११ श्रावण २०७७–कञ्चनपुर । पछिल्लो समय प्रमुख प्रशासकिय अधिकृत बाट एबं स्थानिय र प्रतिपक्षबाट जनप्रतिनिधि कुट्टिने घटनाहरुले आमसञ्चारको प्रमुख समचार बनिरहंदा जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट भएको खबर प्राप्त भएको छ ।
नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा वडा कार्यालयमा केही उछृङखल व्यक्तिले अनाधिकृत रुपमा प्रवेश गरी वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाध्यक्ष माथि कुटपिट गरेको नगर कार्यपालिकाको प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ ।
गत शनिवार राती सुरज चौधरी लगायतलाई ठगुन्नाको समुहले मदिरा सेवन गरी कुटपिट गरेको थाहा पाएपछी वडा अध्यक्ष महराले सम्झाएपछि त्यहाँबाट गए पनि राती वडाध्यक्षलाई ठिक पार्नुपर्छ भनेर हिँडेको सुरज चौधरीको भनाई रहेको छ ।
मदिरा पिएर होहल्ला गर्ने समुहले आतंक मच्चाउन थालेपछि प्रहरीलाई खबर गर्दापनि प्रहरी घटनास्थलमा नआएको र वडाध्यक्षमाथि वडा कार्यालयमै आक्रमण भएपछि मात्रै प्रहरी पुगेको स्थानियको भनाइ रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]