• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

‘डाक्टर चोर देश छोड’ नाराले देश कोरोना मुक्त हुन्छ?

३२ श्रावण २०७७, आईतवार ०८:५० मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • १८८ पटक पढिएको
  • ३२ श्रावण २०७७–काठमाण्डौ । कोरोनाको त्रास र महामारी दिनप्रति दिन बढ्दो छ। कोरोना संक्रमितलाई निको बनाउन स्वास्थ्यकर्मीहरु दिनरात नभनी उपचारमा खटिरहेका छन्। तर हाम्रो देशमा त्यही स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनुको साटो उल्टै घटाउने काम भइरहेका छन्।

    यस्तो विषम परिस्थितिमा पनि देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्य संस्था माथि आक्रमण अनि तोडफोडका घटना भइरहेका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा केही दिनअघि स्वास्थ्यकर्मी माथि विभिन्न लाञ्छना लगाउने तथा आक्रमण गर्ने काम भए।

    ‘डाक्टर चोर देश छोड’ सम्मका नारा लगाए। यदी अहिलेको अवस्थामा डाक्टरहरुले देश छोड्ने हो भने के हुन्छ ? कोरोना निको हुन्छ ?

    मलाई लाग्छ, कोरोना महामारी नियन्त्रणमा तीन तहका सरकार असफल भएको देखिन्छ। स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर क्वारेन्टाइनको जुन व्यवस्थापन गर्नुपर्ने हो। त्यो भएको देखिँदैन।

    वीरगञ्जकै कुरा गर्ने हो भने महानगरपालिकामा सरकारी अस्पताल एउटा मात्र छ। तर त्यो अस्पतालको विकल्पमा स्थानीय सरकारले केही गरेको देखिदैन।
    बरु केही निजी अस्पतालले कोरोना विशेष अस्पताल बनाए। तर न त प्रदेश सरकार कुनै विकल्प दिन सक्यो न स्थानीय सरकारले कुनै व्यवस्था गर्न सक्यो। अहिले नारायणी अस्पतालले कोरोनाको बिरामीहरु मात्र हेरिरहँदा अन्य अस्पतालमा कुनै व्यवस्था हुन सकेन।

    सरकारले कुनै तयारी नगर्ने अनि डाक्टर तथा चिकित्सक विरुद्ध नाराबाजी लगाएर मात्र हुँदैन। कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु नै अहिले सुरक्षित छैनन्। दैनिकजसो नै स्वास्थ्यकर्मीहरु संक्रमित भएका खबरहरु बाहिर आउने गरेका छन्।

    उपचारको क्रममा स्वास्थ्यकर्मीहरु संक्रमित भए कहाँ उपचार गर्ने र कसरी गर्ने भन्ने विषयमा सरकारको केही कार्यक्रम देखिदैन। राज्यहरुले उनीहरुको उपचारको ग्यारेन्टी न लिन सकेको छ न चाहेको छ।

    अहिले विभिन्न स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव छ। यो समस्या नारायणी अस्पतालको पनि हो। यो समयमा नेपाल मेडिकल काउन्सिलले एमबीबीएस पास गरेका २र३ सय डाक्टरहरु मेकिडल अभ्यासका लागि तयार होलान्। तर उनीहरुलाई लाइसेन्स परीक्षाको नाममा अनिर्णयको बन्दी बनाएर राखिएको छ।

    स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा राज्यले लिनुपर्छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथि आक्रमण गर्नेलाई बिना धरौटी जेल चलानको कानून ल्याउनुपर्छ।

    उपचारमा खटिने स्वास्थ्यकर्मीको लागि पनि कुनै विशेष सेवा सुविधाको व्यवस्था हुन सकेको छैन। स्वास्थ्यकर्मीलाई भत्ता दिने भनिएपनि सबै स्वास्थ्यकर्मीले पाउन सकेका छैनन्। दिनरात नभनी उपचार खटिने चिकित्सकहरु नै धमाधम संक्रमित हुन थालेका छन्। तर राज्यलाई यसको कुनै मतलब छैन।

    राज्यले विज्ञहरुको कुरा पनि सुन्नुपर्ने थियो तर सुनेको छैन। एकलौटी तरिकाले अघि बढीरहेको छ।

    चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्नेमा राज्य, राजीतिक वित्त र जनताले थर्काउने अनि धम्काउने काम मात्र भइरहेको छ। हामीले पटक÷पटक सुरक्षाको प्रत्याभूति गराउन आग्रह गर्दै आएका छौं। तर हाम्रो यो आवाजलाई राज्यले सुन्न सकेको छैन।

    कोरोनाको जोखिम र संक्रमितको संख्या दैनिक बढ्दो छ। स्वास्थ्यकर्मीहरु पनि संक्रमितहरु हुने क्रम बढ्दै गएको छ। यस्तो विषम परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन नसके कोरोना नियन्त्रण गर्न सकिदैन।

    (नेपाल चिकित्सक संघका उपाध्यक्ष डा अनिल कार्कीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित) साभार ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑