हामी नेपालिको बाध्यता बिबस्ता ,आफ्नै पैसाले आफै बेचिनुको पीडा । दलालिको हातमा आफ्नो गैरी खेत बन्दकि राखी दलाललाई पैसाको बिटो बुझाएर बिदेशमा श्रम बेच्न जानू हाम्रो कुनै रहर हैन ।
बाध्यता हो , देशमा गुणस्तर युक्त प्राबिधिक तथा ब्याबहारिक शिक्षा नहुदा लाखौं लाख युवा मास्टर डिग्रीको प्रमाण पत्र थन्काउदै खाडीमा बेल्चा गाईती हान्न बिबस छ। यो हुनु देशमा संचालित सत्ता सरकारको गैरजिम्मेवारको मुख्य कारण हो ।
स्वारोजागको भाषण गर्दै रेमिटेन्सको लागि गरिबको छोरा छोरी वैदेशिक रोजगारको नामले बेच्ने अघोषित लाईसन प्राप्त दलाल हो सरकार । अहिलेको परिस्थितीमा ७० लाख भन्दा माथी वैदेशिक रोजगारमा रहेको आफ्नो नागरिकबाट आएको रेमिटेन्सले सत्तामा रहेर आफ्नो स्वार्थको निमित एक पछि अर्को जनताको हित बिपरित निर्णय गर्दैछ। बिश्वमा बिश्वब्यापी माहामारी कोभिड १९ कोरोना कहर खेपिरहेका बिभिन्न देशबाट आफ्नो जन्म भुमी फर्किने दिनको पर्खाईमा रहेका हजारौं नेपाली नागरिकहरु अलपत्र छ्न ।
सरकारको निर्णय चार्टर बिमानको चर्को भाडा फेरि प्रत्यक देशको दूतावासको लापरबाहीको कारण हजारौं नेपाली पिडित बनेको छ। सत्य तथ्य नाता वाद कृपावाद कमिसन ,को चलखेलमा पिडितको उद्धार हैन आफ्नो आफन्तको उद्धार भैरहेको छ भने पिडित जहाँको त्यही छ। उद्धारको पर्खाईमा बसिरहेछ। चर्को भाडा तथा नेपालमा गएर चर्को होटलमा बसाई अनि क्वारेन्टाइनमा तिर्नु पर्ने चर्को दस्तुरको कारण कति पिडितहरु डिप्रेसनको सिकार बन्न थालेको छ।
कठै कस्लाई थाहा छ प्रदेशको पीडा बिहान झिसमिश देखि बेलुकी राती सम्म लगातार १२,देखि १४ घन्टा लागातार गधाले झै जोतिनु पर्ने बाध्यता ।
शिरमा हेल्मेट,आधा अनुहार कपडाले ढाकेको,हातमा बाक्लो पन्जा अनि पाउमा सेफ्टी जुत्ता लगाएर खाडिको ५६ डिग्री चर्को घामको प्रवाह नगरि हजारौं नेपाली दाजुभाइहरु सडकको किनारमा श्रम गरिरहेको देख्दा कैयौंपटक मेरा आँखा रसाएका छन।
मेसिनको तातो रापमा तार्गेट पुराउनु पर्ने १२देखि १४ घन्टा उभिएर खट्नु पर्दा कस्तो पिडा हुन्छ। फेरि कम्पनी नराम्रो हुदा समयमा तलब नपाउनु तोके जति तलब नपाउनु अनि काम गाह्रोको कारण कयौं श्रमिक कम्पनी छोडेर अर्को कम्पनीमा अबैधानिक बनेर काम गर्नु बाध्य हुन्छन । यस्तै अबैधानिक कामदारको झन पीडा हुन्छ। अध्यागमनले मार्दा झेल जानू पर्ने डरै डरमा काम गर्न बाध्य छ्न । पैसाको लागि आफ्नो ज्यान खुकुरीको धारमा राखेको छ।कोठा बाट बिहान पकाएर लगेको बासी र पानीको भरमा दिनभर तातोघाम र बाफिलो हावासँग पौठेजोरी खेलेको दृश्य नियाल्दा कैयौंपटक मेरो हृदय भक्कानिएको छ ।
म सोच्न पुग्छ!म स्वयम् सग धेरै अबैधानिक नेपाली युवाहरू काम गरिरहेको छ। कहिले काहीँ सोच्ने गर्छु जिन्दगी,कठै! हामी नेपालीको कर्म। जन्मिनु छ एउटा देशमा,तर आधा जिन्दगी अर्कैको देशमा बिताउनु पर्ने!जन्मभुमि,आफन्त र परिवारसँग बिछोडिएर सात समुद्र पारिको देशमा रातदिन पसिनाको मुल फुटाउनु पर्ने!ती दाजुभाइहरु को अनुहार नियाल्दा लाग्छ हजारौं सपनाहरू साचिएका छन,परिवारको खुशी र सुख मिसिएका छन् ,उज्वल भविष्यको परिकल्पनाका रेखाहरु कोरिएका छन् तर न्यून पारिश्रमिकले यी सब मनको लड्डु खाए जस्तैः हो।
सहुलियत मुल्यमा श्रम बेचिरहन बाध्य हामी नेपालीहरुको पीडा नेपाल सरकारले कहिले सम्बोधन गर्ने हो । यदि देशमा समृद्धी ल्याउने हो भने बिदेशियका ७० लाख युवाहरु फर्काएर उनिहरुले जाने अनुसारको सीप आफ्नै देशमा श्रम गर्ने वातावरण मिलाउन सके दस बर्ष नबित्दै देशले मुहार फेर्ने निस्चित छ। पिडामा पिल्छिएको बेला महशुस हुन्छ नेपाल सस्तो श्रमिक उत्पादन गर्ने देश हो।
बिदेशिएका नेपाली दाजुभाइहरु तथा दिदिबहिनीहरु लाई कहिलेकाही म आफू सँग तुलना गर्छु। कर्म फरक भएपनि आखिर दुःख एउटै छ। बाध्यताको भारी पिठ्युँमा बोकेर मरुभूमिको देशमा संघर्षरत छौँ।कहि चरा खस्ने गर्मीमा रगत र पसिना सँग लुकामारी खेल्न बाध्य छौँ । त कहि मिसिन सग लडिरहेका छौं । आफ्नो पैसाले आफैं बेचिएर सस्तो कामदारको पगरी भिरेका छौँ।पिडा र सास्तीको ज्वालामा आफै डढिरहेका छौँ।विसंगति र विडम्बनाको झिरमा उनिएका छौँ। बेलाबखत अन्य देशका कामदारले हामी नेपालीहरु लाई हेय दृस्ठिकोणले हेर्दा कत्तिको मन छियाछिया हुदो हो,शब्दमा लेखेर लेखि साध्य छैन।
स्वदेशमा श्रमसिपको उचित प्रवन्ध र सम्बोधन राज्यबाट नभएपछि वैदेशिक रोजगारीमा भौतारिन विवश छौँ हामी नेपाली युवा। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल उडे लगत्तै शुरु हुन्छ हाम्रो संघर्षको कथा।दुःखको सारङ्गी रेट्दै भोको पेटको पिर मार्न त्यति सजिलो कहा छ र प्रवासमा। श्रमको उचित मुल्य नपाउदा कतिपय नेपाली कामदारहरु अवमूल्यनको जातोमा पिसि रहेका छन् ,बिचल्लीको चर्खामा फनफनी घुमिरहेका छन्। प्रवासी जिन्दगी दुःखै दुःखको एक यात्रा रहेछ। परदेशले नेपालीहरु लाई दिनु भन्दा पनि धेरै चिजहरु गुमेको आभास हुन्छ। परदेशमा कत्तिको जिन्दगी बर्बाद भएको छ।कत्तिको घरबार टुटेको छ। कैयौं बा(आमाहरु को बुढेसकालको सहारा गुमेको छ। कैयौं दिदिबहिनीहरुको सिउँदोको सिंन्दुर पुछिएको छ।हजारौं अबोध बालबालिकाहरु टुहुरा टुहुरी भएका छन्।
बास्तबमा परदेश के हो?हरेकदिन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओराल्ने ती राता बन्द बाकसहरु ले जवाफ् दिइरहेका छन्। परदेशी जिन्दगी कस्तो हुन्छ ? यो प्रश्नको उत्तर,कफनमा बेरिएर नेपाल फर्किरहेका नेपालीहरुको निर्जीव लाशले बताइ रहेकोे छ।तर राज्य रेमिट्यान्समा मात्र रमाई रहेकोे छ। देशको आधा अर्थतन्त्र धानिरहेकोमा खुशी छ। सम्बन्धित निकाय अन्धो भएको छ,बहिरो भएको छ।वैदेशिक रोजगार बोर्ड भनाउदा सस्था नेपाल भित्रीने लाशको संख्या मात्रै गन्ती गरिरहेको छ। बिदेशिएका नेपालीहरु को मृत्यु न्यूनीकरणका लागी सरोकारवाला संघसंस्था र राज्यले केहि पहल गर्न नसक्नु एक दुःखदायि विडम्बना मान्नु पर्दछ। साथै बिदेशमा रहेको नेपाली नगरिकको समस्या माथी समयमा नै तदारुकता देखाएर उद्धार तथा सम्स्या समाधानको बाटो नखोज्नु पीडादायि छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]