• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

कोभिड १९ ले जन्माएको परिस्थिति 

५ भाद्र २०७७, शुक्रबार ०७:१५ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : १६ मिनेट
देश पोस्ट
  • २२६ पटक पढिएको
  • विप्लवी तेन्जु योन्जन 
    हाल – रेगिस्तान 

    अंग्रेजी बर्ष २०१९को अन्तिम अवधिमा डिसेम्बर महिनामा चिनको ह्वान शहरबाट देखा परेको कोरोना भाइसको यो माहामारीले अहिलेको स्थिति सम्म आईपुग्दा विश्व तहस नहसको स्थितिमा पुराई सकेको अबस्थामा छ।

    कति देशका मानिसले त  चाइनिज भाइरस.. पनि भन्न पछि परेनन । कोरोना भाइरस( कोभिड १९ कोरोनाले विश्वलाई गर्नु गर्यो।विश्वका सम्पुर्ण देशको अर्थतन्त्र ओरालो लागिसकेको स्थितिमा पुगेको छ   यो मात्र हैन बिश्व मा धनी राष्ट्र भनेर चिनिने राष्ट्रहरुको अर्थतन्त्रलाई डामाडोल स्थिती बनायो भने,नेपाल जस्ता गरिब राष्ट्रलाई त सयौं  वर्ष पछि धकेलिरहेको छ। यस अर्थमा  भन्नूपर्दा आधुनिक धनाड्य भनाउदा मान्छेलाई हातमुख छोप्न लगायो,भने विपन्न गरिब  वर्गलाई हातमुख जोर्न धौधौ बनायो।
    जब बिश्वमा माहामारी फैलिदै जादा आफ्नो देशको नागरिक स्वास्थ्य स्वच्छ निरोगी राख्न र माहामारीबाट जोगाउन हरेक देशले (लकडाउनु) घोषणा  गर्यो केही महिना पछि केही खकुलो बनायो । फेरि संक्रमन बढ्दै जादा फेरि लकडाउन थपिदै छ।  हिजोआज यो यो दुनियाँ केही शान्त छ। यतिखेर रंगीन यो दुनियाँ घर भित्रै थुनिएको छ। एकातिर मृत्युको त्रासदी छ भने, अर्कोतिर कोरोना सँग हारेकाको लास छ। एकातिर भोकमारी बढ्दो छ।  आखिर् जुनसुकै देशका,जुनसुकै जातका र जुनसुकै धर्मका भएपनी मानवीय नाताले ती अन्जान लास प्रती आँखा त रसाउछ नै।बाध्यताको डुङ्गा तरेर, सात समुद्र पारीको देशमा पसिनाको सिंचाइ गर्दागर्दै कोरोना भाइरस सँग हारेका मृतक नेपाली लगायत नेपालमा मृत्यु भएका नेपाली प्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु।
    अहिलेको यो विषम परिस्थिति  अगिंकार गर्दा ,आफू बचेर अरुलाई पनि बचाउनु पर्ने अवस्था सृजना भएकोछ। बाचौं र बचाऔं भन्ने कोरोनाले दिएको शिक्षालाई लकडाउनमा परिणत भएकोछ। नेपालमा लगाइएको लकडाउनले कैयौं समस्या र पाठ  जन्माएको छ। एउटा समस्या  झुपडीमा छ ,जो राहतको पर्खाइमा छ। एउटा पाठ बन्द कोठामा छ ,जो आफै बन्द भएर बसेको छ। एउटा समस्या  सडकमा छ,जो आफ्नो घर पुग्नलाई दिनरात हिडिरहेको अबस्था छ। एउटा पाटो भोको पेट छ, जो छाक टार्नलाई यताउता भौतारी रहेको छ। एउटा समस्या  आइसोलेसनमा छ,जो कोरोनाको स्वाब रिपोर्ट नेगेटिभ आओस् भन्ने कामना गरिरहेको छ।
    एउटा   अस्पतालमा छ,जो कोरोना भाइरस बोकेर,मृत्यु सँग पौठेजोरी खेलिरहेको छ। एउटा पाटो संसद भवनमा छ,जो भत्ता पचाउनलाई बेतुकमा ताली बजाउछ। अर्को  नेपाल शितल निवासमा छ ,जो शितल तापेर बसिरहेको छ। अर्को थरी  बालुवाटारमा छ, जो पद र शक्ति जोगाउन मै तल्लीन छ। साथै पार्टी भित्रको खिचातानि फुट र जुट गर्दै  भत्ता भोजन गरिरहने मनुष्य  अनि एउटा पक्ष परदेशमा छ,जो सकुशल स्वदेश फर्किने दिन पर्खेर बसेको छ। यो कामना छ,देशमा रेमिट्यान्स पठाएर देशको आधा अर्थतन्त्र धानिरहेको मिहिनेती श्रमिकहरु चाडैं नेपाल फर्किने वातावरण बनोस्।
    नेपालमा लगाइएको लकडाउनले अर्धशतक पूरा गरिसकेको छ।लकडाउनको यो अवधि सम्म आइपुग्दा नेपालमा धेरै मर्माहत खबरहरु देख्न,सुन्न र पढ्न पाईसकिएको छ। निर्दोष जनता माथी पुलिसको लाठी वर्षिदा, लाग्छ बर्दीको आडमा जे पनि गर्न पाईदो रहेछ। तर पुलिसले नै अप्ठ्यारोमा परेका जनतालाई सहयोग गरेको देख्दा,ती पुलिसहरु लाई मनै देखि सलाम ठोक्न मन लाग्छ।स्वास्थ सामाग्री खरिद देखि क्वारेन्टाइन अनि बिदेशबाट फर्किएको नेपाली नागरिकलाई क्वारेन्टाइनमा राख्ने निहुमा कमिसन खोज्ने लुटतन्त्र गरिरहने सरकार ।  बहालको नाममा घरबेटीहरुले डेरावालहरु लाई आर्थिक दबाब दिएको देख्दा,लाग्छ अब त! मानवीय धर्म यो धर्तिमा समाप्त  भएछ।
    तर जो श्रमजिबि बर्गबाट माथि पुगेका ठूला हृदय भएका ब्याक्तित्वहरुले राहत वितरण गरेको देख्दा,लाग्छ मानवता अझै जिवित रहेछ।नेपाल सरकारले गरिब र विपन्न परिवारलाई राहत वितरण गरेको देख्दा, लाग्छ यो देशको सरकार जिउँदो रहेछ।तर राहतको नाममा कुहिएको अखाद्य वस्तु बाडेको देख्दा, भन्न मन लाग्छ दुई खुट्टे जूकाहरु हो… जनताको रगत-पसिना कति चुस्छौ चुस।यो संकटको समयमा नेपाली जनताले जे चाहेका छन,त्यो पाइरहेका छैनन्।जे चाहेका थिएनन्,त्यो पाइरहेका छन।सत्ताको आडमा मनपरी तन्त्र लादेकोछ।
    बिदेशमा अलपत्र परेका ती आफ्नो नेपाली नागरिकहरुलाई वैदेशिक रोजगारमा जम्मा गरिएको नेपाली कामदारको पसिना  कोषबाट यो कोरोना कहरमा नेपाल ल्याइनु पहल गरिनुको सट्टा ब्यापारि दलाल संग मिलेर कमिसनको चलखेलमा ५०० अमेरिकि डलर रेट तोक्ने सरकारलाई हामिले कसरी भन्न सक्छौ सरकार जनताको पक्षमा छ भनेर । चाटरको नाममा कमाउ तन्त्र गरिरहेछ। मुख्य पिडित घर फर्किन नपाई तड्पी रहेको छ। तर जो अलिक सस्था एन आए अनको नजिकको मान्छे छ त्यो मान्छे घर जादैछ। तर दुई तीन महिना देखि फारम  भरेर लाईन कुरिरहने पिडित रोगी अझै फर्किने मितिको पर्खाईमा छन ।
    सत्तारूढ दल भित्र पदचापलाई पछ्याउने भन्दा, पदलाई पछ्याउने नेताहरुको लर्को लामो छ। जुन लर्को यतिलामो भई सक्यो कि,जहाँ शक्ति र सत्ताको बिन्दुमा पुगेर खिचातानी गर्न मै व्यस्त छन।गरिब मुलुकको गरिब उपकरण बोकेर नेपालका चिकित्सकहरु कोरोना सँग लडिरहेको बेला राजनीतिका महिशासुरहरु भने, आफैं आफैंमा सत्ताको लागि लडिरहेका छन्।कोरोना महामारीको थप संकट रोक्न, जनताको जिउधनको सुरक्षा ,अर्थतन्त्रलाई सुढृढ र रोजगारीको सुनिश्चिताको लागि के गर्न सकिन्छ भन्ने दुरदर्शि खाका कोर्नुको साटो, सत्तारूढ दलहरु सत्ताको लुछाचुडी मै ब्यस्त देखिन्छन।
    अधिबेशनको नाममा पार्टी बिभाजनको टुंगो लगाउनु ब्यस्त रहेको सरकारलाई गरिब जनतालाई स्वास्थ्य राख्ने चिन्ता कहाँ आउँछ।  यो अहिलेको कम्जोरी सुरक्षा सुरक्षित ब्यबस्थापन नहुनुले नेपालमा लगाइएको लकडाउनको पिरामिड हेर्ने हो भने लकडाउन गरेरै कोरोना भाइरसलाई तह लगाउने सरकारको सँकुचित अपरिपक्व मानसिकता देखिन्छ।तर देश भित्र जनता माझ  कोरोनाले जन्माएको भयावह स्थिति,वर्तमान सरकारले देखिरहेको छैन। कोरोना पछि जन्मिने भोकमरी र बेरोजगारलाई कसरी सामना गर्ने? देशमा आउने अर्थतन्त्र गिरावट कसरी सामान्य तहमा ल्याउने भन्ने बिषयमा सोचेको छैन ।  यो जटिल प्रश्न माथी सरकारको ध्यान केन्द्रित भएको देखिदैन।
    यस्तै परिस्थितिलाई  मध्य नजर गर्दै नेपालको महामारी रोगको इतिहास हेर्ने हो भने,नेपालीहरु को लास थुप्रीएको कैयौं उदाहरण छन।त्यो महामारीको अन्त्य पछि देशमा भोकमरी चलेको थियो।देशको अर्थतन्त्र धराशायी बनेको थियो। देशको बागडोर सुस्त बनेको थियो।तर देश हाक्ने ड्राइभरहरु, त्यो कालो इतिहासले सिकाएको पाठलाई मनन गर्न चाहिरहेका छैनन।शुरुवात पछि अन्त्य अवश्य हुन्छ।त्यसकारण कोरोना भाइरसको पनि अन्त्य एकदिन अवश्य हुन्छ। तर अन्त्यपछि निम्तिने विकराल स्थितिको चिन्तन, शुरु बाटै शुरुवात गर्न जरुरी छ। किन कि यसरी नगर्ने हो भने देशमा फेरि ठूलो संकटकाल आपतकालिन स्थिति आउन सक्छ। निकट भविष्यको आँकलन कस्ले पो गर्न सक्छ र!…भोलिको दिनमा लकडाउन सकिए पश्चात् अभावले अर्को अभावको स्थिति जन्माउन पनि सक्छ।बेरोजगारीले अर्को बेरोजगार परिस्थिति  जन्माउन पनि सक्छ। भोकमरीले अर्को भोकमरीको जन्माउन पनि सक्छ।नेपालीले नचाहेको नेपाल जन्मिन पनि सक्छ।त्यसैले आम नेपाली जनताले चाहेको समृद्ध नेपाल जन्माउन, वर्तमान सरकार बेलैमा सचेत हुन जरुरी छ। किनकि नेपाल र नेपालीले शिर उचो पार्दै कोरोना सँग युद्ध गर्नु छ।जून युद्धमा नेपाल र नेपालीले जित्नुछ।अनि समृद्ध नेपालको निर्माण गर्नु छ।
    हाम्रो देश नेपाल हो  भनी चिनाउनु छ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑