९ भाद्र २०७७–खोटाङ । जिल्ला अस्पताल खोटाङले गत भाद्र ४ गत्ते रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टी भएपछि जिल्ला अस्पताल खोटाङको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ ।
पाटन अस्पताल पु¥याइएकी एक महिलालाई सोमबार कोरोना संक्रमण पूष्टी भएपछि बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलको भनाई रहेको छ ।
स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका ६ जना प्रहरीको पनि स्वाव परिक्षणमा पठाइएकोले स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सुचारु गरिने प्रमुख फुयाँलले बताएकाछन् ।
ज्वरो आएको भन्दै गत भाद्र २ गते अस्पताल भर्ना भएकी निज महिलाको बिरामी अगाडीको हिस्ट्रीलाई हेर्दा बाहीरबाट आएको तथा बैदेशिक रोजगारबाट आएको कसैको पनि सम्पर्कमा नरहेको तर उपचार गर्दा निको नभएपछी रेफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा.शैलेस श्रेष्ठले बताएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]