१२ श्रावण २०७७–काठमाण्डौ । राई इज किङ्गको नामले प्रख्यात राजेश पायल राईको “मुलको पानी” म्युजिक भिडियो सहित सार्बजनिक भएको छ ।
राजधानी बाट बिकट पुर्बको कालिकोट भनेर चिनिने खोटाङ्ग जिल्लाको तत्कालिन बुइपा गाबिस वडा नं.२ लेक्पा,हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ बुइपाको राजनितिक परिवारमा जन्मिएका राई सानै उमेरदेखी संगित साधनामा लागेर नेपाली गीत संगीतको बजारमा एउटा चर्चाको शिखरमा पुगेका एक युग पुरुषको रुपमा नाम कहलिएका गाएक हुन् ।
बुइपाको ढुंगे माटोले जन्माएको एक शिद्दहस्त स्वरका धनी गाएक राईका थुप्रै भाषाभाषी र बिभिन्न लयमा गाउन सक्नु आम श्रोता दर्शक र शुभ चिन्तकको लागि मन मुटुमा बस्न सफलता प्राप्त गर्नु हो ।
हालै बजारमा सार्बजनिक भएको मुलको पानी खोटाङ्गे सर्जकहरुकै संगित,शब्द एबं निर्माणमा तयार भएको एल्बम हो । उक्त म्युजिक भिडियोमा समेत गाएक राई आफैले अभिनय गरेकाछन् ।
जिल्लाकै तत्कालिन नुनथला गाबिस,हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १३ मा जन्मिएका शिबसंगम राईको संगित एबं वडा नं. १२ का डाइमण्ड राईकाेे रचना साथै वडा नं १५ बिजयखर्कमा जन्मिएका बहुलक्षण प्रतिभा लोक गाएक धर्मराज पोखरेलको निर्माणमा तयार भएको मुलको पानी बजारमा सार्बजनिक भएको जानकारी दिएकाछन् । भिडियो सहित हेर्न यहाँ क्लीक गर्नुहोस ।
https://www.youtube.com/watch?v=YRCGZyIkcks
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]