३० श्रावण २०७७–काठमाण्डौ । कोभिड १९ कोरोना भाइरसको जोखिम न्युनिकरणको लागि गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीको कार्यान्वयनको लागि १३ वटा अनुगमन टोली परिचालन गरेको जनाएको छ ।
सरकारले काठमाडौं उपत्यका र कोरोनाका संक्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरे पनि कार्यान्वयन नभएको भन्दै गुनासो आएकोले अनुगमन टोली नै परिचालन गरेर सो को कार्यन्वयन गर्न लागेको गृहमन्त्रालयको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ ,काठमाडौंमा ५ तथा ललितपुर र भक्तपुरमा ४÷४ वटा टोली परिचालन गरिएको छ , टोलीले जोरबिजोरसँगै व्यक्तिगत भौतिक दूरीको पालना, मास्कको प्रयोग लगायतका बारेमा अनुगमन गरेर कारबाही गर्ने छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]