• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Wed, 04, Oct, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

“पृय टेम्केलाई पत्र” 

१७ श्रावण २०७७, शनिबार ०८:३१ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १८ मिनेट
देश पोस्ट
  • ८०८ पटक पढिएको
  • -विप्लवी तेन्जु योन्जन 
    प्रिय टेम्के  !
    आज अचानक तिम्रो याद आयो । मैले तिमीलाई छोडेर हिडेको पनि  १५ औं बर्ष भैसकेछ । हिजो दिनभरि यताको आकाशमा बादल थियो । सायद तिमी पनि बादलुको घुम्टोले ढाकिएर विवाह मण्डपकी दुलही जस्तै भएकी हौली । म त्यहाँ छँदा तिमी रोइरहन्थ्यौ जस्तो लाग्थ्यो । अलिकति बादल पनि तिमीलाई मन पर्दैनथ्यो । यहाँ तिमी जस्तै ग्यान्टिङ्ग हाईल्यान्ड छिन् तर तिमीभन्दा धेरै सानी छिन्, तिमी जस्ती जवान पनि छैनन् । तिमी जस्ती रसिली पनि छैनन् ।
    यो पराई शहरको एउटा छेउमा रहेकी छे काफल लालीगुराँस ऐसेलुका गहना त छदै छैन ग्यान्टिङ्ग हआईल्याड सँग जहाँ  तिमीले लगाएका जस्ता ताजा उज्याला र रसिला छैनन् । जेनतेन बाँचेकी छन् यिनी , आज बिहानको झुल्के घाममा यिनैलाई देख्दा तिम्रो संझना आयो । सायद तिमीले मलाई चिन्दिनौ होला । चिन्नु पनि कसरी ? म त लामो समय तिम्रो पाउमा टेकेको छैन  ।
    जन्म बालापन त्यही रमाए  तिम्रो समिपमा हरेक दिन बास बसेको छु  । एक दिन हैन २१औं वसन्त बिताएको छु । म तिम्रै सामुन्नेको ठिक पुर्बमा उभिएको त्यो बास्थाला अनि तिम्रो सिरमा रहेको सेल्मेको फेदमा निर्मित एउटा खण्डहर बस्ती नै मेरि पृय बास्थलामा रमाउदै  म त्यहि हुर्केको हो त्यही बसेँको हो २१ बर्ष सम्म । म हरेक दिन उठ्ने बित्तिकै तिमीलाई नै हेर्थेँ । पहिलो दर्शन तिम्रै हुन्थ्यो ।किनभने तिम्रो ठिक पूर्वमा मेरो सामुन्ने नै थियो । तिम्रै   कानको छेउबाट हरेक दिन सूर्य दर्शन गर्थेँ मैले ।
    पौराणिक कालमा ऋश्यशृङ्ग माहादेब नामका शृषिले तपस्या गरेका थिए रे तिम्रै काखमा बसेर । तिम्रो  पवित्र काखमा अवस्थित सोल्मा खिदिमा, सौरे, ढाढे अनि  मात्तिम
    सेल्मेको काखमा रहेको बोरा, मखमाले , धिप्लुङ्ग किवा बास्थला  आफैमा अति नै भाग्यमानिरहेछ । तिम्रो काखमा रहन बस्न पाउनु भाग्य कै त कुरा हो नि हैन र ? म पनि त करिव २२ बर्ष त्यही काखमा लडिबुडि गरेको हो  नि !
    प्रिय टेम्के  ! जब म हरेक बिहान बिछ्यौनाबाट उठ्थेँ, झ्यालको पल्ला उघारेर हेर्थे तिम्रै दर्शन गर्थेँ । तिमी रोएकी छ्यौ कि हाँसेकी छ्यौ कि वा निदाइरहेकी छ्यौ त्यो सबै म झ्यालबाट चिहाएरै थाहा पाउथेँ । मलाई लाग्थ्यो जब म तिमीलाई चिहाउथेँ तिमीले मलाई इसारा गरेर बोलाउथ्यौ । आफूसँग आउन निमन्त्रणा गर्थ्यौ, अनूनय बिनय गर्थ्यौ । तिमीले मलाई धेरै बोलायौ  टेम्के ! अहिले मलाई पछुतो लागेको छ । म तिमीलाई भेट्न बर्षमा  एक पटक मात्र जान्थे । हाम्रो राम्ररी चिनजान थियो । तिमीलाई मैले पटक पटक नजिकबाट देखेको छु । शिर भरी लालीगुराँ सुनाखरी सुनगाभाले     सजिएकिरहिछौ तिमी । तिम्रो बक्षस्थल पनि अति नै सुन्दर लाग्थ्यो मलाई । फलाट, दाबिले  उतिस र सल्लो त देखेको थिएँ अरु के के लगाएकी थियौ मलाई हेक्का भएन ।
    मेरो अल्छीपनाले मलाई तिम्रो माया बटुल्न दिएन । तिमीले मलाई दिन खोजेको माया मैले लिनै सकिन । मेरा साथीहरु दिन दिनै तिम्रो काखमा लडिबुडी गरेर फर्कन्थे । कहिले वरिपरि हरिया रुखहरूले घेरिएको चौरमा हा हा हो हो गरेर फर्कन्थे त कहिले तिम्रै गोड्जुरामा पुगेर बिसाई मार्थे । तर म अभागी तिम्रो सौन्दर्यको स्वाद चाख्‍न बर्षमा एक पटक मात्र पुग्थे  कि त मङ्सिर महिनामा कि त चैत्र महिनामा । हरेक दिन केवल तिम्रो सुन्दर मुहार हेरेर मात्र बसिरहेँ । अहिले मलाई पश्चाताप भैरहेछ ।
    प्रिय टेम्के ! तिम्रो सौन्दर्यको वयान गरेर साध्यै छैन । यो बिदेशी भुमिमा बाध्यता भित्र रहेर आफ्नो भबिष्य खोज्ने क्रममा तिमी जस्तै ग्यान्टिङ्ग हाईल्याड पाए । तर तिमि भन्दा बिलकुल फरक छ । ग्यान्टिङ्ग बिकसित छ । यस्ले लाखौं लाख पर्यटन भित्र्याएर देशको अर्थतन्त्रलाई टेवा पुराएको छ । यहाँ कृतिम सजावटले सजाएको छ । तर तिमी आफैमा सजियकी छौ । भरिभराउ सुन्दार छौ र पनि नेपाल सरकार , प्रदेश सरकार, तथा स्थानीय सरकार तथा सम्बधित निकायको ध्यान नपुग्दा आझै ओझेलमा छौ । यहि दुख लाग्छ। देशमा कयौं पटक शासन सत्ता परिवर्तन भयो । तिम्रो लागि हजारौं पटक सडक सदनमा पर्यटन क्षेत्र घोषणा गर्ने पटक पटकको  जमर्को  पछि पर्यटन क्षेत्र घोषना त भयौ । तर कागजी रुपमा मात्र घोषित हुनु दुर्भाग्य सरह भएको छ। तिम्रो छतिमा पाइने बहुमुल्य जडिबुटी प्रबर्द्धन नहुदा बिना सिति खेर जानू सिबाय अर्को बिकल्प छैन ।
    यहाँको ग्यान्टिङ्ग्मा कृतिम सजावट र रोपिएको गोदावारी , मखमाली , साइपत्री फुलले करोडौ कमाई लाखौ युवा युवतिलाई रोजगारिको अबसर दिएको देख्दा मेरो हृदय बिदारक हुन्छ । अनि तिम्रो याद आउँछ ।  तिमी सारै हिस्सी परेकी थियौ । हरेक बिहानीमा सोह्र सृङ्गार गरेर अँध्यारो गुफाबाट बाहिर निस्कन्थ्यौ । तिम्रा गहना र पोसाक पनि यति रंगी बिरंगी थिए कि, हरेक महिना जसो तिम्रो स्वरुप र सौन्दर्य फेरिन्थ्यो । कहिले तिमी रातै हुन्थ्यौ, कहिले पहेलै हुन्थ्यौ । कहिले छिर्केमिर्के हुन्थ्यौ । तिमीलाई मैले अरु जस्ती उजाड कहिल्यै पनि देखिन । सधै एकनासकी रसिली र भरिली थियौ तिमी । तिम्रै लागि कुनै कृतिम सजावट चाहिन्दैन । केवल अबसर र बिकास प्रबर्द्धन गरेर तिमी सम्म पुग्न सक्ने सडक बिस्तार गरेर तिमी भित्र भएका सुन्दर्यलाई परिचीत गराए मात्र  लाखौं बिदेशिन बाध्य युवालाई रोजगारको अवसर दिने थियौ ।
    तर अपसोच त्यो हुन नसक्नु हाम्रो मुलुक भित्रका साथै त्यस क्षेत्रका नेता जनप्रतिनिधि ठुला ठालु भनाउदाहरुले विशेष ध्यान नदिदा पछाडी परिरहेका छौं । तिमिले  वरिपरि झुम्मिएर कोइली परेवा जुरेलि बट्टाई लामपुछ्रे कौवाहरू रमाई रमाई चार  वटै ऋतुका गीतहरू गाइरहेका हुन्थे । त्यो सुन्दा मनमा अत्यन्त आनन्द लाग्थ्यो मलाई । तिम्रो प्राकृतिक सुन्दरता र सुरम्यतामा डुबिरहन पाउने यहाँका मानिसहरू कति भाग्यवान ! उनीहरू देखि मलाई ईर्श्या लागिरहेछ ।
    तिम्रो शिरोभागमा मन्दिर नजिकै नवनिर्मित भ्यूटावरमा चढेर मैले सम्पूण गुल्मीको अवलोकन गरेको थिएँ । गुल्मी मात्र हैन प्रिय ! त्यहाँबाट त वरिपरिका जिल्लाहरू अर्घाखाँची, प्युठान,बागलुङ्,पर्वत,स्याङ्जा,पाल्पा सबै देखिन्थे । भन्नेहरू भन्थे यस टावरबाट भारतको गोरखपुर पनि देखिन्छ रे । तर प्रिय ! वायुमण्डलीय प्रदुषणको कारण मैले गोरखपुर देख्‍न पाइन ।
    प्यारी टेम्के  ! तिमीले मलाई नचिने पनि म तिमीलाई धेरै माया गर्छु । तिमी सधै हराभरा रहिरहनु । जनयुद्धकालमा जस्तै बन्दुक बोक्नेहरू लुक्ने ठाउँ नबनोस तिम्रो काख । क्रुर्र अपराधीहरूले एक पटक तिमीलाई बेस्सरी डढाएछन् हगी ! त्यो डढेलोले जलेको तिम्रा घाउका टाटाहरू देख्दा मेरो मन छियाछिया भएको थियो । तिमीलाई कुरुप बनाउने ती अपराधीहरूको कहिल्यै कल्याण नहोस् ।
    त्यहाँ बस्ने सबैले तिमीलाई माया गरुन् । तिमी अवला छ्यौ, तिम्रो संरक्षण गर्नु आवश्यक छ । सबैले तिम्रो संरक्षण गरुन् । कुनै कालखण्डमा फेरि  तिमीलाई भेट्न आउँला नत्र त्यहाँ भएका साथीहरूसँग तिम्रो हालखबर सोधिरहने छु । सधै तिमी सुखी खुसीरहेको मात्र सुन्न पाउ सदा सदा ………!

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Enjoy old man gay chat with like-minded singles

    Find an ideal match with discreet personals

    100 % Free Hookup Search Evaluation: Shady Cross Income And Fake Profiles

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    पञ्चमुखी हनुमानको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    भुकम्प

    बझाङमा भूकम्पको धक्का महसुस

    एमाले कोशी प्रदेश

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    सुमो चालक मृत प्रकरण :

    सुमो चालक मृत प्रकरण : सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीले माग 

    बलात्कार

    जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत

    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    सम्बन्धित खबरहरु

    बझाङमा भूकम्पको धक्का महसुस

    ओखलढुंगामा अरिङ्गालले टोकेर एक महिला गम्भीर घाइते

    एमाले कोशी प्रदेशको अध्यक्षमा  खतिवडा निर्वाचित

    न्यूरोडमा जात्रा हेर्न गएका ओखलढुङ्गाका एक किशोरको हत्या

    दाङमा डेङ्गु संक्रमणबाट एक जनाको मृत्यु

    मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २३ जना घाइते

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑