विप्लवी तेन्जु योन्जन
हाल – रेगिस्तान
दैव तेरो मायाको खेलले आज मेरो यो गती पार्दियो
……….! यो गितको सार जस्तैः बन्यो पंक्तिकारको । विश्व भर कोभिड १९ कोरोनाले थिल थिल बनाएको बेला नेपालमा पनि उस्तै गति लिएको थियो । देश भर लगभग पाँच महिना बन्दा बन्दी गरेर केही खकुलो बनाएको घोषणा सरकारबाट गरिएको थियो । तर पनि काठ्माण्डौ पहिला जस्तो भिड भाड देखिदैन थियो । सामाजिक दुरि कायम गर्नु पर्ने माक्स लगाउनु उर्दी सरकार बाट थियो ।त्यसैले होला पार्य मजदुर हरु मात्र बढी सडकमा काम गरेर आउने जानेको संख्या बढी थियो । एक आफन्त दिर्घ रोगी मृगौला पिडितलाई बन्दा बन्दिले भयानक दशामा परिणत भयो। उपचारको लागि तिरुन्तै शिक्षण अस्पताल अतरखेल पुरायो तर डक्टरहरुले बिरामी लिन सजिलो मानेन कारन कोरोनाको संक्रमणको त्रासले सम्बन्धित ठाउमा पहिला कोरोना चेक गरेको रिपोर्ट ल्याएर मात्र उपचार गर्ने तथा स्वास्थ्य सामाग्री पि पि ल्याई नपुराएकोले हामी तुरुन्तै काम गर्न नसक्ने जिकर गर्यो ।
अब टेकु लान निर्णय भयो लगियो चेक गर्न लाईन बसाईयो । चोटले पिडामा कराई रहेको बिरामिको कोरोना चेक भयो तर रेपोर्ट लिन भोलि बोलायो । नेपालको कानुन दैव जानुन सधै त्यही अस्पताल त्यही डाक्टरले चेक गरिरहेको केवल डालोसिसको लागि मात्र बाहिर लानु पर्ने थियो तर त्यही थला परेको बिरामिको उपचारको लागि दुई दिन कुर्नु पर्छ । भने हजुर आफै भन्नू होस कसरी बिरामिले सहज तरिकाले सेवा पाउछ। केही नचले पछि सानान्य चेक गरेर घर फर्कायो भोलि पल्ट रिपोर्ट ल्याईयो नेगेटिभ देखायो । फेरि अस्पताल लगियो उपचार सुरु भो तर डाक्टरको अभाव स्वास्थ्य सामाग्रीको अभाबमा खड्किएको अस्पतालको स्थिति देख्दा अचम्म लाग्दो थियो । हजारौं बिरामिलाई अन्तिम कृटिकल अबस्थाका बिरामिलाई समेत पर्खाउने प्रवृत्तिले कति बिरामिको ज्यान गएको छ। कहिले घर कहिले अस्पताल गर्दै दिन गुज्रियो।
पाँच वर्ष पछि आफ्ना,आफन्त र परिवार सँग रमाइलो गर्दै केही चाड पर्व मनाउने, पंक्तिकारको सोचमा यसपटक फेरि तुषारापात लाग्यो।रमाइलो बाताबरणमा रमाउनुको साट्टो, ठिक उल्टो नरमाइलो दृश्य र अनुभती संगाल्दै काठमाण्डौ जिल्लास्थित शिक्षण अस्पताल अतरखेलमा बित्यो पंक्तिकार बैदेशिक रोजगारबाट बिदा गएको थियो ।ती दृश्य र अनुभुतीको बखान गर्दा यस्तो लाग्छ “दुख,कष्ट बुझ्नलाई अस्पताल पुग्नैपर्ने रहेछ” ।” मृत्युलाई नजिकबाट सुम्सुम्याउन लाई एकपटक अस्पतालको शैयामा पल्टिनै पर्नेरहेछ। त्यसपछि पंक्तिकारको मनभित्र यो प्रश्नले डेरा जमायो- ” पैसाको अभावमा बिरामीको उपचारको विकल्प खोज्न सकिएला तर स्वास्थ्य सामाग्री तथा डाक्टरको अभावको विकल्प कसरी खोज्ने? यो प्रश्नको जवाफ् स्वयं डाक्टरहरु सँग पनि छैन ।
यस्तो बिश्व ब्यापी माहामारिको समयमा डाक्टरहरु को अभाव खड्किदा, डाक्टरहरुको सुखद क्षण बिरामीका लागी निकै दु:खद क्षण बन्न सक्छ।त्यसैले त, भगवानको दोस्रो उपमा पाएका डाक्टरहरुको बारेमा लेख्न जमर्को गरे।
भगवानहरु नै डराएर घरै बसेपछि:-
सामान्यतया: डाक्टरलाई भगवानको दोस्रो दर्जामा राखिन्छ।डाक्टरलाई भगवानको अर्को रुप पनि मानिन्छ। तर तिनै भगवान मानिएकाहरु बन्दा बन्दिको नाममा लामो समयसम्म,बिदामा बसेपछि अस्पतालको अवस्था कस्तो रहला? बिरामीहरु को हालत के होला?यिनै प्रश्नहरुको चाङ्ग लगाउदै म आफू त्यही सुनसान अस्पताल घुम्दै हैन म वैदेशिक रोजगारमा बिदेशी भुमिमा रहे पनि शिक्षण अस्पतालको बिस्तृत जानकारी मेरो हितैसी साथिले दिएकोले मैले यो लेख लेखिरहेको छु।
श्रवन १३ अकस्मात, उस्को आफन्तलाई पुरानो बिरामले बिस्सरी च्याप्यो।उहाँ मृगौला पिडित हो हतार-हतार शिक्षण अस्पताल पुरायो । त्यहाँ पुग्दा,आफन्तको अबस्था चिन्ताजन्क थियो । त्यहाँ कार्यरत नर्स र सहायक डाक्टरहरुले तुरुन्त उपचार गर्नुपर्ने बताईरहेका थिए तर प्रमुख डाक्टर बन्दा बन्दिले घरमै रहेकाले डालोसिस चार/पाँच दिन पर सारियो। बिरामीको सेवा गर्छु भनेर कसम खाएका डाक्टरहरु बिरामीलाई भन्दा आफ्नो स्वार्थको लागि बढी प्राथमिकता दिएको देख्दा अति दु:ख लाग्यो।यहीँ दु:खको बीचमा समयमै उपचारको अभावमा केहि ब्याक्तीले अकालमै ज्यान गुमाएको देख्दा झन् दु:ख लाग्यो।
दिन दु गुना रात चौ गुना सक्रमन बढि रहेको स्थितिमा अस्पतलमा पि पि प्रायप्त मात्रमा उपलब्ध गराउनु नसक्नु । साथै डक्टरलाई सुरक्षा र सुरक्षीत महसुस गराउने गतिबिधी नसमेट्नाको उपज हो यो । गणतन्त्र मुलुकमा उखान टुकाको भरमा देश हाक्नु खोज्नुको परिमाण नेपाली आम सर्बसाधारन जनताले खेपी रहेका छन । भ्रष्टाचार दलाल कमिसन तन्त्र मौलाउनाले देशमा सहि दिशा लिन नसकेको स्पस्ट देखिन्छ । हरेक सरकारि तप्का तप्कामा भ्रष्टाचार दलाल कमिसनतन्त्रको बिग बिगि कुनै न कुनै पार्टी या संगठनको छत्रछायामा रहनु नै दुर्भाग्य हो ।
जसको फलस्वरूप
भगवान मानिएका डाक्टरहरुको अभाव यति मै सिमित हुदैन।मेरा एक छिमेकी बाजेको घाँटीमा समस्या भएपछि शिक्षण अस्पताल ल्याइयो।तर सम्बन्धित डाक्टर नभएपछि उहाँलाई नर्सिङ होम पठाइयो।त्यहाँ पनि डाक्टर नभएपछि उहाँलाई फेरि बिबि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ध रेफर गरियो। भलै! त्यहाँ राम्रो उपचार पछि उहाँलाई डिस्चार्ज गरिसकिएको छ।दिमागमा दुई किलो आइस राखेर सोचौं त! समयमै उपचार नपाएर ती बाजेलाई केही भईदिएको भए त्यसको जवाफदेहिता को हुन्थ्यो? डाक्टर कि,अस्पताल ? यो एकदमै सोचनिय विषय हो।यसैगरी मेरा एक मित्रको बहिनीलाई प्रसवको पिडाले च्यापेपछी बिबि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगियो।
तर त्यहाँ सम्बन्धित डाक्टर नभएपछि नोबेल अस्पताल ल्याइयो। सर्बसाधरणलाई एक ठाउँ बाट अर्को स्थान जानू पास चाहिने हरेको कागजात प्रमाणित हुनु पर्ने तर मन्त्री सभासद कुनै पार्टीको आउरे बाउरेलाई नचाहिने यस्तै गति विधि झेल्दै नोबेल अस्पताल सम्म ल्याइपुर्याउदा बिरामीको अवस्था एकदमै नाजुक भई सकेको थियो। तर सफल शल्यक्रिया पछि हाल आमा र बच्चा सकुशल छन।
माथी उल्लेखित उदाहरण एक प्रतिनिधि समस्याहरु मात्रै हुन। देशै भरका अस्पतालहरु मा यस्ता अनगिन्ती समस्या छन् भन्दा अतियुक्ती नहोला।किनकि यो नेपाल हो,नेपालको स्वास्थ्य क्षेत्रमा समस्यै समस्या छ।त्यसैले विश्व बयापी महामारीको कारण बन्दा बन्दिको समयमा अर्थात देशमा कोरोनाको सक्रमन उच्च गतिमा बढिरहेको स्थितिमा अस्पतालमा डाक्टरहरु को अभाव हुनु । स्वास्थ्य सामाग्री पि पि लगायत तेस्तर पिसि आर अभाव हुनु कुनै नौलो विषय हैन।
तर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा डाक्टरहरु कहिले संवेदनशील हुने? बिरामीहरुको पैसा लुट्न पल्केका,सम्बन्धित अस्पताल प्रसाशनहरु कहिले गम्भीर हुने? सेवाको नाममा ब्रम्हलुट मच्चाउन,अस्पताल संचालकहरु ले कहिले छोड्लान? स्वार्थी बिचार स्वार्थी भवना अनि कमाउ तन्त्रको भुत समयमा बिरामीलाई अस्पताल लिएर जाने,सचेत नागरिकको मन भित्र यस्तै सवालहरु ले जन्म लिनसक्छ। अस्पताल ब्यापारिक प्रयोजनले हैन,सेवाकर प्रयोजनले संचालन हुनुपर्छ।
अस्पताल नाफा मुलक होइन सेवामुलुक हुनुपर्छ।तबमात्र छिटो,छरितो र शुलभ तवरले बिरामीले सेवा पाउन सक्छन्। अन्त्यमा पंक्तिकारको आशय यति मात्रै हो। डाक्टरी पेशा कुनै ब्यापार नभई, एक सेवाकर पेशा हो।एक बिरामीको जिन्दगी डाक्टरको हातमा हुन्छ।त्यसैले डाक्टरको धर्म निकै माथी हुन्छ।भगवानको उपमा पाएपनी डाक्टर भनेको एक सामान्य मानिस नै हो।
उसको पनि आफ्नै जिन्दगी हुन्छ।उसको पनि आफ्नै ब्याक्तिगत स्वतन्त्रता छ।उसले पनि रमाइलो गर्न पाउनुपर्छ।उसले पनि बिदा मनाउनु पाउनुपर्छ। तर बिदाको समयमा अस्पतालमा हुने डाक्टरहरु को अभावको विकल्प खोज्न सम्बन्धित निकायले कदम चाल्नु सके,बिरामीहरु ले समयमै उचित उपचार पाउने थिए कि?
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]