• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

बर्दिया र दाङमा पहिरोको कहर सुतेकै ठाउँमा पुरिए आमाछोरी

१५ श्रावण २०७७, बिहीबार ०७:२९ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ५२६ पटक पढिएको
  • १५ श्रावण २०७७–काठमाण्डौ । दुई वर्षीया छोरी आयुष्मासँगै राति निदाएकी बंगलाचुली गाउँपालिका–५ साकिनेकी २४ वर्षीया बाटुली नेपाली बुधबार बिहान उठ्न पाइनन् । माथिबाट खसेको ढिस्कोले घर मात्रै पुरेन, उनको आफ्नै जग्गामा घर बनाउने सपना पनि पुरिदियो ।

    उनको आफ्नो भन्ने केही थिएन । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका श्रीमान्को गत वर्ष निधन भयो । वृद्ध सासूससुराको स्याहार र पालनपोषण गर्ने जिम्मेवारी उनको काँधमा थियो । छिमेकीको अलिकति जग्गा मागेर घर बनाएका थिए । मजदुरी गरेर परिवार पाल्ने र कुनै दिन सकेमा आफ्नै जग्गामा घर बनाएर बस्ने सपना देख्थिन् उनी ।

    अर्को कोठामा सुतेका ७० वर्षीय ससुरा देवुराम नेपाली, सासू र अंकलले बिहान उठ्दा बुहारी र नातिनी पहिरोमा पुरिएको थाहा पाए । निकै समयपछि पहिरो फालेर हेर्दा आमाछोरीजस्तो सुतेका थिए, त्यस्तै मृत अवस्थामा भेटिए ।

    ‘छोरीलाई काखमा राखेर सुतेकी थिई । त्यस्तै पुरिएकी रैछ,’ ससुरा देवुरामले भने, ‘कुनै दिन त आफ्नै जग्गामा घर बन्ला नि भन्थी । अब त्यो सपना पनि बुहारीसँगै म¥यो । अब हामी बूढाबूढी कसरी बाँच्ने होला ।’

    बाटुलीकी ५ वर्षीया ठूली छोरी मामाघर गएकाले बाँचेकी छन् । वृद्धवृद्धाले अब त्यही नातिनीको मुख हेरेर चित्त बुझाउने अवस्थामा छन् । उनीहरूको आर्थिक अवस्था निकै नाजुक रहेकाले पटक–पटक वडा कार्यालयबाट राहत दिएर भोको हुनबाट बचाएको वडाध्यक्ष एनुराज खत्रीले बताए । ‘उनीहरूको स्थिति साह्रै कमजोर थियो । आफ्नो सम्पत्ति केही थिएन,’ उनले भने, ‘अहिले झन् ठूलो बज्रपात आइप¥यो । अहिले बचेका वृद्धवृद्धा र नातिनी छिमेकीको गोठमा बसेका छन् ।’

    बंगलाचुली–५ मा पहिरोको निकै जोखिम रहेको खत्रीले बताए । ‘अर्को ठाउँमा पनि पहिरो गएर दुई घर भत्केका छन् । उनीहरू पनि छिमेकीको घरमा बसेका छन्,’ उनले भने, ‘जोखिमपूर्ण अवस्थामा रहेकालाई सुरक्षित ठाउँमा बस्न भनेका छौं ।’ फणाधर घर्ती र बुद्धिराम थापा मगरको घर पनि पहिरोले भत्केपछि छिमेकीको गोठमा बसेका छन् । राधिका सुनारको घर पनि चर्केपछि परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको छ ।

    लमही–घोराही–तुलसीपुर सडक खण्डको खोलाले एम्बुलेन्स बगाएको छ । खोलामा आएको बाढीले बुधबार बिहान एम्बुलेन्स बगाएपछि प्रहरी र स्थानीयको सहयोगमा चालकसहित ११ जनाको उद्धार गरिएको छ । कपिलवस्तुबाट तुलसीपुरतर्फ जाँदै गरेको रा१च ८११ नम्बरको एम्बुलेन्स घोराही–४ स्थित सिस्ने खोलाले बगाएर १५ मिटर तल पु¥याएको थियो । प्रहरीले डोजरको सहायताले एम्बुलेन्स र त्यसमा सवार चालकसहित ६ जनालाई सकुशल उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीले बताए ।

    यसैगरी, नारायणपुरबाट तुलसीपुर जाँदै गरेको रा१च ८९२ नम्बरको एम्बुलेन्स घोराही–११ स्थित हापुर खोलाले बगाएको छ । खोलाले २० मिटर तल पु¥याएको एम्बुलेन्स क्रेनको सहायताले निकालिएको छ । चालकसहित ५ जनाको सकुशल उद्धार गरिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले बताए । लमही–घोराही–तुलसीपुर सडक खण्डका सिस्ने, सेवार, हापुर र पत्रखोलामा बाढी आउँदा यातायात आवागमनमा जोखिम बढेको छ ।

    बर्दियामा सयौं घर डुबानमा
    गेरुवा नदी र बुढीखोलामा आएको बाढीले मंगलबार राति बर्दियाका सयौं घर डुबानमा परेका छन् । सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । राजापुर नगरपालिकाका चनौरा, शान्तिपुर, शंकरपुर, भिम्मापुर र दुर्गानगरका गरी करिब ४ सय घर डुबानमा परेका हुन् । गेरुवा नदीको सनकट्टी घाट र बूढीखोलामा आएको बाढीले ५ गाउँका बासिन्दा प्रभावित छन् । पूर्ण रूपमा घर क्षति भएकाहरूको विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ ।

    राजापुरका नगर प्रमुख शिवप्रसाद चौधरीले गेरुवा नदीको सतिघाटमा तटबन्ध नभएका कारण बाढी गाउँमा पस्ने गरेको बताए । उनले भने, ‘डुबानमा परेकालाई सुरक्षित स्थानमा राख्न समस्या भएको छ ।’

    त्यस्तै, ठाकुरबाबा नगरपालिकाका बठनपुरवा, करमला, गोर्बैला र खोकरपुर गाउँ पनि डुबानमा परेका छन् । बाढीले विस्थापित ठाकुरबाबा–७, बठनपुरवा र करमलाका ६० स्थानीयलाई जगदम्बा उच्च माविमा राखिएको छ । वडाध्यक्ष पदम खड्काका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज भएर बगेका खहरे खोलामा आएको बाढीले डुबान गराएको हो ।
    कर्णाली नदीमा आएको बाढीको सतह खतराको संकेतभन्दा कम भइसकेको छ । बबई नदी सामान्य अवस्थामा छ ।

    वर्षा सुरु भएदेखि ठाकुरबाबा नगरपालिकाको मानपुर, मिर्चैया, गोदना, नेउलापुर, जुरपानी, खैलार, बरगदा, गोविन्दपुर, शिवपुर, भुरीगाउँ, रानीपुर, खोदउ, बबई नदी, ओरै, अम्बासालगायत गाउँ वर्षायाममा डुबानमा पर्दै आएका छन् । बबई, अम्बसा र ओरही खोलामा आएको बाढीले हरेक वर्ष गाउँ डुबानमा पर्दै आएका हुन् ।

    जिल्ला विपद् व्यस्थापन समिति बर्दियाले यस वर्षामा बाढीले २० हजार घरधुरीका १ लाख सर्वसाधारण प्रभावित हुन सक्ने भन्दै पूर्वतयारी गरेको जनाएको छ । कान्तिपुर दैनिकमा दुर्गालाल केसी र ठाकुरसिंह थारूले खबर लेखेका छन् । –छापाबाट

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑