर प्रेम गराएको त थिएन। हामीले दुवैले एक-अर्कालाई मन पराएरै प्रेम गर्यौं। दुवैको सहमतिमा छुट्यौं पनि। सजिलै। भन्न त हामीले एक-अर्काका खुशी र उज्जवल भविष्यका लागि भन्यौं। वास्तवमा, सामाजिक अनकौं अडचन्हरु विरुद्ध लड्ने हिम्मत राखेनौं दुवैले। अन्ततः सत्य प्रेम थियो हाम्रो भन्ने दावी गर्दागर्दै पनि कता, कता चुकेजस्तो अमिलो लाग्छ त्यो प्रेम र विगत दुवै मलाई। वास्तवमा दुवै लाछी र हरुवा हौं हामी प्रेमको नाममा। कहिलेकाहिं पत्यारै नलाग्नेगरि प्रेमको सिमाना हुँदैन भन्ने लोकतान्त्रिक गणतन्त्र भित्र कहिलेचाहिं विभेद पुर्ण जातियता र सामाजिक सिमानामा गएर अल्झिरहने मानसिकताको विरुद्ध लड्न सकेनौं हामी दुवै। किन?
खैर ! त्यो विगतमा अल्झेर के फाईदा अव ? आमुल परिवर्तन आएको छ समयसगै जीन्दगीहरुमा। हाम्रा विगतहरु प्रसंग भन्दा बाहिर भईसके साँच्चै नै ! अनि, चक्लेटी प्रेमका कुरामा पाठकहरुलाई अल्झाईरहनुभन्दा पनि युवा जोशहरुको नौलो क्रान्ति र छलाङको विषयमा केहि लेख्ने बेला हो यो। नयाँ नेपालका लागि, यूवाहरुलाई नयाँ दिशा देखाउन सक्ने लेखहरुको माग हो। पाठकहरुलाई प्रेमका धागोमा अल्झाईरहनु भन्दा पनि एकताको धागोमा कसरी पहाड, तराई र समग्र मुलुलकलाई बाँध्न सकिन्छ भनेर चिन्तामुलुक लेख लेख्ने बेला हो यो लिपु लेक लिम्पियाधुरा सिमाना मिचिएको अनि अध्यादेश लागू पछि फिर्ता , सत्ता रुढ पार्टी पार्टी बिच अन्तर द्वन्द यस्ता बिषयमा भएको अराजक नेपालको नक्साको खिल्ली उडाउने झुन्ड शैली विरुद्ध लेख्ने बेला हो यो। लेख्नै परे कति छन् कति यस्ता प्रसंगहरु।
तैपनि, प्रेम भन्ने शाश्वत सत्य हिजो थियो, आज छ र युगौं रहने छ भन्ने सत्यलाई नर्कान सकिन्न। मुलुकमा विद्यमान तमाम जटिल समस्या एवं दैनिकीहरु हुँदाहुँदै पनि अहिलेचाहिं प्रेम-प्रसंग नै हजुर हरु सामु पस्कने जमर्को गरें।
हार्दिक ईच्छा थियो अस्ति विदामा मलेसियाको निकै चर्चित हिन्दु धार्मिक स्थल बतुकेभ घुम्ने । मात्रै एक दिनको बिदामा प्रशस्त समय हुन सकेन आवश्यक प्राथमिकता वाहेक घुम्नलाई। एउटा साथि मलाई भेट्न आउनु भएकोले त्यो इच्छा पूरा भयो । हामी बातुकेभ गयौं।
त्यहा घुम्ने क्रममा सिढी चढि करिब आधा पार गर्न लाग्दा मेरो नजर एउटि महिलाले डोराउदै गरेकि उस्को छोरी करिब १०,११ बर्षकि हुदो हो । विस्तारै सिढीं उक्लिएर माथि जाँदै थियो । बाँदरहरु यथावत् रहेछन् अझै पनि। त्यो बच्चाले खाँदै गरेको विस्कुटको पुरियातर्फ झम्टेर आयो एउटा अटेरी बाँदर। अनि त्यो नानी चिच्याउँदै मेरेँ पाखुरा च्याप्प समाउन आईपुग्यो।
सबै नोष्टाल्जिक बल्झिए एकैचोटि…………….।
धेरै वर्षअघि, यसरी नै यो स्यम्भुको उकालो सिंढीमा निरुद्येश्य हाम्रा पाईलाहरु अघि ब्ँढेका थिए। उबेला कलेजमा चलेको फैशन, सफा सेतो कुर्ता-सुरुवाल सेटमा ब्लक पि्रण्टेट राजस्तानी रातो चुन्नि उस्को फेवरेट ओढेकी थिइन उनि र म अलिक फराकिलो दुरीमा यसरी नै उकालो हिडिंरहेका थियौं। अहिलेको जस्तो हातेमालो गर्ने जमाना कहाँ थियो र ! डेढ दशकअघिसम्म। उकालो हिंड्दै गर्दा उसले काँचो वाई वाई चाउ चाउ चपाउँदै थिईन ।मैले चेतावनी दिंदै भनेको थिए बाँदरको। उ भनें अटेरी औंला चाट्दै खाँदै थिइन वाई-वाईको मसला पनि। अनायसै कताबाट हो कुन्नी एउटा बाँदर झम्टिन आयो उसको हातमा। उ अत्तालिएर मेरो पाखुरा समाउन पुगेकी थिईन ।
स्मृतिमा कैद भईसके ती समय, जीन्दगीका अनगिन्ती सपनाहरु।
तर, शहर त्यहि हो। बाटो त्यहि छ। सिंढी पनि त्यहि छन्। कयौं प्रेमील मनहरुले यसरी नै उकालो-ओरालेँ गरे होलान् हामी जस्तै यो बाटो र सिंढीहरुमा। संभवतः ती पाईलाहरुको डोब अदृश्य अझै त्यहि छ। केवल समय त्यो रहेन अव हाम्रा लागि। मान्छेहरु, सोध्छन् कहिलेकाहिं- यो बाटो कहाँ जान्छ ? म भन्दो हुँ, बाटो कहिं नजाँदो रहेछ। मान्छेहरु पो ओहोर-दोहोर गर्दा रहेछन्। यि बाटा र सिंढीहरु हिजो पनि यहि थियो, आज पनि यहि रहेछ र भोलि पनि यहिं हुनेछ तर हामी कहाँ, कहाँ पुग्नेछौं तर सत्य के भने, जहिं गएता पनि स्मृतिबाट तस्विरहरु समयको सजिलै नमेटिंदो रहेछ। हेर्नोस् न ! मलाई कस्तो जान्न मन लागेको छ। त्यो नेवार्नी बुढी आमै अझैपनि डालोभरि बदाम लिएर बेच्न सिंढीको पेटी नजिकै बस्छिन् कि ! बस्दिनन् होलीन् ? समयले उनलाई पनि धेरै गलाएको हुनुपर्छ। शनिबार साहित्यः “फोटो हेर्नोस्, कविता लेख्नुहोस्” का तस्विरहरु देख्दा कहिलेकाहि ती बुढी आमैका चाउरी परेका गालामा फैलिएको उन्मुक्त निर्दोष हाँसोका संझनाहरु बल्झाउन प्रशस्त मद्धत पु्र्याउँछ मलाई।
विगतलाई फर्केर संझन्दा, सोच्छु- जीन्दगी कति ब्यंग्य रहेछ आफैंमा। कुनैसमय,उनी सग हिडेको थिएँ यो बाटो। अहिले उसकै भाईसग हिंडदैछु।
जीवनका कुईंनेटोंमा धेरै मोडहरु आए तर उस्को भाइ र मेरो मित्रता भने सधैं उस्तै रह्यो। आखिर, मेरो बालसखी जो ठहरियो । रमेशले भनेको थियो,भावना दिज्यु अहिले मेजर भएकि छिन्। त्यो बन्द च्याप्टरलाई मैले खोतल्न चाहिन। किनभने, जीवनमा ठूलो खुशी पाएका छौं भन्ने भ्रममा मान्छेहरु हामी कहिं, कतै न कतैं दुःखी छौं नै। बोझिलो विगतलाई संझेर मैले अरु सोध्न चाहिन। जीवनको सबैभन्दा ठूलो सत्य ! यो वर्तमानलाई विर्सेर पलभर उनको संझनामा रुमलिनु अव निरर्थक हो भन्ने ठान्दछु म। छाति कता, कता गरुंगो हुँदाहुँदै पनि यो धरातलबाट म फर्किन पनि त सक्दिन। गोधुली साँझमा मानौं, कुनै बेनाम गाउँमा एक बथान गाई-गोरुहरु धुलो उडाउँदै घर र्फकन्दैछन्…….त्यहि धुले स्मृतिहरुमा डुब्दै गरेको क्षितिजको लालिमा नियाल्दै धेरै वर्षपश्चात् एकपटक धित् मरुञ्जेल स्वयंम्भुबाट मैले काठमाण्डौंलाई नियालें। रमेशले खै ! केहि पत्तो पाई कि पाईन कुन्नि !
मन्द-मन्द बतास चलिरहेको थियो। रातो, पहेंलेँ, निलो रंगिचंगि ध्वजाहरु र्फरफराईरहेको त्यो दृश्य अस्ति भर्खरै कर्ण शाक्य दाइले आफ्नो नयाँ पुस्तक “खोज” को कभरपेजमा बढो कलात्मक ढंगले आफ्नो फोटा राख्नुभएको रहेछ। भावनालाई संझिएर एकसरो झस्किन आफैंमा पर्याप्त भयो त्यो कभरपेज मलाई।
शहरको कोलाहलबाट टाढा स्वयंभूको यो थुम्कोमा उभिएर धेरैवर्ष अघि यसरी नै हामी दुवैले राजधानीलाई नियालेका थियौं। अनि, उसले भनेकि थिइन – हेर्नु ! काठमाण्डौंमा कति धेरै घरहरु छन् हगि ! हेर्नु त हेर्नु ! तर त्यत्रो घरहरुको भिडमा हाम्रो आफ्नो चाहिं घर छैन। कति मार्मिक प्रश्न थियो। राजधानीमा सपना बोकेर आउने औसत मान्छेहरुको चाहना। उच्च शिक्षा आर्जन वाहेक एउटा ब्यवस्थित जीन्दगीको चाहना हुनु कुनै अनौंठो विषय त होईन। हावामा र्फरफराईरहेका रंगिन ती ध्वजाजस्तै रंगिन हाम्रा सपनाहरु हुँदाहुँदैपनि हामी किन चुडियौं सजिलै यसरी ?
एकदिन, हाम्रा बाटाहरु छुट्टए। लाग्छ, उमेर र समयभन्दा अलिक बढी नै परिपक्वता देखाइन उन्ले या, आफूभित्रको आत्मविश्वासको कमि के भनौं यसलाई ? निरुत्तर छु आजपर्यंत। आर्थिक सम्पन्नता नहोला भविष्यमा र जीवनका खुशीहरु दिन नसकुलाँ भन्ने तिम्रो कुण्ठासग पराजित मसग आज तमाम खुशीहरु छन्। हाल यद्धपि म प्रवासमा बस्छु तर तिमिले स्वंम्भूको डाँडाबाट कुनैसमय औल्याएको राजधानीको यो भिडमा, मेरो अझै पनि आलिशान बंगला, कार, बैंक ब्यालेन्स नभए पनि । त्यो भन्दा पर्तिर ठोस सत्य, अंगालोभरिको मेरि श्रीमति छ । काखभरिको प्यारो भकुल्ले छोरो छ। फुल जस्ती छोरी छिन । यतिविघ्न सम्पुणर्ता हुँदाहुँदै पनि, आरुका फूलहरुसग दाँजेका मेरो पहिलो प्रेमका नितान्त निजि अनूभूतिहरुलाई सम्पुर्ण वैभवताभित्र सजिलै किन भुल्न सक्दिन म ?
त्यसो त, जुनदिन देखि हाम्रा बाटाहरु छुट्टिय हाम्रो सपनाहरुको ईतिश्री पनि त्यहि दिन भईसक्यो। सग्लोरुपमा अव हामी दुवै रहेनौं। हामी बाँडिसक्यौ उहिल्यै अरु कसैको भएर। अव त कुनै पनि मनोकाङ्क्षा नहुुनु पर्ने होईन र ? तैपनि, अपर्याप्त छन् अनेकौं सवालका जवाफहरु
अनगिन्ती अधुरो सपनाहरु अझैपनि।
किन, मान्छेहरु अरुको हार्दिकता बुझ्ने चेष्टा गर्दैनन् ? तिमिले पनि कहिले मेरो हार्दिकतालाई बुझ्ने चेष्टा गरिनौ। तिमिले केवल मलाई प्रेममात्रै गर्यौ। लाग्छ, प्रेमभन्दा पनि जूझारु प्रेमको कत्रो महत्व हुँदोरहेछ। तिमि त जुझारु होईन, केवल महान बन्न खोज्यौ। आज आएर बुझ्दैछु, महान होईन तिमी त वास्तवमा, काँतर बनेकी रहेछौं ऐनपरिस्थितिमा मलाई एक्लै छोडेर। जीवनको यो मोडमा घरि, घरि मेरो विगत बल्झाउन बाध्य बनाउने त्यो ब्यक्तिलाई म कदापि महान भन्न सक्तिन। तिमिले कहिले महसुस गरेको छौ ? अनायसै यसरी बल्झिनुले पनि कति पींडा दिंदोरहेछ मान्छेलाई। शुसुप्त विचलन मनभित्र। सायद हामी दुवैले कहिले आफूभित्र मार्न सकेनौं कि ! हाम्रो प्रेमविरुद्ध आफैंलाई ? अनि, आज आएर अनायासै भन्छौ – यो जूनीमा त्यस्तै भयो…………………।
पृय पाठकहरु ! अदृश्य पींडा बोकेरै पनि धिक्कार्न सकिंदैन रहेछ विगतलाई। प्रेम गर्नेहरुका लागि विशेषतः विभेदपुर्ण कुरिती कुसंस्कार अन्धबिस्वास सँकुचित बिचार भित्र मौलाएको अराजक सोच बिचार , अन्धो कानुनले बिभाजित जातिय सिमाना फराकिलो होस् भन्ने कामना राख्छु बस् यति नै अहिलेलाई।
समाप्त।।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]