४ भाद्र २०७७–खोटाङ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ को कारण पालिका भित्रका शिक्षण संस्था बन्द भएपछी नेपालमा लकडाउन खुला भए लगत्तै टोलटोलमा शिक्षक खटाएर सुचारु गरेको पठन–पाठन बन्द गरेको जनाएको छ ।
गत साउन ७ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गरेको गाउँपालिकाले कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको भन्दै बुधबार बसेको गाउँ शिक्षा समितिको निर्णय अनुशार बिहिबारदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको भनाई रहेको छ ।
असार मसान्त बित्दा समेत कोभिड–१९ को अशर कम नहुँदा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएको भन्दै जिल्लाको १० स्थानिय तह मध्ये पहिलो पटक गाउँपालिकाले सामाजिक दुरी कायम गरेर ४८ विद्यालयका ५ हजार ५१२ विद्यार्थीहरुलाई १५१ वटा केन्द्र निर्धारण गरेर पठन–पाठनलाई सुचारु गराएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]