• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

पदका निम्ति पद्धतिमा प्रहार किन ?

१ भाद्र २०७७, सोमबार ०६:२३ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ५२३ पटक पढिएको
  • तारा पराजुली/उपमेयर बेलबारी न. पा.

    प्राचीन राजनीतिक सिद्धान्तको इतिहासले समूहगत जीवन र संगठनलाई सचेततापूर्वक बुझ्दै समाधानको प्रयासलाई जोड दिन्छ । यो एक बौद्धिक र प्राज्ञिक परम्परा भएकै कारण समय विशेषको अन्तरालसँगै मानिसको राजनीतिक समस्यासँगै विचारधाराको पनि विकास हुन्छ। यसको एउटै उद्देश्य राज्य र सामुहिक जीवनलाई व्यवस्थित,सभ्य समुन्नत र समृद्ध बनाउनु हो । समृद्धिका लागि मुलुकले थुप्रै अभ्यास र प्रयास पश्चात् लोकतन्त्र,गणतन्त्र र संघीयताको उदयसँगै जनताको पक्षमा संविधान समेत निर्माण भयो।

    मुलुकले समृद्धिका लागि दिगो सरकारको आवश्यकता र अपेक्षा गर्यो। यही मानकबाट निर्दिष्ट भई संविधान निर्माण पश्चात् देशकै ठूलो दलको नेतृत्वमा नेकपाको सरकार क्रियाशील छ । सरकारको नेतृत्व गर्दैगरेको दलबाट अन्य दलले धेरै राजनैतिक संस्कारहरु अनुसरण गरिरहेका हुन्छन् । यस अर्थमा पनि प्रमुख दलका आम क्रियाकलाप जीवनपद्धति सकारात्मक हुनुपर्छ ।

    पछिल्लो समय मुलुकको राजनीति चक्र केही शीर्षस्थ नेताहरुको वरिपरि घुमिरहेको छ । अहिले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ भन्ने माग प्रमुख विवादको विषय बनेको छ । अचम्मैको कुरा त के छ भने विगतमा प्रमुख प्रतिपक्षी दलहरुले सत्त्तापक्षलाई गर्ने कटाक्ष भन्दा घोर कटाक्ष अहिले आफ्नै समकक्षीबाट र आफ्नै दलबाट भईरहेको छ । नेपालकै इतिहासमा यस प्रकारको घटना र सन्दर्भ पहिलो र अनौठो लागिरहेको कुरा यततत्र सुनिन थालेको छ । प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नुपर्छ भनेर बैठक र मिनी बैठकहरुमा चर्काचर्की सुनिन थालेको छ ।

    यसका लागि तत्काल स्थायी कमिटीको बैठक आयोजना गर्नुपर्छ, पार्टी केन्द्रीय कमिटीको यथाशीघ्र बैठक हुनुपर्छ भनी स्थायी कमिटीका सदस्य, केन्द्रीय कमिटीका सदस्यले हस्ताक्षरसहित पार्टीमा बुझाउने काम पनि भएको छ। पार्टी कार्यलयहरु छाडेर थुप्रैपटक कोठे बैठक र भेलाहरु गरिए । अति गोप्य भनेर राखिएका बैठकका ऐजेण्डा र निष्कर्षहरु सडकमा छताछुल्ल भएर सतहसम्म पोखिए । कतिपय गोपनीयताहरु उदाङ्गो भए । यसले औँलामा गन्न सक्ने केही व्यक्तिहरुको क्षणभरको आवेगको आगो निभाउने काम त गर्योहोला यसबाहेक आमरुपमा सरकार र सरकारमा आबद्द पार्टीको आलोचना र टिप्पणीको उर्वर ब्याड तयार गर्ने काम मात्र भयो।

    देश संकट्मा परेको बेला फरक बिचार राख्नेहरु समेत एक ठाँउ र एकजुट भई लड्नुपर्ने समय आफैँभित्र फुट्का छाया र छिट्टाहरु देखिनुले सिङ्गो कार्यकर्ता पङ्तिको आत्मबल घटाइरहेको छ। यसबेला शीर्षस्थ नेतृत्वले बुझ्नुपर्ने हो। हिजो दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टीहरुले इतिहासको विषम खण्डमा पु¥याएको देन र परिवर्तनका लागि भनेर गरिएका आन्दोलनहरुको उच्च सम्मान मुल्यांकन गर्दै एकजुट र एकमत भएर परिवर्तनका निम्ति अघि बढ्नुको विकल्प छैन ।

    आम नेपाली जनता र शुभचिन्तकहरुले नेकपा र नेकपाको सरकारलाई जुन आकार र उचाईमा जसरी आँकलन गरेका थिए,एकतापछि देशले समृद्धिको यात्रा तय गर्नेछ,शान्ति ,स्थिरता र दिगो विकासका निम्ति पहल सुरु हुनेछन्, नेपाली जनताको जीवनयापनमा थप परिवर्तन सुधार आउने छ,दुई कम्युनिस्टहरु मिलेर बनेको स्थायी सरकार लोकतन्त्रको साख जोगाउन सफल सावित हुनेछ र नेता कार्यकर्ताहरु समृद्धिका इमानदार साधक हुनेछन् भन्ने बुझाई यसबेला भ्रम सावित हुनुहुन्न । आम सुभेच्छुकहरुको आत्मामा कदापि चोट लाग्नुहुन्न । विश्वासको फ्रेम अलिकति पनि नचर्कियोस् भनेर चौतर्फी खवरदारी भइरहेको छ।

    अहिले विवादको रुपमा देखिएको या ल्याइएको जुन विषय छ, यो बैचारिक सिद्धान्तको जगमा सुरु भएको विवाद र बेमेल होइन्। नितान्त पद र अवसरका लागि भइरहेको विवाद हो । पदकै लागि ईमान र प्रतिष्ठा नामेट बनाउने भने पार्टी र सरकारका तहगत लगायत सिंगो संरचना भत्किन पुग्छन् । क्षमता र कौशलकै कुरा गर्ने हो भने प्रधानमन्त्री पद मात्र होइन पार्टीभित्र ठूल्ठूला संयन्त्र हाँक्न सक्ने क्षमता र अनुभवले खारिएका नेता कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो संख्या निर्वाचित जनप्रतिनिधि र नवगठित पार्टीका कमिटीहरु भन्दा बाहिर छ । तिनको व्यवस्थापनबारे पनि सोचिनु पर्छ।

    यो विषम परिस्थितिमा सरकार परिवर्तनका असम्भव विषय प्रवेशले विकास र समृद्धिको गतिलाई कमजोर बनाइनु हुन्न। प्रधानमन्त्री रास्ट्रपति लगायतका प्रमुख नेतृत्व भागबन्डाको बखेडाले सिङ्गो संरचनामाथिको प्रहार यो मौसम प्रतिकूल प्रहार हुनेछ। यतातिर बेलैमा ध्यान दिन जरुरी छ। रहर र पद्धति फरक कुरा हुन्। पद्का लागि पद्धति विरुद्ध प्रहार गर्नुले संगठनको भविष्य कतातिर जाला सोच्न जरुरी छ।

    देशको शक्तिशाली पार्टी,देशको ठूलो पार्टी,जनताले विश्वास गरेको दल कतै अफ्ट्यारोमा पर्छ कि दुर्घटना हुन्छ कि,यसबेला सर्वत्र चिन्ताको विषय बनेको छ।आम जनताको अविछिन्न मायाले बाँचेको पार्टी, सम्भावना बोकेका बौद्धिक क्षमतावान नेता कार्यकर्ता शुभचिन्तक शुभेच्छुकहरुको प्रेम र सम्मानले जीवन्त पार्टी भएको नाताले पार्टी काम गर्ने अवसर र क्षमता अनुसारको पदको अपेक्षा राख्नु गलत होइन। क्षमतावान संगठकहरुद्वारा निर्माण भएको यस संगठनमा योगदान पुर्याउनेहरुले अवसर पाउनुपर्ने माग अस्वभाविक पनि होइन। तर कुशल नेता कार्यकर्तामा धैर्य र सहनशीलता महत्त्वपूर्ण गुण हुन् भन्ने कुरा भुल्नु नहुने तथ्य हुन्।

    आत्मकेन्द्रित सिद्धान्तको राजमार्गमा अवसरको रेल गुडाउँदै गर्दा एकफेर सोच्नुपर्ने हो कि,हामी उच्चस्तरको राजनैतिक संस्कारको विकास पनि गर्दैछौँ भनेर। पार्टीमा यति लामो त्याग संघर्ष गरेर यहाँसम्म आइपुग्दा एकफेर त सोच्नुपर्ने हो,छानोँ नै नरहे कसरी घाम छेकिएला ? धुरी नै चुहिए कसरी शीर ओतिएला ?बितेका दिन हाम्रा लागि सफा ऐना हुन्। यही सुकिलो ऐनामा आफ्नो अनुहार मात्र होइन पुरै शरीर हेरौँ। हिजो जनताको आँगन टेकेर दुई हात जोडी पटकपटक गरेका बाचाहरु सम्झनुपर्दैन ?जनताले प्रदान गरेको जनमत नमस्कारको सट्टा चढाएको भेटी अवश्य होइन। यो मत विश्वासको मत हो,भरोसाको मत हो, समृद्धिका लागि सुम्पिएको पुर्जा हो। परिवर्तन र समृद्धि ल्याउनका निम्ति सिङ्गो कार्यकाल आफ्नो उच्च विवेक, इमान्दारिता, चातुर्यताले मुलुक झलमल्ल बनाउन भनेर सुम्पिएको विश्वासको पूर्जा बाचा पूरा नगरी च्यात्न मिल्छ ?

    प्रधानमन्त्रीले गरेका युगान्तकारी कामहरु देशकै गौरव हुन्। पार्टीले गरेका काम संगठनकै गरिमा हुन्,सम्पत्ति हुन्। छोटो समयमै प्रधानमन्त्रीको नेतृत्वमा गठन भएका तीन तहका सरकारले गरेका थुप्रै जनमुखी कामहरुको सम्मान गर्दै सरकारलाई थप प्रगतिशील र सिर्जनशील बनाउन सहयोग गरौँ। ती पार्टी जीवनकै थप गुडवील हुनेछन् । पछिल्लो समय सिमानामा राखिएको बिओपीले प्रधानमन्त्रीको मात्र होइन सिङ्गो देशको बहादुरीको प्रमाणपत्र प्रस्तुत गरिरहेको छ।

    भारतद्वारा अतिक्रमित भुमि हाम्रो हो भनेर यो सरकारले प्रष्ट नक्सा नै सार्वजनिक गर्ने काम गरेको छ। यश कार्यले देशको अनि पार्टीको उचाईलाई माथि उठाएको छ। चिनियाँ रास्ट्रपतिको नेपाल भ्रमण,पुननिर्माणमा फड्को,पेट्रोलियम पाइपलाइनको सुरुवात,रेलमार्ग,सामाजिक सुरक्षा कार्यक्रम,पृथकतावादी राजनीति निस्तेज,छिमेकीसँग सन्तुलनको प्रयास भूमी रक्षाका लागि बुलन्द आवाज,आदि साहसी कार्यहरु प्रसंशायोग्य कार्यहरु हुन् ।

    अत स् यसबेला आन्तरिक कलह भुलेर एकताबद्ध भई महामारीका विरुद्ध लड्नु बुद्धिमानी हुन्छ । बितेको चार महिना यता विश्व जगतले निक्कै ठूलो संकटको मार धान्नु परेको छ। अप्रत्याशित एकाएक विश्वभर प्रवेश गरेको संकटको रुप झनै रौद्र र कहाली लाग्दो बनिरहेको छ। कहिल्यै कल्पनासम्म नगरेको यस महामारीका कारण शक्ति राष्ट्रदेखि ससाना र सामान्य आर्थिक अवस्था भएका मुलुकहरु समेत कोरोनाका कारण त्रसित र आतंकित बनेका छन्। नेपालमा पनि भिन्न स्वरुपमा प्रवेश गरेको यस संकटलाई विपतका पूर्वतयारीहरु अपनाईरहँदा पनि फरक स्वरुपकै कारण प्रभाव पर्गेल्न अफ्ट्यारो परिरहेको छ। देश महामारीको रापमा सेकिइरहेको छ ।

    हरेक दिन डुबान, कटान र बाढीपहिरोबाट धनजनको क्षति भइरहेका समाचारहरु सम्प्रेषण भइरहेका छन्। लकडाउनका कारण दैनिक रोजीरोटी खोसिएका नागरिकहरुको हातमुख जोर्ने समस्या झन्झन् जटिल हुँदैछ। तिनको समाधान खोज्ने बेला हो।नागरिकहरु जीवन मरणको लडाइँ लड्दै गरेको यो समय पार्टी शीर्ष नेतृत्व भने आन्तरिक राजनैतिक द्वन्दमा अल्झिर्हँदा कतै महामारी हुर्कने त होइन ? सोच्न जरुरी छ। यसबेला त्रासले खेदीइरहेका नागरिकलाई कुशल अभिभावकत्वको खाँचो छ। कोरोना भयका कारण ठूलो संख्यामा विदेशबाट युवाहरु फर्किएका छन् । उनीहरुको सीप, क्षमताको सदुपयोग गर्न उद्योगहरु चाहिएको छ ।

    आयातित बस्तुहरु उपयोग गरिरहेको मुलुकलाई उपभोगमा आत्मनिर्भर बनाउन बहुउद्देश्यीय रोजगारकेन्द्रहरु स्थापना गरि रोजगारीका अवसरहरु श्रृजना गर्नु अहिलेको आवश्यकता हो। समग्रमा यो समय बाँच्ने बचाउने समय भएकोले बाचौँ बचाऔँ। यसैमा सबैको भलाइ छ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑