प्रदिप राई “अभी”
संगै डुल्ने बगैचाको फुल कतै झरे भने।
लास माथी राखी दिनु समिपमा परे भने।।
हेरी कतै नजानु है कुरुप मेरा प्रती बिम्ब।
बास चढी घाट तिर बसाई अघी सरे भने।।
तिम्रो खुशी प्रफुल्ला मन खुल्ला होला बाटोपनी।
मुढा संगै जलाई यो तन समरपित गरे भने।। ‘
नखोज्नु है बगरमा छरिएका खागहरु।
बिलिन हुँदै गंगा जि मा यो संसार तरे भने।।
नसम्झनु थुकी दिनु मिर्मिरेको लाली संगै।
बिस्फोट हुँदै सपनिमा निद कतै हरे भने।।
दिप्रुङ चुइचुम्मा गाउपालिका – ४ बतासे दिनुवा खोटाङ,
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]