९ भाद्र २०७७–भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका स्थीत जगाती आसपासमा प्राकृतिक सम्पदा संरक्षण अभियान अन्तर्गत पुराना साःफाल्चा एबं धाराहरुको सरसफाई तथा उत्खनन् कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
नेपालको बिषेश गरेर तिन शहर उपत्यकालाई मन्दिरै मन्दिर र देवताको शहर र प्राकृतिक एबं मानव निर्मित ऐतिहाँसिक कला कौसलका रुपमा विश्व सामु परिचित गराएपनि पछिल्लो समय बिभिन्न बैज्ञानिक विकासका कार्यहरुले ऐतिहाँसिक सम्पदाहरुको बिनासका साथै पुरिदै गएकाले सो को संरक्षण संबंद्र्वन र उत्खनन्का लागि युवा जागरण अभियान अन्र्तगत स्वत स्फुर्त रुपमा कार्यक्र सञ्चालन भएको अभियानकर्ताहरुले जानकारी दिएकाछन् ।
राज्य सरकार गैसस र निजि क्षेत्रहरु सबै अत्याधुनिक विकासमा लागेको रिपोर्टले देखाउछ तर विश्वलाई नै नेपाली कला कौशल र साँस्कृतिक धरोहर र पहिचानले चिनाएको इतिहाँस समाप्त हुन लागेकोले सामाजिक सञ्जालबाट २९ महिना अगाडी देखी शुरु गरिएको अभियानले गती लिएको प्राकृतिक सम्पदा संरक्षणका संयोजक यादब कायस्थले जानकारी दिएकाछन् ।
अभियान्ता कायस्थका अनुसार सयौ बर्ष अगाडी देखीका संरक्षणको अभाबमा रहेका अमूल्य मुर्तीहरु, मठ मन्दिर,पाटी,पौवा,देव,देवालय र खानेपानीका प्रकृतिक धाराहरु कालान्तरमा पुरिदै आएकाले सो को पहिचान समेत गुमेको अबस्थामा सयौको संख्यामा उत्खनन्,संरक्षण तथा सरसफाईमा लागेको कुरा ब्यक्त गरेका छन् ।
संरचना आसपास बसोबास गर्ने स्थानियहरु संग कुटो कोदालो मागेर सरसफाई गरिने,आफ्नो श्रम राज्यलाई सहयोग गर्ने,खाजा तथा सामान्य प्राथमिक उपचारका सामग्री जो संग छ उसैले नगद हालेर ब्यबस्थापन गर्ने गरेको अभियान्ता हरुको भनाई रहेको छ । राज्य सरकारलाई सहयोग नमाग्ने खाली सरकारलाई सम्पदा संरक्षणको लागि सहयोग गरी दबाब सिर्जना गर्ने र यो अभियानलाई निरन्तरता दिने संयोजक कायस्थको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]