१५ श्रावण २०७७–खोटाङ्ग । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा का एक युवा समाजशास्त्र र मानवशास्त्र गरी डबल डिग्री गरी करिब १५ वर्षे शिक्षण पेशालाई छाडेर टि–टुरिजम (चिया पर्यटन) अभियानमा जुटेका छन् ।
साबिक बुइपा गाबिसको वडा नं. ६ मैचुङ्गगाँउमा जन्मिएका रमेशचन्द्र राईले गैर सरकारी संस्था सञ्चालन देखी शिक्षण पेशा समेत गरे , तर आन्तरिक तथा बाह्य आप्रवासनले गाउँको जग्गा जमिन बाझिँने खाली जग्गा र नांगो पाखामा चिया खेती विस्तार गर्न सक्दा आर्थिक उपार्जन र आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सकिने भन्दै हाल टि–टुरिजम अभियानमा जुटेको जनाएकाछन् ।
चिया खेतीका विषयमा अध्ययन गर्न २०५७/२०५८ सालदेखि नै ईलाम पुग्न थालेका राईले उदयपुरमा टाइम–स्पेस नेपाल नामक गैर सरकारी संस्था सञ्चालनको क्रममा चिया खेतीका विषयमा पुनःअध्ययन गर्ने हिषाबले साइकल यात्रामा २०६३ सालमा टिम संगै इलाम पुगी काजीमान कागते (हाल प्रदेशसभा सांसद)लाई भेटेपछि चिया खेतीबारे जान्न र बुझ्न सहज भएको बताएकाछन् ।
बुईपाको मैचुङ र स्वास्थ्यचौकी बुईपाभन्दा माथिका खाली जमिनमा चिया बगान बनाउने र कन्यामलाई झैं पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ चिया खेती विस्तारको योजना अघि बढाएको राईले बताए । चिया खेतीको सम्भाव्यतालाई ध्यानमा राखेर राईले ईलामबाट बेर्ना ल्याएर २०७६ साल भदौ–असोजदेखि चियाको नर्सरी लगाएका छन् । नर्सरीमा एक लाखभन्दा बढि चियाको बोट रोप्नका लागि तयार हुँदैछ भने यसबर्ष पनि एक लाख बेर्ना लगाउने तयारी गरिएको राईको भनाई रहेको छ ।
उनले एक हजार रोपनी जग्गामा चिया खेती लगाउने तयारी गरेको छु , आफ्नो जग्गाले नपुगे अपुग जग्गा जुटाएर चिया खेती लगाउने तयारी गरिरहेको छु । गाईवस्तु चरणका रुपमा प्रयोग हुँदै आएको नांगो पाखालाई चिया बगान बनाएर राम्रो आयआर्जनको माध्यम बनाउने योजनाका साथ काम थालिएको राईको भनाई रहेको छ ।
हाल सम्म ११ लाख भन्दा बढी ब्यक्तीगत लगानीमा योजना अगाडी बढाएको राज्यको कुनै श्रोतको उपयोग नगरेका राईको लामो अध्ययन र अनुसन्धानको सह्राणिय कार्यको लागि आम युवाले अनुसरण गर्न सक्ने एउटा गतिलो उदाहरण भएको वडा नं. १४ बुइपाका वडाध्यक्ष दिनेश राईको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]