विप्लवी तेन्जु योन्जन
हाल: रेगिस्तान
मुलुक एक्काइसौं सत्ताब्दिको अन्तिम चरणमा गतिसिल रहिरहेको तपाईं हामी सबैलाई बिधितै छ । हाम्रो देशमा पनि लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पनि डेढ दसक भै सकेको सन्दर्भमा हेर्ने हो भने मुलुकमा गणतन्त्रको नाममा एकतान्तृक शासन पद्धति लादिरहेको जनतामा आभास गराउछ।
दुई तिहाईको सरकार हुदा राज्यमा बिकास निकास र समृद्ध नेपालको आश गरेका आम जनता आज निरास बनेको छ। किन कि राज्यसत्ताले सहि तरिकाबाट सत्ता सन्चालन नहुदा भ्रष्टाचार, तथा अपराधिक कृयाकलाप दिनानु दिन चौगुना बढ्दो स्थितिमा छ।
भनिन्छ गणतन्त्रमा जनताको अधिकार जनतामा उपलब्ध हुनेछ गाउँ गाउमा सरकार स्थानीय सरकार प्रदेश सरकार घोषणा त गरियो तर त्यसको काम कर्तव्य निभाएको छ कि छैन भन्ने मुल्यांकन आम जनताले गरिरहेको छ । देशमा बिश्व ब्यापी माहामारिले तहल्का मचाई रहेको बेला स्वास्थ सामाग्रीमै कमिसन घोटला हुनु यस्को ज्वलन्त उदाहरण हो । पुष्ठिको लागि अन्य कुनै दोश्रो उदाहरण जरुरी छैन ।
गणतन्त्रमा जनताले अधिकार पाउछ भन्ने खोक्रा आश्वासन दिने नेताहरु नै अहिले गणतन्त्रको राज्यसत्ताको कुर्सिमा बसेर जनताको अधिकार कु गर्ने प्रयासमा देखिन्छ।
अधिकार माग्नेलाई गोलि अधिकार माग्नेलाई भोलि भन्ने उक्ति लादेको छ । हिजो दश वर्षे जनयुद्धले गणतन्त्र ल्यायो एक छिन गनायो हरायो सत्र हजार सहिदको सपना सत्र दिन पनि टिकेनन् ।
भनाइ सबैको एउटै छ हामि सबै नेपालि हौ तर नेपालि पिच्छेको बिचार फरक फरक छन् । फरक फरक सोच बिचारले संचालित देशमा फरक फरक ढंगले नै देश चलेको छ। किन कि देशै यस्तो देश हो जाँहा एक भाषा हैन एक धर्म हैन एक जात हैन बहु भाषिक बहु धार्मिक बहु जातियको बसोवासले सजिएको देश हो नेपाल ! तर एक धर्मले अर्को धर्मको सम्मान गर्दैन भने त्यो के धर्म ? एक जातले अर्को जातको सम्मान सम्बोधन गर्दैन भने त्यो कस्तो जात ? मुलुक भित्र कै जनता छरछिमेकी नै मिल्न सकेको छैन भने सिङ्गो देश मिल्न मुस्किल छ ।
संविधानमा धर्म निरिपेक्ष भनेता पनि विभिन्न क्षेत्रमा विभेद भै रहेको छ । धर्मनै मानवता संग जोडियको सब्द हो मानवता नै गुमाए पछि केलाई चाहियो धर्म ? धर्मको नाम्मा दलितलाई मन्दिर प्रवेश निषेद भन्नु हुन्छ भने तपाईको मन्दिर भित्र सजियको दस हात लामो तिर्सुल कस्ले बनाएको हो ?
ऐतिहासमा यदि सार्किको हातमा जुत्ता सिलाउने सिप र दमाईको हातमा कपडा सिलाउने सिप नभयको भय ठुला कहलिएका जात हरु नाङ्गिन बाध्य हूने थियो ! अन्यदेशमा जे जस्तो भए पनि नेपालमा सुरु सुरुमा कपडा सिलाउन सिकाउने दलित नै हुन जुन दलितले सिप सिकाएर ।
हजारौ नेपाली लाई रोजगार दिएका छन ! दलित लाई हिंसा हैन दलित बाटा केहि सिकौ दलितको ठाँउमा उभियर हेर्नुस तिरष्कार के हो बुज्नु हुने छ छुवाछुत के हो दलित लाई सोध्नु घ्रिना के हो दलित लाई सोध्नु किन कि पिडा के हो वास्ताविक पिडितलाई मात्रै थाहा हुन्छ तपाई बाहुन होस या क्षत्री होस या तामाङ होस या राई होस नेवार होस या जे सुकै हामी त एक्कासौ सताब्दिको नयाँ पुस्ता हौ बुढापाका अनपढ हरुले रचेका जातिय बिभेद धार्मिक बिभेदलाई लात हान्दै देश लाई सुख शान्ती समबृद्ध र बिकास तर्फ मोड हान्ने क्षमता हामिमा हुनु पर्द छ !
हिजो सरकारले गरियको चेपाङ्ग बस्तिको कायर्ता पुर्ण कार्य निन्दनिय छ । गरिब चेपाङ्गको घर जलाएर गोठ जलाएको हो भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति मन्त्री जस्तो ब्यक्तिले दिनु कहाँ सम्मको न्यायिक हो ? हिजो जनयुद्ध कालमा त्यही झुपडिले बचायो त्यस बेला गरिब जनताको पक्षमा सदा सदा उभिनेछौ भन्ने । तर सत्ता कुर्सिमा पुगे पछि त्यही घरलाई गोठको उपनाम दिने जनताको अपमान गर्ने मन्त्रीलाई कुर्सिमा रहने कुनै अधिकार छैन।
भोलिको दिनमा पनि त्यस्तो दिन नआउला भन्न सकिन्न मन्त्री ज्यु भोलि फेरि चुनाव आउँछ। एक माघले जाडो जादैन याद राख्नु होस । होला सायद आज लाखौं भ्रष्टचार गरेर आलिसान गगनचुम्वी महल बनाइ सक्नु भयो होला । तर तपाईको हिजोको दिन अनि त्यही गाउँ बस्तिमा गुजारिएको अतीत सम्झिनु होस ।
हिजो आफू चुनाव जित्दा गाउँ बस्तिमा जनताको सामु गरिएको वाचा घोषणा पत्रमा उल्लेख गरिएको बोल पत्रलाई नियालेर हेर्नू होस । अनि याद हुनेछ । घर हो या गोठ । यदि यस्तै नाचाहिदो अभिव्यक्तिले फेरि आउने चुनावमा सदाको लागि ढोका बन्द हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]