प्रदिप राई
गीत संगीकको कुरा गर्ने बितिकै जो कोहीलाई आनन्दको अनुभुती हुन्छ । गीत संगीत मन नपराउँने व्याक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरो मनले उत्पन्न गराउँदछ । मनोरन्जनको मुख्य स्रोतको रुपमा गीत र संगीतलाई लिने गरिन्छ । ठुलाठुला परिबर्तनका लागि गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ ।
पर्देशको बसाई अनी जीवनको दौडानमा आज गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली गीत संगीत क्षेत्रमा अहिलेका नवोदित गायक सङितकार साथै गीतकारका रुपमा चिनिदै आएका उटन राईको बारेमा केही लेख्न मन लाग्यो ।
समय निष्ठूरी अनी बलवान छ तर यस्को महत्व बढी छ यती बढी छ जसको कुनै बर्णन गर्न सकिदैन । दिपरुङ चुईचुमा गाउपालिका वडा न, ४ बतासे, बोल्पा खोटाङमा बि.स. २०५४ साल मङ्सिरमा पिता तेज बहादुर राई र माता पुष्प राईको कोखबाट जन्मिएका राई आज गीत संगीतको दुनियामा निकैअभ्यास गरिरहेकाछन् ।
बिगत ५ बर्ष देखी निरन्तर अभ्यस्त रहेका राई सानै उमेरदेखी गायनमा रुचि राख्ने गर्दथे । राईका हाल सम्म ७ वटा गीत बजारमा आईसकेका छन् । बिभिन्न गायनका कार्यक्रमहरुमा सामेल भएका राईले अहिलेसम्म जाली रुमाल,मैले भन्दा धेरै माया, म तिमीलाई माया गर्छु, कती सुहाको सिन्दुरले, कती चोट हुदोरहेछ जिन्दगी, आज म देखी टाढा छौ, मनकी रानीले पान्धेरे बजार, नआउने छोडेर प्रिया, अनुराग श्रेष्ठ, मनिपाल राई, लगायतको संगितमा स्वर दिएका राईले (उटन) एल्बम पनि दर्सक सामु ल्याई सकेका छन् ।
उक्त एल्बमका गीतको म्युजिक भिडियो मलेसियामा छायाङ्कन भएको र सो गीतमा करण मगर र ममता राई, मोडेलको रुपमा प्रस्तुत भएकाछन् । राई भन्छन ‘नेपाली संगीतलाई नै निरन्तर दिने उद्देश्य लिएर अगाडी बढिरहेको छु । गीत संगीतलाई मायागरेर अगाडी बढ्ने लक्ष्य र उद्देश्य रहेको “उटन” राई को भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]