१ भाद्र २०७७ काठमाण्डौ । नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा सहित अन्य ३ सैनिक अधिकारीलाई सम्पत्ति र अनुशासन तथा आचारणसम्बन्धी कसुरमा सेवाबाट बर्खास्त भएको खबर प्राप्त भएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गत श्रावण ३२ गते सैनिक अदालतको निर्णयले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।
पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठह¥याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको जनाएको छ । सहायकरथी राणाले रु एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिलवालले रु १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय भएको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]