काठमाण्डौ, हिमाली संरक्षण समूह पोखराले अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२० को अवसरमा “सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम” मिति २०७७ श्रावण २५ गते तदनुसार अगष्ट ९ २०२० का दिन बिशेष अतिथि बरिष्ठ साहित्यकार सरुभक्त को समुपस्थितिमा अमेरिका, क्यानाडा, नेपाल तथा पोर्तुगलका बिभिन्न कबि तथा साहित्यकार हरुबाट गीत, कविता तथा मुक्तक बाचन सहित सम्पन्न गरेको जनाएको छ ।
“सिर्जना र असार” र हिमाली संरक्षण समूहको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा साहित्यिक कार्यक्रम आयोजना गरी सर्जक तथा साहित्यप्रति अभिरुची राख्नु हुने सबैलाइ संगै जोड्दै पृथ्वी मानवता, पर्यावरण, जैविक विविधताको लागि आदिवासी संस्कृति तथा जीवन प्रणालीको उपदेयता र उनिहरुको मौलिक मान्यताको महत्त्व विषयमा ऐक्यवद्दता झल्काउने रचनाहरु प्रस्तुत गरिएको हिमाली संरक्षण समूह पोखराले जानकारी दिएको छ ।
रेडियो हिमालयको सहयोगमा प्रत्यक्ष रेडियो प्रसारण भएको उक्त कार्यक्रमको संचालन हिमलाल श्रेष्ठ तथा ऋषि बस्ताकोटीले संयुक्त रुपमा संचालन गरेका थिए । हिमाली संरक्षण समुहका अध्यक्ष महेश्वर पहारीले स्वागत गर्नु का साथै कार्यक्रममा “सिर्जना र असार” अभियानका सँयोजक स्ट्रगल राना र धनप्रसाद तमाङले कार्यक्रमको उद्देश्य र महत्व बारे प्रकाश पारेको आयोजकको भनाई रहेको छ ।
देश देश बाट सहभागी भएका २५ भन्दा बढी कबि तथा साहित्यकारबाट आ-आफ्नो रचना बाचन भएको थियो । भर्चुअल प्रबिधि प्रयोग गरी संचालन भएको उक्त कार्यक्रमलाई बरिष्ठ साहित्यकार सरुभक्त, अमेरिकी नागरिक अन्ना स्टर, पदम बिश्वोकर्मा, अभय श्रेष्ठ, भुपिन ब्याकुल, धनप्रसाद तामांग, सजना गोले, सरस्वति श्रेष्ठ “सरु”, अल्पबिराम, खोज बहादुर गोले, सजना गोले, इश्वरी भट्ट, अरुण श्रेष्ठ, अनुराग खतिवडा, सुरेन उप्रेती, गोपीकृष्ण काफ्ले, मुक्ती गौतम, राजेन्द्र अर्याल, सिता अर्याल, अच्युत शर्मा, हरिशरण परियार, बुद्धि मोक्तान लगायत श्रस्टाहरुको रचना वाचन भएको थियो ।
सँरक्षण कबिताका अभियन्ता तथा बरिष्ठ साहित्यकार सरुभक्तले यस्ता कार्यक्रमले बातावरण संरक्षणको क्षेत्रमा बिशेष महत्व राख्ने तथा आदिवासीहरुको हक र अधिकारको उजागर गर्ने हुनाले यस्ता कार्यक्रमहरु अन्तराश्ट्रिय स्तरमा हुनु खुशीको कुरा भएको धारणा ब्यक्त गरेका थिए ।
हिमाली संरक्षण समूह सन् १९९६ (बि.स्.२०५३) देखि हिमाली तथा वरपरको बाताबरण, बन बिज्ञान तथा साहित्यको क्षेत्रमा अनबरत काम गर्दै आएको नाफारहित गैर सरकारी संस्था हो । “सिर्जना र असार” मानव र माटोको अन्योन्याश्रित सम्बन्धलाई सम्बर्धन गर्न लागि परेको श्रष्टाहरूको साहित्यिक आन्दोलन हो।
यस आन्दोलनले हिमाली संरक्षण समूहको सहकार्यमा वि.सं. २०५० को दशकमा साहित्यिक कार्यक्रम पोखरामा शुरू गरेको थियो। तत्पश्चात, हालसम्म दुई दशकको अवधिमा नेपालको विभिन्न स्थानमा कार्यक्रमहरु सम्पन्न भइसकेको आयोजकको भनाई रहेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]