• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

नेकपा कार्यदलको सक्रियता विवाद समाधान गर्न सूक्ष्म छलफल ।

३२ श्रावण २०७७, आईतवार ०७:४७ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • १७४ पटक पढिएको
  • ३२ श्रावण २०७७–काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम शुरू गरेको छ ।

    शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन सकिन्छ भन्ने हिसाबले सूक्ष्म तहबाट छलफल शुरू भएको छ ।

    विवादलाई समाधान गर्न कसरी छलफल अगाडि बढाउने विषयमा सामान्य कुराकानी भएको कार्यदलका सदस्य एवं नेकपाका सचिवालय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उनले भने, “शुरूमा कार्यदलकै बारेमा छलफल भयो, त्यसपछि काम कसरी अगाडि बढाउने विषयमा पनि कुराकानी गरियो ।”

    पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलमा सचिवालय सदस्य शङ्कर पोखरेल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् । कार्यदलले पार्टीमा देखिएको वैचारिक, राजनीतिक, साङ्गठनिक विवाद पहिल्याउने काम गरेको छ । अब यसलाई समाधान कसरी गर्ने र त्यसको विकल्पका बारेमा छलफल शुरू भएको जनाइएको छ ।
    बिहीबारदेखि अध्यक्षद्वयका बीच भएको छलफलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शुक्रबार कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलले पार्टी महाधिवेशन, बाँकी रहेका पार्टीको समायोजन, कार्यविभाजन, प्रदेश तथा सङ्घमा मन्त्री हेरफेर, सरकार र पार्टीबीचको समन्वय लगायतका विषयमा छलफल गरिने जानकारी दिइएको छ ।

    अविश्वास बढाउनेतर्फ नलागौँ ः थापा

    कार्यदल गठनमा भएका टीकाटिप्पणीप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकता र सहमतिको प्रक्रिया जे जसरी भए पनि अगाडि बढ्नु निकै खुसीको कुरा भएको बताएका छन् ।

    उनको भनाइ छ, “यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासो र भत्र्सना गरेको स्वीकार्य हुन सक्दैन, केही अघिसम्म चार जनाको मोर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिँदै जानु सकारात्मक सङ्केत हो ।”

    थापाले आफ्नो प्रतिक्रियामा भन्नुभएको छ, “दुई जना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हो । विधि, पद्धति र संस्थागत कार्यपद्धति पनि यही हो ।”

    “दुई अध्यक्षका बीच विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेचमा कोही संलग्न भएर आफ्नो इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकै राम्रो होला,” थापाको भनाइ छ ।

    स्वार्थभन्दा माथि उठेर पार्टीमा सहमति, एकता र पारस्परिक सम्मान बढाउने हरेक सकारात्मक प्रयत्नमा लाग्न आग्रह गर्दै सल्लाहकार थापाले भन्नुभएको छ, “सहमतिको प्रयासमा सके खुला दिलले सहयोग गर्न अग्रसर भए हुन्छ, नसके आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेलमा सक्रियता नदेखाउनु नै समयोचित र उपयुक्त कदम हुनेछ ।” गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑