११ श्रावण २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउपालिकाकी एक महिलाको अधिक रक्तश्राव भएकी सुत्केरीलाई हेलीकोप्टरमार्फत उद्धार गरेर काठ्माण्डौं लगिएको खबर प्राप्त भएको छ ।
दिप्रुङ चुइचुम्मा –५ स्थीत स छितापोखरीकी रेनुका वन गिरीले बर्थिङ सेन्टरमा जुम्ल्याहा बच्चालाई जन्म दिए पनि रक्तश्राव नरोकिएपछि महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट उद्दार गरी काठ्माण्डौं पठाइएको पालिका अध्यक्ष भूपेन्द्र राईले बताएकाछन् ।
बच्चा जन्माएपछि अधिक रक्तश्राव भएकाले गाउँपालिकाको पहलमा हेलीकोप्टर झिकार्ई पिडितलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको हो । हाल बच्चाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]