विप्लवी तेन्जु योन्जन
हाल- रेगिस्तान
आमा भन्ने शब्द यति धेरै पृय छ। दुनियाँमा सायद यो भन्दा अर्को कुनै शब्द पृय र ममतामय अर्को शब्द भेटिन्न् यदि भिटिन्छ भने शब्दकोष बदल्नु पर्छ ।
हाम्रो देश नेपलमा लोकतान्त्रिक गणतन्त्र आएको डेढदशक बिति सक्दा पनि महिला हक अधिकार बाट अझै पनि लाखौं छोरी चेली बन्चित भएको छ। भन्दा फरक नपर्ला । पुरुष प्रधान देश हो भन्ने उक्तिको आडम्बरमा कयौ चेलिहरु घरेलु हिंसाको सिकार बन्न पुगेको ईतिहास हाम्रो सामु पहाड बनेएर उभिएको छ।
एकाईसौ सत्ताव्दिको अन्तिम चरणमाआई पुग्दा सम्म हाम्रो मुलुकमा उहीँ पुरानो परम्परा सस्कार रुढीबादी बिचार , सँकुचित भावनाको कारण बिश्वको महिलाहरुको तुलानामा अझै पिडित छ भन्न सक्ने थुप्रै ठाउँ छ। आफ्नो श्रीमान भनाउदाबाटै अनेकौं बाहानामा पिडित हुन बाध्या चेलिहरु भेटिएको छ कहिले दाईजोको बिषयमा कहिले जातिय बिभेदको कारण त कहिले हक अधिकार खोज्दा आफ्नै बुढा भनाउदले एसिडी छर्किने देखि विभिन्न तरिकाबाट पिडित भएको समाचार सम्प्रेसण भएको देखिन्छ।
देशमा बर्षा उमृएको च्याउ जस्तै महिला अधिकार संघ सस्था खुले अनि पटक पटक महिला हिंसा , महिला अधिकार प्राप्तिको लागि आन्दोलन , धर्ना हुदा अन्तत संविधानमा महिला हक अधिकार उल्लेख भयो तर बिडम्बना ब्याबहारिक हुन सकेको छैन। जहाँ पुरुष प्रधान देशमा महिलाको अधिकार पुरुषमा निहित गर्ने चेष्टा गरिरहेछ भन्दा फरक नपर्ला ।
एउटि महिला आफ्नो देशमा भने जस्तो रोजगार नपाउदा विकल्प खोज्न बाध्यताले बिदेश जान्छ। आफ्नो सुन्दर भबिस्य र आफ्नो बाल बच्चा अनि आफ्नो प्यारो श्रीमानको खुशिको लागि जत्रो जोखिम मोल्न तयार हुन्छन । बास्तवमा भन्ने हो भने कुनै पनि पुरुष रहरले चोर हुदैन । कुनै महिला केवल यौन प्यास मेटाउन रन्डी हुदैन । उ भित्रको बाध्यताले गलत बाटो अप्नाउनु पुगेको हुनेछ जस्तो मलाई लाग्छ।
कुनै पनि महिला बिगृनु हामी पुरुषको हात हुन्छ। जो कोहि पुरुषले आफ्नो औकात देखाउछ। महिलालाई आफ्नो स्वामित्व या हैकममा राख्नु खोज्ने मानासिक्ता बिजारोप भएको हुनेछ। त्यसैको परिणाम घरेलु हिंसा हुनेछ। यदि हामिले समान अधिकार महिलालाई आफ्नै घरबाट सम्मान गर्न सिक्यौ भने घरेलु हिंसा समाप्त हुने निस्चय छ।
हाम्रो समाजमा बाहिर महिला हक हितको लागि भाषन गर्छ सदनमा कुरा उठाउने श्रीमानले आफ्नो घरकि श्रीमतिलाई सोसन गर्ने प्रवृत्तिको अन्त्य नभैन्जेल तथा पुरुषत्व घमण्ड समाप्त गर्दै हामिले आफ्नो बिचार परिवर्तन नगर्ने हो भने अझै पनि महिला अधिकार ओझेलमा पर्ने निस्चित छ।
यस्तै पात्र बनिन दुबाई बाट फर्किएकी एक नारिको कथा उ एउटा पात्र मात्र हुन उ जस्ती हजारौं नारि आफ्नो परिवारको इज्जत जोगाउने बाहानामा अधिकारबाट बन्चित हुने गरेको छ। मेरो बच्चा जन्मिएपछि कसैलाई जिम्मा लगाइदिनु होला। उसको लागि राम्रो आमा खोजिदिनु होला,’ उनले सेल्टरमा पुग्नेबित्तिकै भनेकी थिइन्।
बच्चा जन्माइसकेपछि जतिसक्दो छिटो उनी अर्कैलाई दिन चाहन्थिन्। किनभने उनी बच्चा लिएर घर जान सक्दिनथिन्। सायद पुरुष प्रदान देशको उपज होला उसको श्रीमानले सर्त तेर्स्याएका थिए– तँलाई स्वीकार्छु तर बच्चा स्वीकार्दिनँ।
त्यही भएर बाध्यता भित्र बच्चाको आमा आफू भए पनि बिबस्ताको हुरिले हुत्याएर यस्तो सेल्टरकी कर्मचारीलाई उनले भनेकी थिइन्, ‘म्याडम, मेरो बच्चा जन्मिनेबित्तिकै कहि ठेगान लगाइदिनु है, देख्यो भने माया लाग्छ, घर लैजान मिल्दैन।’आमा हुनुको ममता बाध्यतामा लिलाम गरिरहेछिन । उसको कुनै रहर हैन बाध्यता थियो । परिबन्दमा परेकी थिइन ।
साउन ४ गते उनी शिक्षण अस्पताल भर्ना भइन। सेल्टरका कर्मचारीले नै उनलाई अस्पताल पुर्याएका थिए। त्यसको दुई दिन पछि उनकी छोरी जन्मिन्। ९ गते अस्पतालले डिस्चार्ज गर्यो र उनीहरु फेरि उहीँ आश्रय दिई रहेको सेल्टर फर्किए। आफू भित्र आफ्नो छोरी प्रतिको आघात माया स्नेह हुदा हुदै पनि बाध्यातको भारी बिसाएर घरमा भएका अपांग श्रीमान अनि दुई छोरिलाइ भेट्न आतुर थिईन । त्यसैले त भर्खर जन्म दिएकी आफ्नो छोरी चाडै कसैलाई जिम्मा लगाइदिन बारम्बार ताकेता गरिरहेकी थिइन्। सेल्टरले बालगृहमा कुरा गरिरहेको थियो। अन्तत केयर बालगृह तयार भयो, उनकी छोरी लैजान।
१२ गते बिहान सेल्टरले आमाकै सहमतिमा बालगृहलाई बच्चा जिम्मा लगायो।
त्यही साँझ सामाजिक संजाल फेसबुकमा एउटा फोटो भाइरल भयो– ‘कपनमा कार्टनभित्र बच्चा भेटियो।’ प्रदेश ३ की ती महिला अवैध रुपमा भारतको दिल्ली हुँदै वैदेशिक रोजगारीमा गएकी थिइन्। तर, उनी १० महिनामै घर फर्किनु बाध्यता पर्यो।
कोरोना महामारीका कारण उनी विदेशबाट फर्केकी होइनन्। घरेलु कामदारका रुपमा यूएई पुगेकी उनी अफ्नै साहुबाटै बलात्कृत भइन्।
त्यो बाध्यता थियो जाउ कहाँ जाउ पराई भुमिमा एउटि अबला नारी
बारम्बार यौन दुर्व्यवहारमा परेपछि उनी जतिसक्दो चाँडो त्यहाँबाट भाग्न चाहन्थिन्। साहु पनि उनलाई लखेट्न चाहन्थ्यो– किनभने उनको पेटमा साहुको बच्चा हुर्किंदै थियो।
विश्व ब्यापी कोभिड १९ कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द थिए। त्यही भएर उनी तत्काल नेपाल फर्किन सकिनन्। पछि सरकारले चार्टर्ड उडान खोल्यो।अन्ततः असार ५ गते उनी नेपाल फर्किन पाइन्।
आफू बलात्कृत र गर्भवती भएको कुरा उनले श्रीमानलाई पनि सुनाएकी थिइन्। श्रीमान् अर्काको गर्भ स्वीकार्न तयार थिएनन्। तर, उनले श्रीमतीलाई स्वीकार्ने वचन दिएका थिए। उनको घरमा दुई छोरी छन्। श्रीमान शारीरिक रुपमा अशक्त। श्रीमानले कमाउन नसक्ने भएकै कारण उनी जोखिम मोलेरै परदेश लागेकी थिइन्।तर जाँदाभन्दा ठूलो जोखिम परदेशबाट फर्किंदा बेहोर्नु पर्यो।
काठमाडौं ओर्लिसकेपछि उनलाई पनि नेपाली सेनाले होल्डिङ सेन्टरमा लग्यो। विस्तारै अरु आ-आफ्ना घर गए। तर, उनीसहित १९ महिला भने एउटा गैरसरकारी संस्थाले चलाएको महिला सेल्टरमा शरण लिन बाध्य भए। किनभने उनीहरु गर्भवती थिए।
काठमाडौं आएको डेढ महिना भइसक्यो, उनी अझै घर जान सकेकी छैनन्। बरु, उनी झन् ठूलो आपतमा परेकी छन्। काटनमा भेटिएको बच्चालाई बालगृहले जिम्मा लिने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नानाथरी टिप्पणी गरियो। यसबारे कयौँ सञ्चारमाध्यमले रिपोर्ट प्रकाशित गरे। कयौ समाचार अनलाइन खवरको हेडलाईन बन्यो ।युट्युबरले त खेती नै पाए। बच्चा र बालगृहका लागि भन्दै सहयोग संकलन गरियो।
यस्तै क्रम चलिरहेकै बेला फेरि, बच्चा भेटिएको होइन, बालगृहले नै सहयोग उठाउन ‘नाटक’ गरेको आरोप लाग्यो। युट्युबरले अर्को खेती पाए।
आमाले नै राजीखुसी जिम्मा लगाएको बच्चालाई कपनको बालगृहले किन बेवारिसे भेटिएको भनेर प्रचार गर्यो त? यस्ता हजारौं प्रश्न उब्जाए । यो कान्डाले बजार ततायो । नेपालको कानुनी रुपमा जाने हो भने यो गलत थियो । तर बाध्यता भित्र जगटिएको बिबस्ता थियो । किन भने कानुनअनुसार बाबुआमा भएको अवस्थामा बच्चा अरुलाई जिम्मा लगाउन पाइँदैन। बेवारिसे बच्चा राख्न भने बालगृहलाई अनुमति दिइएको छ, स्थानीय प्रशासनको स्वीकृतिमा।
‘बच्चा जन्मिएपछि अभिभावकले नै जिम्मा लिनु पर्छ, बालबालिकाको मातृत्व, पितृत्वको अधिकार हुन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता टेकराज निरौला भन्छन्, ‘बाबुआमा भएकाले बेवारिसे भनेर अरु कसैलाई जिम्मा लगाउने अवस्था छैन। समस्या बढ्दै जाँदा राज्यले सम्बोधन गर्ला, तर आजसम्म कानुनले सम्बोधन गरेको छैन।’ वास्तवमा कोहि गलत हैन जस्तो लाग्छ तपाईं हाम्रो हेर्ने नजर र सोच्ने बिचार गलत हो ।
बजारमा हाहाकार मच्चिएला पछि हरेक तहबाट मुल्यांकन गरिएला भन्ने डरले
वैधानिक रुपमा सो बच्चा राख्न नपाउने भएपछि बालगृहले भेटिएको भनेर तिनलाई बेवारिसे पुष्टि गर्न खोजेको थियो।
कपनमा बच्चा भेटिएको हल्ला उनकी आमा बसेको सेल्टरमा पनि पुग्यो। आफूले बालगृहलाई जिम्मा लगाएको बच्चा काटनमा भेटिएको भन्दै भाइरल बनेका फोटो र भिडियो उनले पनि हेरिन्। उनी रुन थालिन्। मेरो बच्चा त्यसरी बिचल्ली नपार्दिनु भन्दै सेल्टरमा उनी रुन थालिन्। अनि उनलाई लिएर हामी बालगृहमा गयौँ र बच्चा लिएर आयौं,’ सेल्टरकी एक कर्मचारीले भनिन्।
अहिले बच्चालाई आमासँगै सेल्टरमा राखिएको छ। तर, बच्चा फर्काएपछि आमालाई पुरानै चिन्ताले सताएको छ– अब बच्चा कसलाई जिम्मा लगाउने?
उनका आफन्तलाई खबर गरिएको छ। तर, आमा र बच्चा दुवैलाई स्वीकार्न परिवार तयार नहुनु मुख्य समस्याको पाटो बन्यो । बच्चा कसैलाई जिम्मा नलाई उनी घर फर्किन सक्ने अवस्था नहुनु नै समस्याको जड हो ।
परदेश जाने, कमाइ गर्ने, छोरीहरुलाई हुर्काउने, पढाउनेजस्ता उनका सबै सपना यतिबेला सिसा झै चकनाचूर बनेका छन्। यस्तो समस्या उनले मात्रै भोगिरहेकी छैनन्।
सेल्टरमा उनी जस्तै अरु चार महिला पनि बच्चा जन्मने दिन पर्खिरहेका छन्। जसमध्ये कसैको बिहे पनि भएको छैन, कसैका घरमा श्रीमान् छन्। तर गर्भ श्रीमानको होइन। उनीहरुले पनि परदेशमा अनिच्छित गर्भधारण गर्नुपरेको बताएका छन्।
उनीहरुसँगै सेल्टरमा बसेका १९ गर्भवती महिलामध्ये १४ जना घर फर्किसके। तिनलाई आफ्नै परिवार लिन आए। तर, जसको गर्भलाई परिवारले स्वीकारेन, उनीहरु घरको न घाटको भएका छन्। यो देशले महिलाहरुलाई गर्ने व्यवहारले नै यो अवस्था निम्त्याएको हो,’ भन्दा कुनै असहज नहोला ।
सरकारले घरेलु कामदारका रुपमा विदेश जान बन्द गरेको छ। तर, नेपालबाट अधिकांश महिला घरेलु काममा नै जान्छन्। वैधानिक बाटो बन्द गरेपछि उनीहरु घर छाडेकै दिन अवैधानिक कामदार बन्न पुग्छन्। जसलाई आपत पर्दा आफ्नै राज्यले समेत खासै सहयोग गर्दैन। सन् २०१० मा जोशी संलग्न संस्थाले घरेलु कामदारको अवस्थाबारे अध्ययन गरेको थियो।
‘घरेलु काममा जाने महिला मानसिक स्वास्थ्य गुमाएर, गर्भ लिएर र बच्चा लिएर आउनेहरुको सख्या वृद्धि हुन रोकिएको छैन। ‘संविधानको धाराले महिलाको जीवन परिवर्तन गर्दैन। मर्न भन्दा नर्क बेस भनेर जान्छन्। यसको जिम्मा सरकारले लिनुपर्छ।’
सामान्य अवस्थामा पनि धर्मपुत्र पाल्न दियो भने पठनपाठन राम्रो हुन्छ भनेर दिने गरेको भन्दै यो असामान्य अवस्थामा सरकारले विशेष व्यवस्था गर्नु पर्ने उनले बताइन्। तर, बिचल्लीमा परेका महिलालाई गैरसरकारी संस्थाको जिम्मा लगाउन नमिल्ने स्वीकार गर्नुपर्छ।
‘यस्तो अवस्थाका महिलाको जिम्मा सरकारले लिएर उनीहरुको रोजगारी, पारिवारिक पुनर्मिलनका लागि पहल गर्नुपर्छ। यो कान्डमा मुछिएकी पुस्पाको पनि निएत गलत नहोला किन कि उ पनि आमा हुन । यदि यस्तै बिचार भएको भए अरु ११ जना बच्चा स्याहार सुसार गरिरहेकी छिन । बाध्यता भित्र परिन होलिन । अहिलेको सन्दर्भमा केही गलत देखिन्छ। तर हामी मानव हौ । गल्ती हामिबाटै हुन्छ। तर गल्ति स्वीकार गर्नु नै सबै भन्दा माहानता हो ।
त्यस्तै भाग्य न्यौपाने , शिशिर भण्डारीको बिषय लिएर गलत प्रचार गर्नु गलत जस्तो लाग्छ। हो केही गलत भयो होला तर मानव हो गल्ती स्वीकार गर्नु ठूलो कुरा हो कयौ गरिबको लागि अहोरात खटिएको ब्यक्तिलाई विभिन्न टिका टिप्पणी गर्नु उचित नहोला । हामिले सोच वदलौ हेर्ने नजर बदलौ किन कि तपाईं हाम्रै हेर्ने नजर सोच्ने बिचार पनि त गलत हुन सक्छ? त्यसैले अरुको गल्ती भन्दा पनि देखि सेखी गर्ने प्रवृत्तिले यो स्थित शृजना भएको हो ।
किन कि मुलुकमा राष्ट्रिय स्तरको सन्चार माध्यमको पहुच सहजता नहुदा युटुवबाट छिटो छ्हरितो तरिकाले समचार संप्रेषण हुने माध्यम बनेको युवट्युब च्यायाल नै हो । भोली कुनै एक दुई ब्यक्ती गलत होला तर हामी नेपालिको बानी एउटाले गल्ती गरे सबैलाई एकै ठाँउ राखेर हेर्ने बानिले नै अहिलेको स्थिती जन्मेको हो । त्यसैले तपाईं हामिले अरुको हल्लाको भरमा हैन सत्य तथ्य के हो पत्ता लगाएर मात्र समचार संप्रेषण गर्ने बानी बसलौ ।
धन्यवाद
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]