१४ श्रावण २०७७-काठमाण्डौ । शहरी बिकास मन्त्रालयले नगर विकास कोषको कार्यकारी निर्देशकमा इन्जिनियर कृष्ण प्रसाद सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रालय अन्तर्गतको पदाधिकारी छनोट समितिले व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा इन्जिनियर सापकोटालाई कार्यकारी निर्देशकको पदका लागि असार २६ गते सिफारिस गरेको थियो ।
कोषको कार्यकारी निर्देशक पदको लागि खुला प्रतियोगिता मार्फत बिभिन्न क्षेत्रका १२ जना ले प्रतिस्पर्धा गरेका थिए । कोषको निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यायलबाट अर्थशास्त्र, व्यवस्थापन, चार्टर एकाउन्टेन्सी वा इन्जिनियरिङ विषयहरुमध्य कुनै एक विषयमा स्नाकोत्तर उपाधि हासिल गरि सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने आवश्यक योग्यता तोकिएको थियो ।
स्काफका उपाध्यक्ष समेत रहेका इन्जिनियर सापकोटा नेकपा निकट इन्जिनियरिङ संगठन पिनका सचिवालय सदस्यसमेत रहनुुुभएकाे छ ।
इन्जिनियर सापकोटा ले सिभिल इन्जिनियरिङ मा स्नातक तथा प्रकृतिको स्रोत व्यावस्थापन बिषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएकाे छ । सितारा कन्सल्ट प्रा लि का संस्थापक समेत रहेका सापकोटाको पुर्वधार बिकास तथा इन्जिनियरिङ परामर्श क्षेत्रमा १६ बर्ष भन्दा लामो अनुभ रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]