९ श्रावण २०७७–काठमाडौं । श्रीमती गिता ढकालको ज्यान लिएको अभियोगमा सर्बस्व सहित जन्दकैद भुक्तान गर्दै आएका पूर्वडीआईजी रञ्जन कोइराला ८ बर्ष पछी नै रिहा भएपछी सर्बोच्चको सर्बत्र आलोचना भएको छ ।
वि.सं. २०६८ सालमा कोइराला श्रीमती ढकालको ज्यान लिएका उनी सर्वस्वसहित जन्म कैदको सजाय भोग्दै आएका थिए । तर अचानक सर्वोच्च अदालतको रिहा गर्ने फैसला आएपछि अहिले सामाजिक सञ्जालदेखि लिएर हरेक क्षेत्रमा सर्वोच्च अदालतको आलोचना हुन थालेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको खबर प्राप्त भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी समेत रहेका कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार रिहा भएका हुन् ।
नेपालको कानुनमा सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने व्यवस्था रहेको छ । फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन पाइन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]