३० श्रावण २०७७–खोटाङ्ग । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उद्यमी अग्नी प्रसाद राईले उत्पादन गरेको तितेपातीको तेल बिक्री गर्न नसक्दा भण्डारमै थन्किएको राईको गुनासो रहेको छ ।
संबृद्धिपथ एग्रो कम्पनी प्रा.लि.का रुपमा दर्ता गरी २०७५ साल भदौ ३ गतेदेखि सञ्चालनमा ल्याइएको तितेपाती प्रशोधन उद्योगमा उत्पादित सय केजीभन्दा बढि तितेपातीको तेल थन्काएर राखिएको उक्त सुगन्धित तेलले बजार नपाएको सञ्चालक राईको भनाई रहेको छ ।
अघिल्लो पटकको उत्पादनमा १० हजारदेखि १२ हजारका के.जि.का दरले करिब ५० केजी तेल बिक्री भए पनि हाल १०० केजीभन्दा बढि तेल थन्किएर बसेको छ । खेर गइरहेका बनस्पती तितेपातीको सदुपयोग गर्दै आर्थिक संबृद्धि प्राप्तीका लागि पाथेकाका ९ स्थानीयले ३५ लाख लगानीमा तापखोलास्थित त्रिबेणीमा तितेपाती प्रशोधन उद्योग सुरु गरेको जनाएकाछन् ।
ग्रामिण क्षेत्रमा खेर गइरहेको जडिबुट्टीयुक्त तितेपातीलाई प्रशोधन गरी सुगन्धित तेललाई काठमाण्डौ सम्म पु¥याउदा पनि बजारको अभाब र सस्तो मूल्यमा खोज्ने भएपछी बिक्री गर्न नसकिएको अद्यमी राईको भनाई रहेको छ । बैदेशिक रोजगार बाट फर्किएर सामाजिक हितको कार्य संगै स्वरोजगार बन्न लागि परेका राइले उत्पादित बस्तुको बजारको अभाबमा निराश उत्पन्न हुन थालेको बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]