२ भाद्र २०७७–काठमाण्डौ । युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोका नियुक्त भएसंगै खोटाङ्गलाई अर्को खुसी थप भएको छ । यस अघि प्रेस काउन्सिल नेपालको सदस्यमा खोटाङकै दिपक पाण्डे नियुक्त भएका थिए ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले डा. देवराज रोका (कल्याण) लाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको जानकारी प्राप्त भएको हो ।
पूर्बको कालिकोट भनेर चिनिने खोटाङ्ग जिल्लाको दिप्रुङ्ग चुइचुम्मा गाउपालिकामा जन्मिएका रोकाले जनसंख्या अध्ययन, समाजशास्त्र, मानवशास्त्र, इन्टरनेशनल इकोनोमिक कोअपरेशन र राजनीतिकशास्त्र सहित ४ वटा विषयमा स्नात्तकोत्तर गरेकाछन् ।
चीनको वेइजिङ्गबाट राजनीतिक अर्थशास्त्रमा बिद्याबारिधी गरेका रोकाले नेपालको राजनिति र प्राध्यापनको समेत अनुभब लिएकोले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषबाट आम युवाहरुलाई रोजगारी र आर्थिक उपार्जनमा बृद्वी गराउने आशा रहेको शुभेच्छुकहरुले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]