१६ श्रावण २०७७–काठमाडौँ । कोरोना भाइरस कोभिड–१९ को जोखिम न्युनिकरणका लागि आज देखी कार्यान्वयन हुने गरी भन्दै गृह मन्त्रालयले अत्याबस्यक र ढुवानीका सवारी बाहेकलाई उपत्यका प्रबेशमा कडाई गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गराएको प्रस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
लकडाउन हटाएपछी आवागमन खुकुलो हुदै गएकाले कोरोना भाईरसको जोखिम बढ्न थालेको भन्दै अत्याबस्यक र ढुवानीका सवारी बाहेकलाई उपत्यका प्रबेशमा रातिको समयमा रोक लगाएको जनाएको छ । बाहिर बाट प्रबेश गर्ने सवारीलाई दिउँसोको समयमा समेत आजदेखि उपत्यका प्रवेशमा कडाइ गरेको मन्त्रालयले जनाएको छ ।
साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यक र ढुवानीका सवारीबाहेक आवागमन पूर्ण रोक लगाउन प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको मन्त्रालयको बिज्ञप्तीमा उल्लेख रहेको छ ।
काठमाडौँ उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्नसमेत निर्देशन जारी गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]