२ भाद्र २०७७–खोटाङ्ग । बर्षदिन अघि रुखबाट लडेर ओछ्यानमा थलिएकी जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीसंग उपमेयर बिमला राईको भेट हुनुले नयाँ जिन्दगीको शुरुवातको संकेत देखिएको बिरामीको आफन्तको भनाई रहेको छ ।
घाइते भएकी चिनामायाँलाई सुरुमा बीर अस्पतालसम्म लगिएको थियो, बीर अस्पतालले न्यूरोमा रेफर गरेपछी कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी आफन्तले घर फर्काएपछि उनी ओछ्यानमा कष्टपूर्ण दिन विताउन बाध्य बनेकी थिईन् ।
रुखबाट लडेको तीन महिनासम्म उनको बोली नआएको अलिक पछाडी होस आएपनि उनी आफै ओल्टोकोल्टो फर्कन नसक्ने अवस्थामा पुगेकी थिइन् । ओछ्यानमा उनका हातखुट्टा चलमलाउँथे । हातखुट्टा तन्काउन, खुम्च्याउन सक्ने अबस्था थिएन । झोलिलो कुरा मात्र निल्ने, खाना निले लगत्तै वान्ता हुने भएकाले उनको शरीर सुकेर हाड र छाला मात्र बाँकी थियो ।
बुवाले दोश्रो विवाह गरी छुट्टै घरजम गरेर बसेको,चिनामायाँ आमा, दाजु, भाउजुसँग बस्ने गरेको र उपचार नपाएको भन्ने कुरा सालचौतारा–ओफ्लाङ–राईघाट सडक अनुगमन गर्न गएकोबेला थाहा भयो हलेसी तुवाचुङ्ग नगरपालिकाकी उपमेयर बिमला राई लाई । कक्षा १० मा अध्ययन गरिरहेकी पिडित चिनामाया बिरामीकै कारण अध्ययन रोकिएको समेत भेटघाटबाट जानकारी भएपछी केही समय पछी उपमेयर राईकै ब्यक्तिगत खर्चमा जिप रिर्जभ गरेर उपचारमा काठमाण्डौ पठाएको जानकारी प्राप्त भएको थियो ।
आर्थिक अवस्था कमजोर भएकै कारण वर्ष दिनसम्म अस्पतालमा जान नसकेकी चिनामायाँको उपचारका लागि मलेसियाबाट १४ जना शुभेच्छुकले २८ हजार ६७९ रुपैयाँ पठाएर सहयोग गरेका छन् । यस्तै, च्यास्मीटारका दिर्घ राईले २० हजार, ओफ्लाङका राजकुमार राईले ८ हजार र बाहुनीडाँडाका सुवास राईले ३ हजार ५ सय सहयोग गरेको पिडितका आफन्त सुर्ज अधिकारीले बताएकाछन् ।
उपचारको लागि गत साउन १३ गते टिचिङ अस्पताल भर्ना गरिएको चिनामायाँलाई गत आईतबार अस्पतालले डिस्चार्ज गरेको जानकारी प्राप्त भएको छ । चिनामायाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि अस्पतालले डिस्चार्ज दिएको उनका फुपाजु सुर्ज अधिकारीको भनाई रहेको छ ।
उपचारपछि उनलाई खाना खाँदा वान्ता नहुने, दाउराजस्तो सुकेको शरीरमा मासु लागेको, तौलमा वृद्धि भएको र बोलीमा सुधार आएकोले नियमित औषधि सेवन गरेको केही समयपछि चिनामायाँ हिँडडुल गर्न सक्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]