१ भाद्र २०७७–काठमाण्डौ । खोटाङको माटोले जन्माएको बिगत २५ बर्ष देखी निरन्तर पत्रकारीतामा अनबरत रुपमा कलम चलाएका बरिष्ठ पत्रकार दिपक पाण्डे प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएकाछन् ।
गत श्रावण ३२ गते चार वर्षका लागि काउन्सिलको सदस्य पदमा नियुक्त भएका पत्रकार पाण्डे प्रकाश साप्ताहिकका सम्पादक एवम् जनता टेलिभिजनका सल्लाहकार सम्पादक समेत रहेकाछन् ।
खोटाङको डुम्रेधारापानीमा जन्मिएर काठमाडौँलाई पत्रकारीताको कर्मथलो बनाएका पाण्डे नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय सदस्य एवम् लेखा समितिका संयोजक समेत रहेका थिए ।
पाण्डे प्रेस काउन्सिलको सदस्यमा नियुक्त भएलगत्तै आम पत्रकारीतामा नया आयाम थपिनुका साथै पत्रकारिताको हकहितमा लोक कल्याणकारी कार्यमा बल पुग्ने ब्यबसायिक पत्रकारीताको क्षेत्रमा एउटा उचाई कायम हुने निश्चित भएको शुभेच्छुकहरुको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]