१० भाद्र २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङकी १६ बर्षिया वालिकालाई कोरोना संक्रमण पुष्टी भए संगै अर्को ब्यबस्थ नभएसम्मको लागि वडा नं. ३ बाम्राङलाई शिल गरिएको जानकारी प्राप्त भएको छ ।
जिल्ला अस्पताल खोटाङमा ज्वरोको बिरामी भएको भन्दै भर्ना भएकी बिरामीको उपचार हुन नसकेपछी गत भदौ ४ गते रेफर गरिएको अस्पताल श्रोतले जनाएको थियो । रेफर गरिएको बिरामीको पाटन अस्पतालले परिक्षण गर्दा गत ८ भाद्रमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछी जिल्ला अस्पताल खोटाङले इमरजेन्सि र प्रसुती बाहेकका सबै सेवा बन्द गरेको जानकारी गराएको थियो ।
जिल्ला अस्पताल खोटाङले बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले जानकारी गराएकाछन् ।
वडामै संक्रमितको पुष्टि भएसंगै बुधबारदेखि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको वडाध्यक्ष ललितकुमार राईको भनाई रहेको छ । संक्रमित बालिकाको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको पिसिआर परिक्षणका लागि बुधबार नमूना संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको वडाध्यक्ष राईले जानकारी दिएकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]