१० भाद्र २०७७–भक्तपुर । सत्तारुढ दल नेकपा विभाजन भइहाल्ने खतरा टाढा देखिन्छ, तर अहिलेको मूलपार्टी विभाजित गररे पुरानै नेकपा (एमाले) व्युँतिने र चुनाव चिह्न ‘सूर्य’ बनाउने गरी चलखेल भएको चर्चा थियो । नभन्दै नयाँ एमालेले ‘सूर्य’ त पायो तर दुई डाँडाबीचको उदाउँदो सूर्य ।
चर्चा गरिँदैछ कि, चुनाव चिह्न त्यही हो । तर, निर्वाचन आयोगलाई व्यवस्थापन गर्न बनेको ऐन र कानुनहरूले नयाँ उदाउँदो सूर्यलाई नयाँ एमालेको चुनाव चिह्न मान्न सक्दैन । कुनै तहको निर्वाचन कार्यक्रम घोषणा गर्ने क्रमको एउटा कार्यक्रम हुन्छ, चुनाव चिह्न प्रदान गर्ने ।
अहिले देशमा कुनै तहको निर्वाचनका कार्यक्रम प्रकाशित छैनन् । तर, राजनीतिक दलहरूको दर्ता, एकीकरण र विभाजनका सूचना भने कुनै पनि समय खुला रहन्छ । एमाले दर्ता भएको पनि त्यही व्यवस्थाभित्र हो ।
निर्वाचन आयोग स्रोतका अनुसार, नयाँ एमालेका लागि अनुमोदित भएको ‘दुई डाँडाबीचको उदाउँदो सूर्य’ चुनाव चिह्न नभएर उक्त दलको संकेत चिह्न (ट्रेडमार्क), अर्थात् लोगोमात्रै हो । राजनीतिक दल दर्ता गर्नुपूर्व उक्त दलको बैठकले तोकेका पदाधिकारी, विधान, राजनीतिक दस्तावेज, केन्द्रीय कार्यालयको ठेगानासँगै नाम, झण्डा र संकेत चिह्न (लोगो) पनि पेश गर्नुपर्छ ।
त्यही क्रममा एमाले नाममा दल दर्ता गर्ने सामग्री पेश गर्न गएकाहरूले त्यस्तो संकेत चिह्न पेश गरका थिए । तर, राजनीतिक दल दर्ता गर्न आवेदन गरिएको ४५ दिनभित्र दर्ता हुने वा नहुने कुराको छिनोफानो लागिसक्नुपर्ने कानुनी व्यवस्था भने नयाँ एमालेका सन्दर्भमा लागु भएन । जनआस्था साप्ताहिकबाट
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]