लिला चेम्जोङ
उप प्रध्यापक त्रिभुवन विश्वविद्यालय
कोरोना भाइरसले हाल विश्वब्यापी रुपमा आतंक मच्चाइ रहेको छ| सर्वप्रथम, यसको पहिचान सन २०१९ डिसेम्बर मा चीनको हुव्वई प्रान्तको राजधानी वुहान शहरमा भएको थियो । चीनको वुहानबाट फैलिन सुरु भएको यो भाइरसले हाल विश्वब्यापी महामारीको रुप लिइसकेको छ । शुरुमा पहिचान भएका मुलुकहरुमा हाम्रो देश पाचौ रहेको थियो ।
कोरोना भाइरस रोकथाम गर्नका लागि विश्वका धेरै जसो राष्ट्रहरुले आ-आफ्नो देशहरुको सहर, गाउँ र बस्तिहरुलाई पुर्णरुपमा लक् गरिरहेका छन् । कुनै कुनै रास्ट्रहरुले आँशिक रुपमा लक् गरि अर्थतन्त्रका मुख्य क्षेत्र उधोग, र कलकारखानाहरु लाई केहि बिसेष नियम बनाई चलाई रहेका छन् भने कुनै राष्ट्रहरुले भर्खर भर्खरै पूर्ण रुपमा खोल्न सुरु गरेका छन् । तर हाल सम्म पनि कोरोना नियन्त्रणको स्थाई रोकथाम गर्ने औषधिको आविस्कार हुन नसकेकोले लक् खोल्ने राष्ट्रहरुले फेरी लक् गर्ने अवस्था नआउला भन्न सकिन्दैन ।
यसरी लक्डाउन् गर्दा विश्वका सबै राष्ट्रहरुले तेल, उर्जा ,यातायात, बैंकिंग, निर्माण, रियल स्टेट, शेर बजार, प्रदर्सनी,सांगीतिक कार्यक्रम, बिज्ञापन, सिक्षा, स्वाथ्य, खेलकुद, होटल, पर्यटन, सेवा आदि संग सम्बन्धित सबै व्यापार तथा ब्यबसाय आँशिक वा पूर्णरुपमा बन्द गर्दा विश्व व्यापार संगठनका रिपोर्ट अनुसार विश्व व्यापारको जम्मा व्यापार प्रतिसतमा तेह्र देखि बत्तीस प्रतिसत मार्च आठ भन्दा अगाडी घटी सकेको छ भने विश्व श्रमिक संगठन का अनुसार बिस करोड श्रमिकहरुले रोजगारी गुमाई सकेका छन्। ज़िली को अप्रिल तेह्र सन् २०२० मा प्रकासित लेखलाई अध्यान गर्दा वहाँले बिश्व बजार चेनले गर्दा सबै बिश्वको राष्ट्रहरुलाई असर पार्छ भनेर लेख्नु भएको छ ।
वार्विक र मकिब्बिंनका मार्च दुई सन् २०२० मा प्रकासित लेख लाई आधार मान्ने हो भने बिकसित राष्ट्र मानिएका राष्ट्र अमेरिका, बेलायत, जर्मनी, इटाली, फ्रान्स आदि राष्ट्रहरुको कुल उत्पादनमा चार देखि पाँच प्रतिसत गिरावट आएको छ । त्यसै गरि एसियन विकास बैंकको मार्च छ सन् २०२० मा प्रकासित रिपोर्ट अनुसार एसियन देशहरुको पनि तिन देखि चार प्रतिसत कुल उत्पादन घटेको उल्लेख गरेको छ। बिश्व श्रमिक संगठन र एसियन विकास बैकको रिपोर्टलाई आधार मान्ने हो भने हाम्रो देश नेपालमा सबै भन्दा बढी प्रभाब पर्ने देखिन्छ।
नेपाल सरकारको आर्थिक सर्वेक्षण २०१८/१९ ले हालसम्म नेपाल सरकार बाट श्रम स्वीकृत प्राप्त १७२ रास्ट्रहरुमा मध्य मार्च महिना २०१८/१९ सम्ममा ४५,४०,९०६ जना नेपालीहरु बैदेशिक रोजगारमा गएका छन् भने तिनीहरु बाट NPR- १,८७९.३० बिलियन रेमिटेन्स प्राप्त भएको छ। त्त्यसले नेपालको कुल उत्पादनमा २५.३ प्रतिसत ओगटेको छ। त्यो जम्मा रेमिटान्स मध्ये मार्च २० सम्मा NPR-५१३.२० बिलियन मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यो मार्च २० बाट नेपालमा रेमिटेन्स आउन रोकिएको छ। अहिले एकिन यति नै कोरोनाले नेपालका बैदेशिक रोजगारमा रहेका नेपालीहरु बेरोजगार भई सकेका छन् र फर्कदै छन् भनेर ग्यरेन्टी भन्न नसके पनि धेरै संख्यामा बेरोजगार भएर नेपाल फर्कदै छन् र रेमिटेन्स पनि घटदै छ भन्ने अनुमान सजिलै गर्न सकिन्छ।
त्यसै गरि नेपाल सरकारको आर्थिक सुर्बेक्षण २०१८/१९ लाई नै आधार मानेर अरु अर्थतन्त्रको क्षेत्रहरुलाई बिश्लेषण गर्ने हो भने आर्थिक वर्ष २०१८/९१ मा manufacturing क्षेत्रले नेपालको कुल राष्ट्रिय उत्पादनमा ५.६ प्रतिसत योगदान गरेको थियो भने १०,७२,००० जना लाई प्रतक्ष्य रोजगारी उपलब्ध गराएको थियो।
तर कोरोनाको कारणले उत्पादन गर्न लागि आबस्यक कच्चा पदार्थ आयात गर्न रोकिनको साथै उत्पादित बस्तुहरुको निर्यात पनि रोकिएको छ। अझ धातु जन्य उत्पादनमा रोक लगाइएकोले अहिले ठप्प छ। भर्खरै मात्र कोरोना फैलने क्रममा नेपालमा तिब्रता लिएकोले अब कहिले सम्म लक् डावन लम्बिनेहो थाहा छैन। त्यसैले रास्ट्रिय उत्पादन अझै घट्ने निश्चित छ।
आर्थिक बर्ष २०१७/१८ को नेपाल सरकारको आर्थिक सुर्बेक्षण लाई बिश्लेषण गर्ने हो भने शिक्षा क्षेत्रले राष्ट्रिय कुल उत्पादनमा ७.०६ प्रतिसत योंगदान गर्नको साथै ५,५८,००० प्रतक्ष्य रोजगारी सृजना गरेको थियो। उपभोता र किराना पसलहरु बाट १४.३७ प्रतिसत राष्ट्रिय उत्पादनमा योगदान दिई १२,४०,००० लाई प्रतक्ष्य रोजगारी सिर्जना गरेको थियो। हवाइसेवा बाट राष्ट्रिय कुल उत्पादनमा ३.७ प्रतिसत योंगदान गर्नको साथै १४,००० प्रतक्ष्य रोजगारी सृजना गरेको थियो।
जलबिधुत बाट राष्ट्रिय कुल उत्पादनमा १.२५ प्रतिसत योंगदान गर्नको साथै ३४,००० व्यक्तिहरुले प्रतक्ष्य रोजगारी प्राप्त गरेकामा यी क्षेत्र सबै अहिल ठप्प छन्।
त्यसै गरि यातायात क्षत्रले कुल राष्ट्रिय उत्पादनमा ७.२३ प्रतिसत योंगदान गर्नको साथै ४.५ प्रतिसत प्रतक्ष्य रोजगारी सृजना गरेको थियो र निर्माण क्षत्रल बाट ७.७७ प्रतिसत राष्ट्रिय उत्पादनमा योगदान दिई १३.८ प्रतिसत लाई प्रतक्ष्य रोजगारी सिर्जना गरेको थियो। सेवा र उधोग क्षेत्रहरुले पनि क्रमस ५१ र १७.१ प्रतिसत कुल उत्पादनमा योगदान गरेका थिए।
तर अहिले यी सबै जसो माथिका सबै क्षेत्रहरु बन्द छन्। किराना पसलहरु एकछिन एकछिन बिहान बेलुका मात्र चलेका छन्। कृषि क्षेत्र अरु क्षेत्र भन्दा केहि कम प्रभावित छ। त्यसैले यिनीहरुको सबै योगदान घट्ने र स्वास्थ्य क्षेत्रमा लगानी बढेको बढेकै हुदा कोरोना भाइरसलको कारणले ग्रामिण बिकासमा निम्न चुनौतीहरु देखा पर्नेछन्।
यी माथि उल्लेखित चुनौती देखा पर्ने भएकोले सबै स्थानिय, प्रदेश र केन्द्रिय सरकार उतिकै जिम्मेवार भएर सहि समाधानको निकास निकालेमा ग्रामिण बिकासको सम्भावना पनि उतिकै देखिन्छ किनकि ग्रामीण क्षेत्रमा बैदेशिक रोजगारीको कारणले युवा शक्ति बिदेसिन्दा वा रोजगारीको सिलसिलामा सहर छिर्दा दक्ष, अर्ध दक्ष्य, अध्यक्ष जनशक्तिको अभावले निर्माण, व्यापार, उधोग, कृषि, यातायात, स्वाश्थ्य, शिक्षा, आदि क्षेत्रमा श्रमिकहरुको अभाब हुनाको साथै खेति योग्य जमिन प्रति बाझोमा परिणत भएको अवस्था छ।अर्कोतिर सहरी क्षेत्रहरु अब्यबस्थित हुदै गएका छन।
कोरोना भाइरसको कारणले धेरै बिदेसियका युवा शक्ति रोजगारी गुमाई नेपाल फर्कने अबस्थामा छन् भने गाउँ बाट रोजगारीको सिलसिलामा सहर फसेका युवाहरु गाउँ फर्की सकेका छन्। बैदेशिक रोजगार बाट आएका युवाहरु तुरुन्त फर्कने स्थिति पनि हुदैन किनकि कोरोनाले विश्वमा आर्थिक मन्दी आउने पक्का भइसकेको छ। त्यसैले गाउँपालिका र नगर पालिकाहरुले सहर वा विदेश बाट फर्केका युवाहरुको तथ्यांक राख्न सुरु गर्नुको साथै उनीहरुको दक्ष्यताको रेकर्ड पनि संग संगै राखी दक्ष्यता अनुसार काम गर्ने वातावरण तयार गरेमा ग्रामिण विकास हुने ठुलो सम्भावना देखिन्छ।
त्यसै गरि अध्यक्ष जनशक्ति, शहर वा विदेशमा रहँदा कृषि क्षेत्रमा काम गरेका युवा शक्तिलाई गाउँपालिका र नगरपालिकाहरुले माटो परीक्षण गरि पकेट एरिया तोकी उनीहरुको दक्ष्यता अभिवृदी गरि ब्यबसायिक कृषिमा लगाउन सकिन्छ। साथै कृषि, बन र जडिबुटी जन्य उधोग सम्बन्धि ज्ञान भएका जनशक्तिलाई कृषि, बन र जडीबुटी संग सम्बन्धित उधोगहरुमा स्थानीय जनता र स्थानिय सरकारको संयुक्त लगानीमा कृषि, बन र जडीबुटी जन्य साना उधोगहरु सन्चालन गरि त्यस क्षेत्रमा लगाएमा यसले पनि ग्रामिण विकास हुने ठुलो सम्भावना छ।
अर्को कुरा सहरमा वा बेदेशमा रहंदा पर्यटन क्षेत्र, होटल र यातायात क्षेत्रमा काम गरेका युवाहरुको समूह बनाएर पर्यटन क्षेत्रको सम्भावना भएका ठाउँहरुमा ग्रामिण पर्यटन, कृषि पर्यटन, सास्कृतिक पर्यटन को लागि संयुक्त लगानी गर्ने वातावरण बनाई होटल, यातायातको साधन, र संचारको व्यबस्था गर्न लगाई संचालन गर्न लगाउने गरेमा त्यसले पनि दिगो विकास ग्रामिण क्षेत्रमा ठुलो भूमिका खेल्दछ। यसको लागि सबै तहका सरकारले भौतिक पूर्वधारको विकास, आर्थिक, सामाजिक र सुरक्षा क्षेत्रको सहयोगमा जोड दिनका साथै बिज्ञापन र बजारको व्यबस्था गरिदिनु पर्दछ। जसका लागि आगामी स्थानीय र प्रदेश साकारको बजेटमा यथेस्ट जोड दिनु पर्दछ र केन्द्रीय सरकारको पनि सहकार्य र समन्वय गर्दै यस क्षेत्रमा लगानीको लागि स्थानीय सरकारहरुको ध्यान केन्द्रित गराउनु पर्छ।
लेखक ः ग्रामिण विकास बिभाग त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिका शोधकर्ता हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]