विप्लवी तेन्जु योन्जन
हाल – रेगिस्तान
`मुलुकमा धेरै पटक आन्दोलन , क्रान्ति द्वन्द , देखि जनयुद्ध सम्म पुगेर अहिले केही बर्ष यता केन्द्रिय सरकार प्रदेश सरकार अनि स्थानीय सरकार हुँदै केही हद सम्म थन्को लागेको झै आभास जनतामा भएको छ।
समय सगै धेरै ब्याबस्था बद्लिय नेता बद्लिए । संविधान बद्लिए तर यो परिबर्तन भित्र आफ्नै स्वार्थ लुक्नाले ब्याबहारिक हुन सकेन केवल कागजी रुपमा मात्र सिमित भएको देखिन्छ।
ब्याबहारिक नहुनुमा भ्रष्टाचार दलाल , नोकरसाही बिखन्डन जस्ता तत्वले जरा गाडनु हो । पुरानो शैलीमा सत्ता शासन संचालित हुनु नै भ्रष्टाचार दलाल कमिसनतन्त्रलाई मलजल लगाउनु सरह हो जसको परिणाम अहिलेको राजनीति खिचातानीको जन्म हुनु हो ।
जहाँ व्यवस्था बदल्दैमा कुनै परिपाटी भित्र पुरै दुश्मन जस्तो कुनै विभिन्न दल एकताको सुत्रमा बाधिएर एउटै दल संगठित हुन जस्तो कुनै पार्टी प्रतिपक्ष जस्तो ,गणतन्त्र भनिएको वयवस्था भनिनु यस्का ज्वान्त उदारहण हो ।
देशमा कुनै जातिको नाममा कोटा जातीयतालाई प्रश्रय दिने खाले जातीयताका संघीय राज्य ।हामी सबै मानव जाती हौं भन्ने सन्देश दिन नसक्ने लोकतान्त्रिक गणतन्त्रको संविधान नै लोकतान्त्रिक देखिएको छैन भन्दा फरक नपर्ला ।
हिजो र आजमा हामी आकाश पताल फरक देख्छौ । आज सम्म आईपुग्नु हामिले हजारौं हजार संघ्रष गर्दै आएका छौ । यस्ता थुप्रै कठिनाइ र चुनौतीको चिरफार गर्दै एक्काइसौं शताब्दीको अन्तिम अन्तिम सम्म आइपुग्दा पनि हाम्रो मुलुकको त्यही झुप्रोको पीडा र त्यही झुपडीको चिन्ताभन्दा माथी उठेर एक्काइसौं शताब्दीमा आइपुग्न सकेका छैनौं।
संसार एक्काइसौं शताब्दीको विज्ञानको युगबाट साँघुरिदै जादा सम्म पनि हाम्रा मस्तिष्कहरु सकृय हुन सकेका छैनन् । हाम्रो देशको शिक्षा प्रणाली र हामिले पाउने शिक्षा प्रमाण पत्र किन्ने माध्यम मात्रै बन्न विवश छन् ।
जो हामिले प्रदान गरिएको शिक्षा प्राविधिक तथा गुनस्तर शिक्षा नहुदा हामीले आफ्नो दैनिक उपभोक्त बस्तु यंत्रहरु चलाउछौ तर बिगृयो भने बनाउन जान्दैनौ जुन हामिले पढेको शिक्षा पर्म्परा शिक्षा हो । प्राबिधिक शिक्षा हैन त्यसैले हामीले लिएको मास्टर्स डिग्रीको सर्टिफिकेटले काम गर्दैनौं।
वास्तवमा भन्ने नै हो भने अहिलेको यो परिस्थितिलाई नियालेर हेर्ने हो भने हाम्रो नेपालको शिक्षा अरु देसहरुको तुलनामा यति कम्जोर देखिन्छ । जहाँका नागरिक मास्टर डिग्रीको प्रमाण पत्र लिन लाखौं खर्च गरिसकेको हुन्छ । आफ्नो देशमा रोजगारको अबसर नहुदा बेरोजगार हुनेछ। त्यस बेला त्यो प्रमाण पत्रको कुनै औचित्य रहदैन तकि आमाको फेर्दैन । पाकेको भात सम्न पस्किदैन । किन कि आमाको चोली फेर्न पैसा चाहिन्छ। भात पस्किन पन्यौ चाहिन्छ। मास्टर्सको सर्टिफिकेटले केही काम पाउन सक्दैन ।त्यति बेला युवाले बैकल्पिक रोजाई भनेकै वैदेशिक रोजगार । बाध्यता भित्र हरियो राजधानी बोकेर लेबरमा काम गर्नु जानू सिवाय अर्को विकल्प हुदैन ।
त्यसैले बदलिएको व्यवस्थाका बुर्जुवा बन्न विवश विडम्बना : अनि हामी आज बदलिएको व्यवस्थाको बुर्जुवा बन्न विवश छौं। जुन प्राविधिक सीप मुलक शिक्षा नहुले गफ जति नि जान्दछौं। गफले हामी अन्तरिक्षमा परिक्रमा गर्छौं सन्सार हाक्छौ । तर कामले हामी हाम्रै संसारमा बेखबर छौं। आदर्शका कुरा पनि सयौं वर्ष गर्न सक्छौं तर व्यावहारत: हामी गरिब मजदुर,सर्वहारा बर्ग जहाँ श्रम गर्न पनि हेपिन्छौं जब देशमा राम्रो रोजगार नपाउदा भारतमा सर्भिस गर्न भनेर नेपाली गाउँको एउटा झुपडीको मास्टर्स डिग्री गरेको शिक्षित युवा गेटपालेको काम गर्न र बहादुर भनेर बोलाइन विवश छ।
साथै बिश्वका विभिन्न देशमा पुग्न बिबस नेपाली युवाहरु खाडी मुलुक जस्तै मलेसिया मिसिन सग पौठेजोडी गर्न पुग्छन अर्को बेचलर गरेको युवा उ उता आकाश छुने गगनचुम्बी भवनमा रंग लगाउन र सिसा पुच्छन विवश छ ।अनि अर्को एसएलसी पास गरेको युवा साउदीमा भेडा चराउन र कन्ट्राक्सनमा बालुवा मुछ्न बिबस हुनु परेको छ। त्यति मात्र हैन आफुले गल्ती नगर्दा सम्म पनि झुठा आरोपमा मृत्यु दण्ड घोषणा हुदा रेटिन मिति कुरेर बस्न विवश हाम्रो विडम्बनाले लोकतन्त्र खै कहाँ र कसको लागि कुन शिक्षा लिएर आएको छ ? भन्ने प्रश्न उठाउने गर्दछ।
सवाल :यसै सन्दर्भ मा केही चर्चा गर्न मन लाग्यो हाम्रो देश नेपालमा अहिलेको नीति भनेको शिक्षा/स्वास्थ्य र रोजगार अहिलेको मुलुकमा जनताको पहिलो माग हो। वैदेशिक रोजगारमा रहेको सम्पुर्ण नेपाली नागरिकको सुरक्षा नीति अप्नाउदै । कोष खडा गरिएको छ । जहाँ वैदेशिक रोगारमा रहेको सम्पुर्न युवाहरुले राज्यलाई महंगो कर तिरिसकेपछी उपचार खर्च विदेशमा लानुपर्ने खाले बिमारी देखि स्थानीय उपस्वास्थ्य चौकिमा गरिने उपचार सम्म नि:शुल्क गरिनुपर्छ भन्ने मान्यता हो ।
तर हाम्रो देशमा व्यापारीकरण भएकोले यसको ठिक उल्टो भएको छ। अहिलेको यो बिश्व माहामारी कोभिड १९ कोरोनाको समय उद्धारको बिषयमा यहि कोषबाट आफ्नो नागरिक फिर्ता गर्नु पर्नेमा सरकार पक्षबाटै चर्को भाडा दर तोकेर आलोचना आए पछि तेस्रो तहमा हाल हरेक देशको १५०० तिरेर उद्धार गरिदैछ। भने आज सम्म उस्ले जम्मा गरेको कर तथा उस्ले भित्र्याएको रेमिटेन्सको लेखाजोखा किन गरिदैन ? देशमै सबै युवाहरु रोजगारी हुनु आवश्यक छ।
यस्तो हुनुमा नेपालको शिक्षा प्रणाली प्राबिधिक , कृषि क्षेत्रमा बिकास सगै गुणस्तरीय हुनुपर्यो। देशका सबै विद्यालयहरुमा एकै खाले तर नयाँ प्रविधिको प्राबिधिक आत्मानिर्भर्ता हुन सक्ने शिपमुलक शिक्षाको सुरुवात गरिनुपर्यो। जो नि: शुल्क हुनुपर्यो। अनि व्यावसायिक किसिमको हुनुपर्यो।
जो नेपालको पहिलो बिधालयको रुपमा बिकाश हुँदै गरेको खोटाङ जिल्ला रुपकोट मझुवागडी नगरपालिका सोल्मा स्थित जनजागृती तथा सुभम फाउन्डेसनले जस्तै प्रत्यक बिधालयले शिक्षा निति अप्नाउन जरुरी छ किन कि नेपाल कृषिप्रधान देश भएकोले नयाँ नयाँ प्रविधिका खेती गर्न सिकाउने कृषि विषय नेपालको माटो र अवस्थिती अनुरुपको बनाइनु आवश्यक छ । हिमाल ,पहाड र तराईका तीन वटै माटो सुहाउदो व्यावहारिक कृषि पद्दतीको प्रारम्भ गर्नको लागि युग सापेक्ष कृषि शिक्षा मुलुकको पहिलो आवश्यकता हो। कृषीमा स्नातक गरिसक्दा उक्त विद्यार्थीले उत्पादन गरेका खाद्यान्न,फलफूल ,सब्जीहरु अन्तरास्ट्रिय बजार ब्याबस्थापन गरि अन्तरास्ट्रिय बजारमा पैठारी हुने भएकोले एउटा एक्स्पोर्ट को लागि एयरपोर्ट बनाउने दिन सहजै आउँछ ।
यसरिनै अन्य प्राविधिक र प्राकृतिक र पर्यटन शिक्षालाई सर्वत्र लागू गर्ने हो भने कुनै पनि मास्टर्स र पिएचडीहरुले मलेसिया , साउदी अरब , कतार , बहराइन दुबाई, कुवेत जस्ता खाडी मुलुकको तातो ५८ डिग्रीमा आफ्नो ज्यान बाजि राखेर गैइती हान्नु र रगतको बाफ पसिना बहाउदै राज्यलाई त्यो रगतपसिनाको कर तिर्न विवश हुनु पर्दैन । यसैले निशुल्क र व्यावसायिक शिक्षा व्यवस्था बदलिएको देशको अवस्था बदल्न लागू गरिनु अति आवश्यक छ।
रोजगार:
हाम्रो देश नेपाल भौगोलिक हिसावले भूपरिवेष्टित मुलुक भएकोले हामी विकासमा अत्यन्तै पछी परेका छौं। अब्बल अब्बल इन्जिनियरहरु लगाएर मुलुकका सबै पहाडबाट सुरुङ /सडक मार्ग र रेल मार्ग खोल्ने हो भने नेपाल संसारभरिका पर्यटकको लागि आकर्षणको केन्द्र बन्नेछ । नमुना कृषीप्रधान देश नेपालमा अमेरिकी ,युरोपेलीहरु श्रमदान गर्न आउनेछन् । हामीले उत्पादन गरेको अनाजहरुको उत्पादन कसरी गर्ने भनेर तालिम लिन आउनेछन।
पहिला सडक विस्तार गरिनु पर्छ । त्यसको लागि कुनै चाइनिज र जापानीज ठेकेदारको अलावा वैदेशिक रोजगारमा भएका आफ्नै देशका ती ७० लाख युवाहरुलाई परिचालन गर्ने हो भने मासिक १ लाख रुपैया हाम्रा युवाले आफ्नै देशको विकास गर्दै कमाउनेछन।
पुलपुलेसा,स्कुल,क्याम्पस ,अस्पताल बनाउन हाम्रै सत्तरी लाख युवा परिचालन गर्ने हो भने छोटो अवधिमा देशको रुपरेखा बदल्दिन सक्ने निस्चित छ । अनि बदलिएको व्यवस्थाले अवस्था बदलिदिएको भान हुन थाल्नेछ।
हाम्रा हरेक वस्ती विश्व पर्यटनको लागि प्रमुख गन्तव्य हुनेछ । तर खै देशले खोजेको सवाल जनता सामु पुगेको ? खै अब्बल पर्यटनका मन्त्री ? यो बेला भनेको क्वारेन्टाइनबाट देश कसरी बनाउने भन्ने कल्पनामा र चिन्तनमा हुनुपर्ने समय जो अब गुज्रँदै छ ,पर्यटनको जिम्मेवारी लिने सरकारले नेपालका प्रत्येक वस्तीका सम्भावनाहरु के के छन् भनेर सोधेको सुन्नुभएको छ हजुरहरु कसैले? सायद छैन यतिबेला मुलुकमा मेलम्चीको पानी र गौतमबुद्ध विमानस्थलका साथै एक दुई वटा अन्य छिट फुट समाचारहरु अलिअली औपचारिकतामा छापिए पनी त्यो बदलिएको नया नेपाल समृद्ध नेपालको परिकल्पना भित्र तिनै झिनो मसिनो विकास मात्र अवस्था परिवर्तनको पर्याय हुन सक्दैन ।
व्यवस्थाको मर्म अनुरुप गर्नुपर्ने काम पानी र एयरपोर्टको मात्र हैन जनताका अवस्थाका पनि हुन् भन्ने सवाल जिम्मेवार पदमा ग्रहण गरेको सरकारी जिम्मेवारीले गर्नुपर्थ्यो। जहाँ बिकास हैन बिकासमा भ्रष्टाचार दलाल जन्मन्छ अनि जनताले गरेको अपेक्षा कसरी पूरा हुन्छ। यहाँ मुलुकका जनताको स्वास्थ्यको ठेक्का लिएको स्वास्थ्यमन्त्री नै नेपालीहरुको अवस्थाबारे कति रोगी छन् ,कसको के समस्या छ ?भनेर डेटा लिन जनप्रतिनिधि खटाएको कुनै समाचार सुनेको छैन ।बरु गैरजिम्मेवार ओठ जवाफ देशबासीलाई दिदै गरेका भने केही दिन अघि पढिएको थियो।
हामीले चाहेको देशको व्यवस्था यस्तो अवस्थाको हुँदै हैन। जहाँ जनता मालिक र सत्तामा बस्ने व्यक्ती जनताको सेवक हुनुपर्छ जनताको हक अधिकार , स्वतन्त्र हुनु पर्छ। जनतामा शिक्षा , स्वास्थ्य ,सुरक्षाको आभास हुनु पर्छ अनि मात्र लोकतान्त्रिक गणतन्त्रको समृद्ध नेपालको नवीन राज्यको सुन्दर अनुभुती हुनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]