३० श्रावण २०७७–काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै तहका परिक्षाहरु तत्कालको लागि स्थगन गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएकाछन् ।
लामो समयको लकडाउन खुलेपछी आउँदो भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको जनाएको थियो । अहिले फेरि सङ्क्रमण बढिरहेकोले पुनः स्थगन गरेको जनाएको छ ।
परीक्षा नियन्त्रक जोशीका अनुसार अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको छ । कोभिड १९ सामान्य अवस्था आए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने छ ।
भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने सरकारको तयारी भएकोले विद्यार्थी काठमाण्डौ आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेसंगै त्रिवि अन्तर्गतको सबै परिक्षा तत्कालाई स्थगन गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]