३० श्रावण २०७७ काठमाण्डौ । लगातारको झरीका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुर्दा रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको मृत्यु भएको घटनास्थलमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहले जनाएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]