काठमाडौं, ३२ साउन । आफ्नै श्रीमती र पूर्व प्रेमिकाले ग्याङ खडा गर्दा मनमैजुमा नुवाकोटका एक युवाले ज्यान गुमाएका छन् ।
शुक्रबार राति भएको उक्त घट्नाको अनुसन्धान गरिरहेको प्रहरीले लक्ष्मण तामाङको ज्यान जानमा श्रीमती सोनु श्रेष्ठ र पूर्व प्रेमिका पुष्पा पन्तले तयार पारेको ग्याङ नै मुख्य रहेको बताएको छ ।
उक्त घट्नाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार दुवै महिलाले ग्याङ खडा गरेर झगडा गर्दा तामाङको ज्यान गएको देखिन्छ ।
प्रहरीले उक्त घट्नाका मुख्य अभियुक्त दोलखाका आङदोर्जे शेर्पालाई पक्राउ गरेपछि उक्त रहस्य बाहिर आएको हो ।
प्रहरीका अनुसार सुरुका मृतक तामाङकी श्रीमती सोनु र तामाङकै पूर्व प्रेमिका पन्तबीच झगडा भएको र दुवै समूह आ–आफ्नो शक्ति देखाउन भाडामा केटाहरु ल्याएर झगडा गर्दा उनको ज्यान गएको हो ।
सोनुले पुष्पासँग बदला लिन शुक्रबार श्रीमान लक्ष्मण र भाइ समीर, लक्ष्मणका दाइ शंकरलाई समेत बोलाएर ल्याएपछि पुष्पाले पनि शेर्पासहितका केटालाई पैसा दिएर आक्रमण गराउन लगाएको देखिएको उक्त घट्नाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एक अधिकृतले जानकारी दिए ।
‘दुई समूहबीच झडप भएपछि श्रीमती छुट्याउन गएका लक्ष्मणमाथि शेर्पाले चक्कु प्रहार गरेको र उनको पेटमा चक्कु लागेपछि ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको देखिन्छ,’ ती अधिकृतले भने । नेपाल समाचारपत्र दैनिकबाट
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]