१ भाद्र २०७७–काठमाडौँ । नेपाल आयल निगमले लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बृद्वी गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
गत श्रावण ३२ गते राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँका दरले बढेको कुरा जानकारी दिएको छ ।
प्रेटोलियम पदार्थको मुल्य बृद्वीसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ तोकिएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने एथावत नै राखिएको खबर छ । भारतबाट आउने तेलको मूल्य बढेर आएकाले मूल्य बृद्वी गर्नु परेको नेपाल आयल निगमले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]