११ श्रावण २०७७–खोटाङ्ग । जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिका भित्रका बिभिन्न वडाहरुमा गरी ६५ घर परिवारलाई राङज्यूङ येशे शेनफेन बुद्दिष्ट सामाजिक संस्थाले राहत स्वरुप खाद्यान्न उपलव्ध गराएको जानकारी प्राप्त भएको छ ।
सेतो गुम्बा बौद्ध काठमाण्डौं अन्तरगतको सामाजिक संस्था राङज्यूङ येशे शेनफेनले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका ४३ घर परिवार र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका २२ घर परिवार गरी जम्मा ६५ घरपरिवारलाई ३० केजीका दरले चामल प्रदान गरेको जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको समन्वयमा राङज्यूङ येशे शेनफेनले विपन्न परिवारका लागि खाद्यान्न सहयोग गरेको च्यास्मीटारमा एकल महिला, एकल पुरुष, विपन्न दलित परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गरिएको उपमेयर राईको भनाई रहेको छ ।
यसअघि पनि उक्त संस्थाले महेन्द्रोदय माविका कक्षा १ देखी कक्षा ६ सम्म अध्ययनरत विधार्थीलाई २०७५ सालदेखी बेला–बेलामा निःशुल्क स्टेशनरी र नियमित टिफिन (खाजा) खुवाउदै आएकोले लकडाउनका बेला महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका ८८ परिवारलाई चामल, दाल, नुन, तेल र मस्यौरा प्रदान गरेको उपमेयर राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]